back
CTIZAN AD

आयु बढाउनु छ भने यसो गर्नुस

वि.सं.२०७३ असोज २१ शुक्रवार

1.1K 

shares

हामी सबैको चाहना हुन्छ, लामो समयसम्म बाँच्न पाँउ, संसार देख्न पाउँ, राम्रो लगाउन पाउँ, मिठो खानपाउँ । तपाईको यो चाहना पुरा हुन पनि सक्छ, अनि लामो समय बाँच्न पनि पाउनु हुन्छ । तर, तपाईंले आफ्नो दैनिक जीवनमा केही परिवर्तन भने अवश्य गर्नुपर्ने हुन्छ । आउनुहोस् जानौँ के रहेछन् त दैनीक जीवनमा अपनाउनु पर्ने कुराहरू ?

सधै जवान छु भन्ने महशुस गर्नुहोस्

बढ्दो उमेरमा पनि आफूलाई सँधै जवान छु भन्ने सम्झनुहोस् । जीवनमा धेरै गर्न सक्छु भन्ने आत्मविश्वास बनाउनुहोस् । यसले तपाईलाई जीवनमा आईपर्ने चुनौतीको सामना गर्ने शक्ति दिन्छ । यसका साथै तपाईमा तनाब कम हुने र रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।
असल मित्र बनाउनुहोस्

 जीवनमा असल साथीको खोजी गर्नुहोस् । असल साथीका कारण सामाजिक जीवन अगाडि बढाउन सहज हुन्छ । जो सामाजिक काममा व्यस्त हुन्छन् उनीहरूमा स्वास्थ्य समस्या हुँदैन् । असल साथी हुनु र समाज छिमेको हितमा समय बिताउनु तपाईको लागि धेरै फाइदा हुन्छ ।
हिड्नु फाइदाजनक

दिनभरिमा केही सयम पैदल हिड्ने बानी गर्नुभयो भने यसले तपाईलाई शारीरिक र मानसिक रूपमा स्वस्थ्य राख्दछ । नियमित रूपमा गरिएको शारीरिक गतिबिधिले हृदयघातको सम्भावनालाई पनि कम गर्छ । साथै यसले शारीरिक सक्रियता बढाउनुका साथै क्यान्सर, मानसिक रोग र अन्य संक्रमणको खतरा कम हुन्छ ।
घरको काम गर्नु

 कतिपय मानिसले आफू स्वस्थ्य हुँदाहुँदै पनि घरमा काम गर्ने मान्छे राखेर आराम गरेर बस्छन् । घर सफाई, कपडा धुनु, बगैचामा काम गर्ने जस्ता स–साना काम आफै गर्ने हो भने पनि शरीरलाई स्वस्थ्य राख्न सहयोगी हुन्छन् ।
फाइदाजनक रसभरी

रसभरीमा भरपुर पोषकतत्व पाइन्छ । यसले तपाईको मुटु र फोक्सोलाई बलियो बनाउने काम गर्छ । यसले फोक्सोको क्यान्सरबाट बचाउने काम गर्छ । यसमा फाइबरको उच्च स्रोत हुने भएकोले रगतमा भएको खराब कोलेस्ट्रोललाई कम गर्छ ।
चिन्ता लिनु घातक

भनिन्छ, चिन्ताले चितालाई निम्ता दिइरहेको हुन्छ । कम चिन्ता लिने मानिसहरू लामो समय बाँच्छन् । यसका साथै धेरै बिमारबाट हुने सम्भावित खतराबाट पनि बचाउँछ । धेरै मानसिक र शारीरिक बिमारीको प्रमुख समस्या नै चिन्ता रहेको बताइन्छ । यदि तपाईं चिन्ताबाट टाढा रहनु भयो भने त्यसले तपाईंलाई लामो जीवन जिउन सहयोग गर्छ ।

वि.सं.२०७३ असोज २१ शुक्रवार ०४:५७ मा प्रकाशित

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

काठमाडौँ । सरकारले शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष र दुई...

आजदेखि बढ्यो सरकारी कर्मचारीको तलब, २१ प्रतिशत वृद्धि कार्यान्वयनमा

आजदेखि बढ्यो सरकारी कर्मचारीको तलब, २१ प्रतिशत वृद्धि कार्यान्वयनमा

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ आजदेखि औपचारिक रूपमा सुरु...

पेन्सन पाएका कर्मचारीलाई अब करारमा राख्न नपाइने, सरकारको नयाँ निर्णय लागू

पेन्सन पाएका कर्मचारीलाई अब करारमा राख्न नपाइने, सरकारको नयाँ निर्णय लागू

काठमाडौं । सरकारले सरकारी सेवाबाट अवकाश लिएर निवृत्तिभरण (पेन्सन) वा...

आज देखि बढ्दैछन् यी क्षेत्रहरुमा कर, कुन क्षेत्रमा कति बढ्दैछ हेर्नुस्

आज देखि बढ्दैछन् यी क्षेत्रहरुमा कर, कुन क्षेत्रमा कति बढ्दैछ हेर्नुस्

काठमाडौं । सरकारले आजदेखि लागू हुने गरी विभिन्न वस्तु तथा...

मिटरब्याज पीडित र सरकारबिच वार्ता हुँदै

मिटरब्याज पीडित र सरकारबिच वार्ता हुँदै

काठमाडौं । मिटरब्याज पीडित सङ्घर्ष समिति र सरकारबिच सिंहदरबारमा आज...

एनआरएन नागरिकता वा एनआरएन कार्ड भएकाले अब बैंक खाता खोल्न सक्ने

एनआरएन नागरिकता वा एनआरएन कार्ड भएकाले अब बैंक खाता खोल्न सक्ने

काठमाडौं । अब गैरआवासीय नेपाली (एनआरएन) नागरिकता वा एनआरएन परिचयपत्र...