back

चिलिमे–त्रिशूली प्रसारण लाइन निर्माणमा सात अर्ब सहयोग

वि.सं.२०७३ असोज २० बिहीवार

567 

shares
GLOBAL IME AD
NTC AD

२० असोज, काठमाडौँ । युरोपेली सङ्घ, युरोपेली इन्भेस्टमेन्ट बैंक, जर्मन सहयोग नियोगले संयुक्त रुपमा चिलिमे–त्रिशूली प्रसारण लाइन निर्माणमा करिब रु सात अर्ब २८ करोड (६५ मिलियन युरो) सहयोग गर्ने भएका छन् ।

रसुवामा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् काठमाडौँ ल्याउनका लागि निर्माण गर्न लागिएको सो प्रसारण लाइन निर्माणका लागि संयुक्त रुपमा लगानी गर्न लागिएको बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा जानकारी दिइयो ।

कुल २७ किलोमिटर लामो सो प्रसारण लाइन सन् २०१९ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । समारोहलाई सम्बोधन गर्दै ऊर्जामन्त्री जनार्दन शर्माले नेपालको ऊर्जा सङ्कटलाई समाधान गर्न महत्वपूर्ण मानिएको सो प्रसारण लाइन समयमै सम्पन्न गर्न सरकारको तर्फबाट सबै प्रकारको सहयोग उपलब्ध गराइने बताउनुभयो ।

उहाँले नेपाल प्राकृतिक स्रोत र साधनले सम्पन्न भए पनि लगानीकोे अभावमा प्रभावकारी रुपमा काम गर्न नसकिएको भन्दै सरकार पछिल्लो दिनमा लगानीको वातावरण बनाउन लागिपरेको उल्लेख गर्नुभयो ।

प्रसारण लाइन निर्माण सम्पन्न हुने हो कि होइन भन्ने आशङ्काकाबीचमा चिलिमे जलविद्युत् आयोजनाले निर्माण गरिरहेको सान्जेन, माथिल्लो सान्जेन, रसुवागढी जलविद्युत् आयोजनाको कामसमेत प्रभावित हुँदै आएको छ ।

कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चिलिमे–त्रिशूली प्रसारण लाइन प्राधिकरणको महत्वपूर्ण आयोजना भएकाले समयमै सम्पन्न गर्न आफ्नोतर्फबाट पूर्ण सहयोग रहने बताउनुभयो ।

उहाँले चिलिमेमा रहेको जग्गाप्राप्तिको समस्यासमेत पछिल्लो पटक समाधान भएकाले आयोजनाको काम शीघ्र अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा यहाँस्थित युरोपेली सङ्घका राजदूत रेन्चे टेरिकले नेपालको महत्वपूर्ण जलविद्युत् आयोजनामा सहयोग गर्न पाउँदा आफूहरुलाई खुसी लागेको र परियोजना समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।

प्राधिकरणले आगामी कात्तिकको पहिलो साता सो प्रसारण लाइन निर्माणका लागि ठेक्का आह्वान गर्ने तयारी गरेको कार्यक्रममा जानकारी गराइयो ।

वि.सं.२०७३ असोज २० बिहीवार ०२:३४ मा प्रकाशित

राष्ट्रियसभा बैठक : सौर्य एयरलाइन्स दुर्घटनाबारे छानबिनको माग

राष्ट्रियसभा बैठक : सौर्य एयरलाइन्स दुर्घटनाबारे छानबिनको माग

काठमाडौं । सांसदहरुले गत साउनमा भएको सौर्य एयरलाइन्स दुर्घटनाबारे छानबिनको...

पूर्व विशिष्ट पदाधिकारीलाई कानुन बनाएर सेवासुविधा दिन उपयुक्त हुन्छ : गृहमन्त्री लेखक

पूर्व विशिष्ट पदाधिकारीलाई कानुन बनाएर सेवासुविधा दिन उपयुक्त हुन्छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पूर्व विशिष्ट पदाधिकारीलाई कानुन बनाएर...

सर्वोच्च अदालतको परमादेश कार्यान्वयनको विकल्प नभएको निष्कर्ष

सर्वोच्च अदालतको परमादेश कार्यान्वयनको विकल्प नभएको निष्कर्ष

काठमाडौँ । सर्वोच्च अदालतको परमादेश अनुसार गठित गैर आवासीय नेपाली...

बोर्डद्वारा यसवर्षको एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा

बोर्डद्वारा यसवर्षको एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यमिक...

राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनका बैठकबाट...

समान सहभागिताबाट सकारात्मक परिवर्तन ल्याउन प्रधानमन्त्रीको आग्रह

समान सहभागिताबाट सकारात्मक परिवर्तन ल्याउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महिला र पुरुषको समान...