back

आयु बढाउनु छ भने यसो गर्नुस

वि.सं.२०७३ असोज २१ शुक्रवार

795 

shares

हामी सबैको चाहना हुन्छ, लामो समयसम्म बाँच्न पाँउ, संसार देख्न पाउँ, राम्रो लगाउन पाउँ, मिठो खानपाउँ । तपाईको यो चाहना पुरा हुन पनि सक्छ, अनि लामो समय बाँच्न पनि पाउनु हुन्छ । तर, तपाईंले आफ्नो दैनिक जीवनमा केही परिवर्तन भने अवश्य गर्नुपर्ने हुन्छ । आउनुहोस् जानौँ के रहेछन् त दैनीक जीवनमा अपनाउनु पर्ने कुराहरू ?

सधै जवान छु भन्ने महशुस गर्नुहोस्

बढ्दो उमेरमा पनि आफूलाई सँधै जवान छु भन्ने सम्झनुहोस् । जीवनमा धेरै गर्न सक्छु भन्ने आत्मविश्वास बनाउनुहोस् । यसले तपाईलाई जीवनमा आईपर्ने चुनौतीको सामना गर्ने शक्ति दिन्छ । यसका साथै तपाईमा तनाब कम हुने र रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।
असल मित्र बनाउनुहोस्

 जीवनमा असल साथीको खोजी गर्नुहोस् । असल साथीका कारण सामाजिक जीवन अगाडि बढाउन सहज हुन्छ । जो सामाजिक काममा व्यस्त हुन्छन् उनीहरूमा स्वास्थ्य समस्या हुँदैन् । असल साथी हुनु र समाज छिमेको हितमा समय बिताउनु तपाईको लागि धेरै फाइदा हुन्छ ।
हिड्नु फाइदाजनक

दिनभरिमा केही सयम पैदल हिड्ने बानी गर्नुभयो भने यसले तपाईलाई शारीरिक र मानसिक रूपमा स्वस्थ्य राख्दछ । नियमित रूपमा गरिएको शारीरिक गतिबिधिले हृदयघातको सम्भावनालाई पनि कम गर्छ । साथै यसले शारीरिक सक्रियता बढाउनुका साथै क्यान्सर, मानसिक रोग र अन्य संक्रमणको खतरा कम हुन्छ ।
घरको काम गर्नु

 कतिपय मानिसले आफू स्वस्थ्य हुँदाहुँदै पनि घरमा काम गर्ने मान्छे राखेर आराम गरेर बस्छन् । घर सफाई, कपडा धुनु, बगैचामा काम गर्ने जस्ता स–साना काम आफै गर्ने हो भने पनि शरीरलाई स्वस्थ्य राख्न सहयोगी हुन्छन् ।
फाइदाजनक रसभरी

रसभरीमा भरपुर पोषकतत्व पाइन्छ । यसले तपाईको मुटु र फोक्सोलाई बलियो बनाउने काम गर्छ । यसले फोक्सोको क्यान्सरबाट बचाउने काम गर्छ । यसमा फाइबरको उच्च स्रोत हुने भएकोले रगतमा भएको खराब कोलेस्ट्रोललाई कम गर्छ ।
चिन्ता लिनु घातक

भनिन्छ, चिन्ताले चितालाई निम्ता दिइरहेको हुन्छ । कम चिन्ता लिने मानिसहरू लामो समय बाँच्छन् । यसका साथै धेरै बिमारबाट हुने सम्भावित खतराबाट पनि बचाउँछ । धेरै मानसिक र शारीरिक बिमारीको प्रमुख समस्या नै चिन्ता रहेको बताइन्छ । यदि तपाईं चिन्ताबाट टाढा रहनु भयो भने त्यसले तपाईंलाई लामो जीवन जिउन सहयोग गर्छ ।

वि.सं.२०७३ असोज २१ शुक्रवार ०४:५७ मा प्रकाशित

Himalayan Life AD
मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना मानवताविरुद्धको अपराधमा दोषी ठहर...

काम नगर्ने २५ रुग्ण ठेक्का रद्द, निर्माण व्यवसायी कारबाहीमा

काम नगर्ने २५ रुग्ण ठेक्का रद्द, निर्माण व्यवसायी कारबाहीमा

काठमाडौं । सरकारले सम्झौता भएका तर काम नगरेर अलपत्र पारिएका...

महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

काठमाडौँ । विद्युत् नियमन आयोगले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महशुल...

राष्ट्र बैङ्कले ४२ अर्ब सरकारलाई उपलब्ध गराउने

राष्ट्र बैङ्कले ४२ अर्ब सरकारलाई उपलब्ध गराउने

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कको सम्पत्ति तथा दायित्व रु २६...

नबिल बैंकद्वारा मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने

नबिल बैंकद्वारा मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने

काठमाडौँ । नबिल बैंकले मास्टरकार्ड नेटवर्कअन्तर्गत नयाँ डेविट कार्ड जारी...

१० बैंकले ब्याजदर घटाए, १० ले स्थिर राखे

१० बैंकले ब्याजदर घटाए, १० ले स्थिर राखे

काठमाडौं । मंसिर महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले औसत ब्याजदर...