back
CTIZAN AD

उद्योगका लागि निर्वाध ऊर्जाको आपूर्ति गर्न उद्योग मन्त्रालयको पहल

वि.सं.२०७३ असोज २० बिहीवार

1K 

shares

२० असोज, काठमाडौँ । उद्योग मन्त्रालयमा बुधबार बसेको बैठकले उद्योग सञ्चालनका लागि आवश्यक ऊर्जाको आपूर्ति निर्वाध रुपमा गर्न उद्योग मन्त्रालय, ऊर्जा मन्त्रालय, विद्युत् प्राधिकरण र निजी क्षेत्रको सहभागितामा आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको छ ।

उद्योगमन्त्री नवीन्द्रराज जोशीको कार्यकक्षमा बसेको उक्त बैठकले औद्योगिक विकासका माध्यमबाट रोजगारीको सिर्जनालाई प्राथमिकता दिने र हालै संसद्बाट पारित औद्योगिक व्यवसाय ऐनको भावनाबमोजिम छिटोछरितो एवम् भरपर्दो सेवा प्रदान गर्न उद्योग विभागमा एकद्वार प्रणालीको व्यवस्था गरी प्रभावकारी रुपमा सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।

बैठकबाट उद्योगलाई वातावरणमैत्री बनाउन वैकल्पिक ऊर्जाको उत्पादन र प्रयोग गर्न उद्यमीहरुलाई उत्प्रेरित गर्ने, श्रम ऐन बनाउँदा उद्योग फस्टाउने र मजदुरहरुको हितलाई समेत संरक्षण गर्ने गरी अगाडि बढाउने निर्णयसमेत भएको छ ।

औद्योगिक क्षेत्र वा उद्योगसम्म सहज पहुँचका लागि सडक तथा पुलजस्ता पूर्वाधारलाई निर्माण गर्ने कामलाई प्राथमिकता दिने निर्णय गरिएको छ ।

बैठकमा ऊर्जामन्त्री जनार्दन शर्मा, भौतिक पूर्वाधार तया यातायात व्यवस्था मन्त्री रमेश लेखक, श्रम तथा रोजगार मन्त्री सूर्यमान गुरुङ र जनसङ्ख्या तथा वातावरण मन्त्री जयदेव जोशीको उपस्थिति थियो ।

वि.सं.२०७३ असोज २० बिहीवार ०२:४३ मा प्रकाशित

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

काठमाडौँ  ।  प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता...

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा ट्रकको ठक्करबाट...

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

काठमाडाैँ ।  गत निर्वाचनको प्रचार प्रसारको क्रममा जनकपुरमा आयोजित आमसभामा...

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित Free Health Portal...

नवनिर्वाचित सांसद सुशीला तामाङलाई NICCI द्वारा सम्मान तथा बधाई

नवनिर्वाचित सांसद सुशीला तामाङलाई NICCI द्वारा सम्मान तथा बधाई

काठमाडाैँ । नेपाल उद्योग वाणिज्य संघ (NICCI) ले नवनिर्वाचित सांसद...

प्रधानमन्त्री र मन्त्रीहरूलाइ मासिक १८ हजार लेबी ताेकियाे

प्रधानमन्त्री र मन्त्रीहरूलाइ मासिक १८ हजार लेबी ताेकियाे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री,मन्त्री सांसद र...