back

क्यानडा–नेपाल संसदीय मैत्री सङ्घ गठन

वि.सं.२०७३ असोज १९ बुधवार

585 

shares
GLOBAL IME AD
NTC AD

१९ असोज,काठमाडौँ । पहिलो पटक क्यानाडा–नेपाल संसदीय मैत्री सङ्घको गठन भएको छ ।

क्यानडाको तल्लो सदन–हाउस अफ कमन्स् र माथिल्लो सदन सिनेटका सदस्यहरुको सहभागितामा सङ्घको गठन गरिएको हो ।

क्यानडा संसद्का उपसभामुख ब्रुस स्टान टनको अध्यक्षतामा संसदीय समितिको कक्षमा सम्पन्न बैठकले हाउस अफ कमन्सका सदस्य जेन तांगको अध्यक्षतामा सात सदस्यीय कार्यकारी समिति निर्वाचित गरेको क्यानाडाको ओटावास्थित नेपाली राजदूतावासले जनाएको छ ।

सो अबसरमा नवनिर्वाचित अध्यक्ष तांगले दुई देशबीचको व्यापार र पर्यटन प्रवद्र्धनमा सङ्घले सक्दो सहयोग गर्ने बताउनुभयो ।

बैठकलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले सङ्घको गठनबाट दुई देशका सांसदबीच अन्तक्र्रियात्मक पारस्परिक सम्बन्ध विस्तार तथा आपसी व्यापार, लगानी र पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री शाहीले नेपालमा नयाँ संविधान जारी भएपछि मुलुकले राजनीतिक स्थिरता प्राप्त गरी आर्थिक विकासमा अघि बढेको बताउनुभयो ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को ३९ औँ महासभामा भाग लिन क्यानडा जानुभएका मन्त्री शाहीले क्यानडाको हाउस अफ कमन्सको सदस्य जेन तांगको निमन्त्रणामा त्यहाँको संसद्मा सम्बोधन समेत गर्नुभएको बताइएको छ ।

क्यानडाका लागि नेपाली राजदूत कालीप्रसाद पोखरेलले नेपाल क्यानाडा संसदीय मैत्री सङ्घ गठन गर्ने आफ्नो प्रयासमा सहयोग गर्दै सबै संसद तथा सिनेटका सदस्यलाई धन्यवाद दिनुभयो ।

क्यानडास्थित आइकाओको मुख्यालय मन्ट्रियलमा यही असोज ११ देखि २१ सम्म चल्ने महासभामा भाग लिन मन्त्री शाही त्यसतर्फ जानुभएको थियो । उहाँ असोज २१ गते नै स्वदेश फर्कने कार्यक्रम छ । रासस

वि.सं.२०७३ असोज १९ बुधवार १०:४६ मा प्रकाशित

भन्सार छलेर भित्रिएका कृषि औँजार बरामद

भन्सार छलेर भित्रिएका कृषि औँजार बरामद

झापा । भन्सार छलेर भारतीय कन्टेनरमा भित्रिएको रु तीन करोड...

प्राविधिक समस्या देखिएपछि समिट एयरको विमान पुनः काठमाडौँमा सुरक्षित अवतरण

प्राविधिक समस्या देखिएपछि समिट एयरको विमान पुनः काठमाडौँमा सुरक्षित अवतरण

काठमाडौँ । काठमाडौँबाट लुक्लाका लागि उडेको समिट एयरको उडान नम्बर...

प्रचण्डद्वारा नाम्खाका बासिन्दालाई सुरक्षित बसोबासको व्यवस्था मिलाउन ध्यानाकर्षण

प्रचण्डद्वारा नाम्खाका बासिन्दालाई सुरक्षित बसोबासको व्यवस्था मिलाउन ध्यानाकर्षण

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल...

आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

नेप्से परिसूचक दुई दशमलव ७९ अङ्कले घट्यो

नेप्से परिसूचक दुई दशमलव ७९ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक दुई दशमलव ७९...

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको अधिवेशन यही जेठ ११ गतेदेखि सुरु...