Logo
७ चैत्र २०७९, मंगलवार
     Tue Mar 21 2023
E-paper
  English Edition
   Unicode
Logo

अनशनरत मैनालीको स्वास्थ्य अवस्था गम्भीर



२० असोज सुरुङ्गा (झापा) । विभिन्न छ सूत्रीय माग राखी आठ दिनदेखि आमरण अनसनमा बस्नुभएका झापा बिर्तामोडका चैतन्यप्रकास मैनालीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ ।

मेची अञ्चलका लागि मेडिकल कलेज आवश्यक रहेको र बिर्तामोडमा सञ्चालित बिएन्डसी हस्पिटललाई मेडिकल कलेज सञ्चालनको अनुमति दिनुपर्ने, सरकारले तोकेको मापदण्ड पूरा नगरेका र कानुनविपरीत सञ्चालनमा रहेका निजी अस्पताल, नर्सिङ होम तथा मेडिकल क्लिनिकलाई तत्काल बन्द गर्नुपर्नेलगायतका मागसहित अनसनमा बस्नुभएका मैनालीको स्वास्थ्य अवस्था बुधबारबाट गम्भीर भएको चिकित्सकले बताएका छन् ।

गत असोज १२ गतेबाट बिएन्डसी अस्पताल परिसरमा आमरण अनसनमा बस्नुभएका मैनाली आजबाट बोल्न छाड्नुभएको छ । अनसनरत मैनालीको स्वास्थ्य अवस्था एकाएक बिग्रदै गएपछि स्वास्थ्य शिक्षा नागरिक सरोकार समाजले चिन्ता व्यक्त गरेको छ । आज अस्पताल परिसरमा पत्रकार सम्मेलन गर्दै समाजका सचिव टीकाराम मग्रान्तीले न्यायोचित माग पुरा गर्न सरकारले उदाशीनता देखाएको आरोप लगाउनुभयो ।

अनसनरत मैनालीको स्वास्थ्य अवस्थाका बारेमा बताउँदै बिएन्डसी हस्पिटलका फिजिसियन डा किशोर कुमारले मैनालीलाई आज बिहानबाट ज्वरो आएको, पिसावमा इन्फेक्सन देखापरेको र अस्सिजनको मात्र समेत कम भएकाले तत्काल आइसीयुमा राख्नुपर्ने बताउनुभयो ।

बार्ता टोली गठन

स्वास्थ्य शिक्षा नागरिक सरोकार समाजले सात सदस्यीय वार्ता टोली गठन गरेको छ । राष्ट्रिय मानव अधिकार आयोग, मानव अधिकारवादी सङ्घसंस्था र नागरिक समाजका अगुवाले बार्ता टोली गठन गर्न अनुरोध गरेकाले सात सदस्यीय वार्ता टोली गठन गरिएको समाजले जनाएको छ ।

वार्ता टोलीको संयोजकमा प्रेम नेम्वाङ, रहनुभएको छ । त्यस्तै सदस्यमा डा किशोर कुमार, टीकाराम मग्रान्ती, लालराज सुवेदी, नरमाया मैनाली, राजेन्द्र सापकोटा र टीकाराम नेती रहनुभएको छ ।

स्वास्थ्य शिक्षालाई सर्व सुलभ बनाइनुपर्छ भन्ने मान्यता राख्नुहुने मैनाली नागरिक सरोकार समाज मेचीका उपाध्यक्ष हुनुहुन्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक एवम् सम्बन्धन प्राप्त क्याम्पसमा आइतबार भएको स्ववियु निर्वाचनको मतपरिणम

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी

गलेश्वर । चैतको सुरुवातसँगै झन्डै छ महिनापछि माटो भिज्नेगरी वर्षा हुँदा खुसी भएका म्याग्दीका

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले