back
CTIZAN AD

मिर्गौला रोगी खड्कालाई रु पाँच लाख सहयोग

वि.सं.२०७३ असोज २० बिहीवार

1.3K 

shares

२० असोज, काठमाडौँ । मिर्गौला रोगी प्रेमबहादुर खड्कालाई रु पाँच लाख सहयोग गरिएको छ ।

बुधबार ललितपुरमा आयोजित सहयोग कार्यक्रममा सांसदव्दय उदयशमशेर राणा, चन्द्र महर्जन र समाजसेवी तथा नेपाली काँग्रेस महासमिति सदस्य जीतेन्द्रबहादुर श्रेष्ठले संयुक्त रुपमा रकम हस्तान्तरण गर्नुभएको हो ।

मिर्गाैला रोगी खड्काको सहयोगार्थ समाजसेवी श्रेष्ठको संयोजकत्वमा चलचित्र वडा नं ६ को विशेष प्रदर्शन गरी रकम सङ्कलन गरिएको हो । मङ्गलबार ललितपुरको ग्वार्कोस्थित गुण सिनेमा हलमा उक्त चलचित्र प्रदर्शनी गरिएको र त्यसबाट उठेको रकम र अन्य सहयोग रकम गरी रु पाँच लाख सङ्कलन भएको श्रेष्ठले जानकारी दिनुभयो ।

सहयोग रकम पाएपछि खड्काले सहयोगका लागि सबैलाई धन्यवाद दिनुभयो । समाजसेवी श्रेष्ठले एकआपसमा सहयोगी भावना नै नेपालीपनको सौन्दर्य भएको बताउनुभयो ।

वि.सं.२०७३ असोज २० बिहीवार ०२:४१ मा प्रकाशित

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...