back
CTIZAN AD

अनशनरत मैनालीको स्वास्थ्य अवस्था गम्भीर

वि.सं.२०७३ असोज २० बिहीवार

1.1K 

shares

२० असोज सुरुङ्गा (झापा) । विभिन्न छ सूत्रीय माग राखी आठ दिनदेखि आमरण अनसनमा बस्नुभएका झापा बिर्तामोडका चैतन्यप्रकास मैनालीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ ।

मेची अञ्चलका लागि मेडिकल कलेज आवश्यक रहेको र बिर्तामोडमा सञ्चालित बिएन्डसी हस्पिटललाई मेडिकल कलेज सञ्चालनको अनुमति दिनुपर्ने, सरकारले तोकेको मापदण्ड पूरा नगरेका र कानुनविपरीत सञ्चालनमा रहेका निजी अस्पताल, नर्सिङ होम तथा मेडिकल क्लिनिकलाई तत्काल बन्द गर्नुपर्नेलगायतका मागसहित अनसनमा बस्नुभएका मैनालीको स्वास्थ्य अवस्था बुधबारबाट गम्भीर भएको चिकित्सकले बताएका छन् ।

गत असोज १२ गतेबाट बिएन्डसी अस्पताल परिसरमा आमरण अनसनमा बस्नुभएका मैनाली आजबाट बोल्न छाड्नुभएको छ । अनसनरत मैनालीको स्वास्थ्य अवस्था एकाएक बिग्रदै गएपछि स्वास्थ्य शिक्षा नागरिक सरोकार समाजले चिन्ता व्यक्त गरेको छ । आज अस्पताल परिसरमा पत्रकार सम्मेलन गर्दै समाजका सचिव टीकाराम मग्रान्तीले न्यायोचित माग पुरा गर्न सरकारले उदाशीनता देखाएको आरोप लगाउनुभयो ।

अनसनरत मैनालीको स्वास्थ्य अवस्थाका बारेमा बताउँदै बिएन्डसी हस्पिटलका फिजिसियन डा किशोर कुमारले मैनालीलाई आज बिहानबाट ज्वरो आएको, पिसावमा इन्फेक्सन देखापरेको र अस्सिजनको मात्र समेत कम भएकाले तत्काल आइसीयुमा राख्नुपर्ने बताउनुभयो ।

बार्ता टोली गठन

स्वास्थ्य शिक्षा नागरिक सरोकार समाजले सात सदस्यीय वार्ता टोली गठन गरेको छ । राष्ट्रिय मानव अधिकार आयोग, मानव अधिकारवादी सङ्घसंस्था र नागरिक समाजका अगुवाले बार्ता टोली गठन गर्न अनुरोध गरेकाले सात सदस्यीय वार्ता टोली गठन गरिएको समाजले जनाएको छ ।

वार्ता टोलीको संयोजकमा प्रेम नेम्वाङ, रहनुभएको छ । त्यस्तै सदस्यमा डा किशोर कुमार, टीकाराम मग्रान्ती, लालराज सुवेदी, नरमाया मैनाली, राजेन्द्र सापकोटा र टीकाराम नेती रहनुभएको छ ।

स्वास्थ्य शिक्षालाई सर्व सुलभ बनाइनुपर्छ भन्ने मान्यता राख्नुहुने मैनाली नागरिक सरोकार समाज मेचीका उपाध्यक्ष हुनुहुन्छ ।

वि.सं.२०७३ असोज २० बिहीवार ०२:३३ मा प्रकाशित

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...