Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

सुनको मूल्य एक हजार एक सयले घट्यो



Gold bars
Gold bars

काठमाडौँ । छापावाल सुनको मूल्य आज प्रतितोला रु एक हजार १०० ले घटेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेका कारण त्यसको प्रभाव स्वरुपमा नेपाली बजारमा बुधबार प्रतितोला रु ५६ हजार ७०० मूल्य कायम भएको हो ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला रु ५७ हजार ८०० रहेको थियो । आज तेजावी सुनको मूल्य रु ५६ हजार ४५० मा कारोबार भयो ।

अघिल्लो असली चाँदीको मूल्य पनि प्रतितोला रु ८६० मा कायम भई कारोबार भएकामा आज रु ३० घटेको नेपाल सुनचाँदी व्यवसायी सङ्घले जनाएको छ ।
सङ्घका अध्यक्ष माणिकरत्न शाक्यले अन्तर्राष्ट्रिय बजारमा अघिल्लो दिनको तुलनामा प्रतिऔँश ३५ अमेरिकी डलर घटेर आज एक हजार २८० डलरमा कारोबार भएको जानकारी दिनुभयो । दसैँको समयमा बजारमा सुनको मूल्य घट्दा उपभोक्ताको आकर्षण बढ्ने र कारोबारमा पनि सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ