Logo
८ आश्विन २०८०, सोमबार
     Mon Sep 25 2023
E-paper
  English Edition
   Unicode
Logo

नापी कार्यालयका प्रमुख घुससहित पक्राउ



२० असोज, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, चावहिलका कार्यालय प्रमुख, प्रमुख नापी अधिकृत (उपसचिव) हजारी यादव र सर्वेयर जितेन्द्र पण्डितलाई घुससहित बुधबार पक्राउ गरेको छ ।

जग्गा हाल साविक गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग रु दुई लाख घुस रकम लिएको अवस्थामा निजकै कार्यकक्षबाट घुस रकमसहित आयोगले नियन्त्रणमा लिएको आयोगले जनाएको छ ।

यसैगरी मालपोत कार्यालय सिराहाका कार्यालय प्रमुख ज्ञानराज लम्साललाई रु ४० हजार घुससहित आजै नियन्त्रणमा लिइएको छ ।

कार्यालय प्रमुख लम्सालले नक्सा सुधार गरी क्षेत्रफल कायम गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग रु ४० हजार घुस लिँदै गर्दा कार्यकक्षबाटै आयोग टोलीले नियन्त्रणमा लिएको जनाएको छ ।


-->

विक्रम गिरी, हाङ्जाउ (चीन) । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत चीनको हाङ्जाउमा आइतवार भएको

काठमाडौँ । आर्थिक क्षेत्रका विज्ञहरूले नेपाल र चीनबीच सम्झौता गर्दा र सम्झौता कार्यान्वयनका लागि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज

एकराज पाठक,बेइजिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गरेका

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को सुरुवाती दुई महिनामा मुलुकले रू दुई खर्ब