back
CTIZAN AD

सुनको मूल्य एक हजार एक सयले घट्यो

वि.सं.२०७३ असोज २० बिहीवार

1.1K 

shares
Gold bars
Gold bars

काठमाडौँ । छापावाल सुनको मूल्य आज प्रतितोला रु एक हजार १०० ले घटेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेका कारण त्यसको प्रभाव स्वरुपमा नेपाली बजारमा बुधबार प्रतितोला रु ५६ हजार ७०० मूल्य कायम भएको हो ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला रु ५७ हजार ८०० रहेको थियो । आज तेजावी सुनको मूल्य रु ५६ हजार ४५० मा कारोबार भयो ।

अघिल्लो असली चाँदीको मूल्य पनि प्रतितोला रु ८६० मा कायम भई कारोबार भएकामा आज रु ३० घटेको नेपाल सुनचाँदी व्यवसायी सङ्घले जनाएको छ ।
सङ्घका अध्यक्ष माणिकरत्न शाक्यले अन्तर्राष्ट्रिय बजारमा अघिल्लो दिनको तुलनामा प्रतिऔँश ३५ अमेरिकी डलर घटेर आज एक हजार २८० डलरमा कारोबार भएको जानकारी दिनुभयो । दसैँको समयमा बजारमा सुनको मूल्य घट्दा उपभोक्ताको आकर्षण बढ्ने र कारोबारमा पनि सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ ।

वि.सं.२०७३ असोज २० बिहीवार ०२:४५ मा प्रकाशित

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ...

यस्तो आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । वै नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ...