back
CTIZAN AD

क्यानडा–नेपाल संसदीय मैत्री सङ्घ गठन

वि.सं.२०७३ असोज १९ बुधवार

912 

shares

१९ असोज,काठमाडौँ । पहिलो पटक क्यानाडा–नेपाल संसदीय मैत्री सङ्घको गठन भएको छ ।

क्यानडाको तल्लो सदन–हाउस अफ कमन्स् र माथिल्लो सदन सिनेटका सदस्यहरुको सहभागितामा सङ्घको गठन गरिएको हो ।

क्यानडा संसद्का उपसभामुख ब्रुस स्टान टनको अध्यक्षतामा संसदीय समितिको कक्षमा सम्पन्न बैठकले हाउस अफ कमन्सका सदस्य जेन तांगको अध्यक्षतामा सात सदस्यीय कार्यकारी समिति निर्वाचित गरेको क्यानाडाको ओटावास्थित नेपाली राजदूतावासले जनाएको छ ।

सो अबसरमा नवनिर्वाचित अध्यक्ष तांगले दुई देशबीचको व्यापार र पर्यटन प्रवद्र्धनमा सङ्घले सक्दो सहयोग गर्ने बताउनुभयो ।

बैठकलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले सङ्घको गठनबाट दुई देशका सांसदबीच अन्तक्र्रियात्मक पारस्परिक सम्बन्ध विस्तार तथा आपसी व्यापार, लगानी र पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री शाहीले नेपालमा नयाँ संविधान जारी भएपछि मुलुकले राजनीतिक स्थिरता प्राप्त गरी आर्थिक विकासमा अघि बढेको बताउनुभयो ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को ३९ औँ महासभामा भाग लिन क्यानडा जानुभएका मन्त्री शाहीले क्यानडाको हाउस अफ कमन्सको सदस्य जेन तांगको निमन्त्रणामा त्यहाँको संसद्मा सम्बोधन समेत गर्नुभएको बताइएको छ ।

क्यानडाका लागि नेपाली राजदूत कालीप्रसाद पोखरेलले नेपाल क्यानाडा संसदीय मैत्री सङ्घ गठन गर्ने आफ्नो प्रयासमा सहयोग गर्दै सबै संसद तथा सिनेटका सदस्यलाई धन्यवाद दिनुभयो ।

क्यानडास्थित आइकाओको मुख्यालय मन्ट्रियलमा यही असोज ११ देखि २१ सम्म चल्ने महासभामा भाग लिन मन्त्री शाही त्यसतर्फ जानुभएको थियो । उहाँ असोज २१ गते नै स्वदेश फर्कने कार्यक्रम छ । रासस

वि.सं.२०७३ असोज १९ बुधवार १०:४६ मा प्रकाशित

प्रतिनिधिसभा निर्वाचनः छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

प्रतिनिधिसभा निर्वाचनः छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

काठमाडौँ । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता...

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

काठमाडौँ । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा...

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन...

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

काठमाडौँ । सरकारले विसं २०८३ सालको सार्वजनिक बिदाको सूची सार्वजनिक...

आज पहाडी जिल्लामा होली: सार्वजनिक बिदासहित रङ्गको उत्सव

आज पहाडी जिल्लामा होली: सार्वजनिक बिदासहित रङ्गको उत्सव

काठमाडौं। पहाडी जिल्लामा आज रंगहरूको पर्व होली हर्षोल्लासका साथ मनाइँदै...

प्रतिनिधिसभा निर्वाचन ३ बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

प्रतिनिधिसभा निर्वाचन ३ बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

काठमाडौँ । निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा जानकारी गराउने...