back
CTIZAN AD

चिलिमे–त्रिशूली प्रसारण लाइन निर्माणमा सात अर्ब सहयोग

वि.सं.२०७३ असोज २० बिहीवार

1K 

shares

२० असोज, काठमाडौँ । युरोपेली सङ्घ, युरोपेली इन्भेस्टमेन्ट बैंक, जर्मन सहयोग नियोगले संयुक्त रुपमा चिलिमे–त्रिशूली प्रसारण लाइन निर्माणमा करिब रु सात अर्ब २८ करोड (६५ मिलियन युरो) सहयोग गर्ने भएका छन् ।

रसुवामा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् काठमाडौँ ल्याउनका लागि निर्माण गर्न लागिएको सो प्रसारण लाइन निर्माणका लागि संयुक्त रुपमा लगानी गर्न लागिएको बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा जानकारी दिइयो ।

कुल २७ किलोमिटर लामो सो प्रसारण लाइन सन् २०१९ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । समारोहलाई सम्बोधन गर्दै ऊर्जामन्त्री जनार्दन शर्माले नेपालको ऊर्जा सङ्कटलाई समाधान गर्न महत्वपूर्ण मानिएको सो प्रसारण लाइन समयमै सम्पन्न गर्न सरकारको तर्फबाट सबै प्रकारको सहयोग उपलब्ध गराइने बताउनुभयो ।

उहाँले नेपाल प्राकृतिक स्रोत र साधनले सम्पन्न भए पनि लगानीकोे अभावमा प्रभावकारी रुपमा काम गर्न नसकिएको भन्दै सरकार पछिल्लो दिनमा लगानीको वातावरण बनाउन लागिपरेको उल्लेख गर्नुभयो ।

प्रसारण लाइन निर्माण सम्पन्न हुने हो कि होइन भन्ने आशङ्काकाबीचमा चिलिमे जलविद्युत् आयोजनाले निर्माण गरिरहेको सान्जेन, माथिल्लो सान्जेन, रसुवागढी जलविद्युत् आयोजनाको कामसमेत प्रभावित हुँदै आएको छ ।

कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चिलिमे–त्रिशूली प्रसारण लाइन प्राधिकरणको महत्वपूर्ण आयोजना भएकाले समयमै सम्पन्न गर्न आफ्नोतर्फबाट पूर्ण सहयोग रहने बताउनुभयो ।

उहाँले चिलिमेमा रहेको जग्गाप्राप्तिको समस्यासमेत पछिल्लो पटक समाधान भएकाले आयोजनाको काम शीघ्र अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा यहाँस्थित युरोपेली सङ्घका राजदूत रेन्चे टेरिकले नेपालको महत्वपूर्ण जलविद्युत् आयोजनामा सहयोग गर्न पाउँदा आफूहरुलाई खुसी लागेको र परियोजना समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।

प्राधिकरणले आगामी कात्तिकको पहिलो साता सो प्रसारण लाइन निर्माणका लागि ठेक्का आह्वान गर्ने तयारी गरेको कार्यक्रममा जानकारी गराइयो ।

वि.सं.२०७३ असोज २० बिहीवार ०२:३४ मा प्रकाशित

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

महोत्तरी । नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभाका पूर्वसदस्य महोत्तरीको गौशाला–२...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...