back

विज्ञान प्रविधिको प्रयोगले राष्ट्रलाई समृद्ध बनाउन सकिन्छ: पूर्व अर्थमन्त्री महत

वि.सं.२०७३ असोज १९ बुधवार

627 

shares
IME Limited
NTC AD

ram-sharan-mahat

१९ असोज,पर्सा । पूर्व अर्थमन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले विज्ञान र प्रविधिको प्रयोगले नै नेपालमा द्रूत आर्थिक विकास गर्न सकिने बताउनुभएको छ ।

हरिखेतान बहुमुखी क्याम्पसले यहाँ आज आयोजना गरेको विज्ञान सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो – विज्ञान र प्रविधिको माध्यवाट कृषिमा यान्त्रिकीकरण र मुलुकमा औद्योगिकीकरण गरेर अघिबढेमा राष्ट्रलाई समृद्ध बनाउन धेरै समय लाग्दैन् ।

नेपाली काँग्रेसमन नेता समेत रहनुभएका डा महतले विज्ञान र प्रविधिकै बलमा केही वर्षमै समृद्ध बनेका दर्जनाँै राष्ट्र रहेका छन भन्दै प्रकृतिक स्रोत साधनको अधिकतम सदुयपोग गरी विज्ञान प्रविधिलाई अपनाउन सके नेपाललाई उन्नतिको बाटोमा डो¥याउन सकिने बिचार व्यक्त गर्नुभयो ।

राजनीतिक अस्थिरतालाई अन्त्य गर्न दलहरु गम्भीर हुन आवश्यक रहेको बताउँदै उहाँले अब दलिय भागबन्डाबाटमाथि उठेर देश हितका विषयमा दल गम्भीर हुनुपर्नेमा जोडदिनुभयो ।

हरि खेतान बहुमुखी क्याम्पसका प्रमुख भगवान यादवको अध्यक्षतमा सम्पन्न सम्मेलनमा समाजसेवी तथा वरिष्ठ उद्योगपति विश्वनाथ साह, सांसद राजेन्द्रबहादुर अमात्य, पूर्व सभासद आजयकुमार द्विवेदी, सद्भावना पार्टीका केन्द्रीय सदस्य निजामुद्दिन समानीलगायतले राष्ट्र विकासका लागि देशका नागरिक नैतिकवान हुनु आवश्यक रहेको बताउँदै विद्यायको पाठक्रममा नैतिक शिक्षालाई लागू गर्न सरकारसँग माग गर्नुभयो ।

विज्ञान र प्रविधि भित्र्याए पनि प्रयोगकर्ता नैतिकवान नभए त्यसले राष्ट्र र मानवतालाई नै नोक्सान पु¥याउने उनीहरुले धारणा व्यक्त गर्नुभयो । रासस

वि.सं.२०७३ असोज १९ बुधवार १०:३१ मा प्रकाशित

नवराज सुवेदीले पनि दिए निर्वाचन आयोगमा उजुरी

नवराज सुवेदीले पनि दिए निर्वाचन आयोगमा उजुरी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अनुशासन आयोगबाट हटाइएका...

राप्रपाको प्रवक्ताबाट हटाइएकाविरुद्ध उजुरी दिन लावती निर्वाचन अयोगमा

राप्रपाको प्रवक्ताबाट हटाइएकाविरुद्ध उजुरी दिन लावती निर्वाचन अयोगमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रवक्ताबाट बर्खास्त भएका...

आदिकविले नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो : प्रधानमन्त्री

आदिकविले नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्माले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा...

छाउगोठमा सुतेकी कमला दमाईको सर्पले टोकेर मृत्यु

छाउगोठमा सुतेकी कमला दमाईको सर्पले टोकेर मृत्यु

काठमाडौं । कञ्चनपुरमा छाउपडी गोठमा सुतेकी एक महिलाको सर्पले डसेर...

राष्ट्रपतिबाट आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको शुभकामना

राष्ट्रपतिबाट आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको शुभकामना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्त प्रदत्त नेपाली भाषाका कारण...

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ ।सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय...