Logo
७ चैत्र २०७९, मंगलवार
     Tue Mar 21 2023
E-paper
  English Edition
   Unicode
Logo

उद्योगका लागि निर्वाध ऊर्जाको आपूर्ति गर्न उद्योग मन्त्रालयको पहल



२० असोज, काठमाडौँ । उद्योग मन्त्रालयमा बुधबार बसेको बैठकले उद्योग सञ्चालनका लागि आवश्यक ऊर्जाको आपूर्ति निर्वाध रुपमा गर्न उद्योग मन्त्रालय, ऊर्जा मन्त्रालय, विद्युत् प्राधिकरण र निजी क्षेत्रको सहभागितामा आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको छ ।

उद्योगमन्त्री नवीन्द्रराज जोशीको कार्यकक्षमा बसेको उक्त बैठकले औद्योगिक विकासका माध्यमबाट रोजगारीको सिर्जनालाई प्राथमिकता दिने र हालै संसद्बाट पारित औद्योगिक व्यवसाय ऐनको भावनाबमोजिम छिटोछरितो एवम् भरपर्दो सेवा प्रदान गर्न उद्योग विभागमा एकद्वार प्रणालीको व्यवस्था गरी प्रभावकारी रुपमा सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।

बैठकबाट उद्योगलाई वातावरणमैत्री बनाउन वैकल्पिक ऊर्जाको उत्पादन र प्रयोग गर्न उद्यमीहरुलाई उत्प्रेरित गर्ने, श्रम ऐन बनाउँदा उद्योग फस्टाउने र मजदुरहरुको हितलाई समेत संरक्षण गर्ने गरी अगाडि बढाउने निर्णयसमेत भएको छ ।

औद्योगिक क्षेत्र वा उद्योगसम्म सहज पहुँचका लागि सडक तथा पुलजस्ता पूर्वाधारलाई निर्माण गर्ने कामलाई प्राथमिकता दिने निर्णय गरिएको छ ।

बैठकमा ऊर्जामन्त्री जनार्दन शर्मा, भौतिक पूर्वाधार तया यातायात व्यवस्था मन्त्री रमेश लेखक, श्रम तथा रोजगार मन्त्री सूर्यमान गुरुङ र जनसङ्ख्या तथा वातावरण मन्त्री जयदेव जोशीको उपस्थिति थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक एवम् सम्बन्धन प्राप्त क्याम्पसमा आइतबार भएको स्ववियु निर्वाचनको मतपरिणम

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी

गलेश्वर । चैतको सुरुवातसँगै झन्डै छ महिनापछि माटो भिज्नेगरी वर्षा हुँदा खुसी भएका म्याग्दीका

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले