back
CTIZAN AD

एनआरएनएद्धारा निर्माण गर्न लागिएको लाप्राक एकीकृत बस्तीको प्रधानमन्त्रीद्वारा शिलान्यास

वि.सं.२०७३ असोज २१ शुक्रवार

1.3K 

shares

pm1गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल सरकार र गैरआवासीय नेपाली संघ (एनआरएन) को लगानीमा निर्माण हुने लाप्राकको एकीकृत नमूना बस्तीको शिलान्यास गर्नुभएको छ ।
शुक्रबार नेपाली सेनाको हेलिकोप्टरबाट लाप्राक पुग्नुभएका प्रधानमन्त्रीले नमूना बस्ती शिलान्यास कार्यक्रममा भन्नुभयो, ‘यो एकीकृत बस्ती मात्रै होइन, नमूना बस्ती पनि हो । यसले देशलाई नै नयाँ सन्देश दिन सक्छ । यसले सम्पूर्ण नेपालीमा आशा जगाउन सक्छ । शेष घले लगायत एनआरएनका साथीहरुको देशप्रतिको ममता सम्मानयोग्य छ । अनआरएनको ६०० घर बनाउने चाहनाको सरकार सम्मान गर्छ । ४४४ घर यहाँ बन्नेछन् । बाँकी १५० घरका लागि नयाँ ठाउँ खोज्नुछ, त्यसका लागि सरकारले आवश्यक निर्णय गर्नेछ ।’
प्रधानमन्त्रीले एनआरएनको कामको प्रशंसा गर्दै भन्नुभयो, ‘एनआरएनले खतरा मोलेको छ, जोखिम मोलेको छ । शेष घलेजीको परिचय त्यसै बनेको होइन । उहाँले आँटेपछि काम पुरा गर्नुहुन्छ भन्ने मलाई विश्वास छ । एनआरएनका साथीहरुभित्र देखिएको राष्ट्रिय भावना हामी सबैका लागि प्रेरणादायी छ ।’
कार्यक्रममा नेपाल सरकारका मूख्य सचिव डा. सोमलाल सुवेदीले एकीकृत बस्ती निर्माणको गुरुयोजना स्वागतयोग्य रहेको बताउँदै आउने समस्यामा सरकार साझेदारी गर्न तयार रहेको बताउनुभयो । कार्यक्रममा एनआरएनका अध्यक्ष शेष घलेले प्रधानमन्त्रीको सम्बोधनले आफूहरुलाई ढुक्क बनाएको भन्दै १२ महिनाभित्र लाप्राकबासीलाई नयाँ घरमा सार्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा इन्जिनियर स्वरुप कोनेले नमूना बस्तीको सर्भे र तयारीको काम सम्पन्न भएको जानकारी दिनुभयो । नेपाल सरकारबाट जग्गा उपलब्ध गराउने निर्णय भएपछि एनआरएनले निर्माण कार्य प्रारम्भ गरेको हो ।
लाप्राकको एकीकृत बस्ती प्राकृतिक र भौगोलिक संरचना, वातावरण नबिग्रने गरी स्थानीय सामाग्रीको प्रयोगद्धारा निर्माण गरिने एनआएनका अध्यक्ष शेष घलेले जानकारी दिनुभयो । नमूना बस्तीमा संघले ४४४ घर आधुनिक घर निर्माण गर्नेछ । एकीकृत बस्तीमा विद्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, स्थानीय जाति, जनजातिको भेषभुषा, संस्कृति र रहनसहन झल्कने एवं प्राकृतिक स्वरुप कायम हुने खालका घरहरुमा बनाइनेछ ।
एकीकृत बस्तीमा निर्माण हुने संग्रहालयमा पानी घट्ट, जाँतो, ढिकी, लाइभ प्रोग्राम देखाउन मिल्ने हल, परम्परागत बस्तु र संस्कारबारे सामग्री, मन्दिर, देवल पनि हुनेछन् । एकीकृत बस्तीमा सोलार इनर्जी, अपांगमैत्री संरचना हुने इन्जिनियर कोनेले जानकारी दिनुभयो ।
बस्तीमा होमस्टे, सामुदायिक गेष्ट हाउस समेत निर्माण गरी व्यक्तिगत र संस्थागत आम्दानीको स्रोत जुटाइने संघका अध्यक्ष घलेले बताउनुभयो । घर निर्माणका लागि प्रतिघर ९ देखि १० लाख लागत लाग्ने, १८ हेक्टर जमिन निर्माण स्वीकृति लिइएको र ३० देखि ३५ लाखको लागत लाग्ने अनुमान गरिएको छ ।
शिलान्यास कार्यक्रमपछि प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले स्थानीय पार्टी कार्यकर्ता र शहिद परिवारलाई निर्देशन दिँदै विकास निर्माण र समृद्धिका लागि जनतासँग मिलेर काम गर्न आग्रह गर्नुभयो ।
शिलान्यास कार्यक्रममा प्रधानमन्त्रीको सम्बोधनका बुंदाहरुः
— लाप्राकमा भूकम्पपछि आएको तेस्रोपटक हो । भूकम्पको बेला राहतका लागि आएको थियो । दोस्रोपटक खानेपानी आयोजनाको शिलान्यास गर्न आएँ ।
भूकम्प गएलगत्तै मैले सत्तापक्ष प्रतिपक्ष हुनुहुन्न भनेर राष्ट्रिय सहमतिका लागि विशेष जोड गरेको थिएँ । मिलेर उद्दार र राहतमा लाग्न मैले गरेको प्रयास सफल पनि भयो ।
— लाप्राक नमूना बस्तीको गुरुयोजना निकै राम्रो र सकारात्मक छ । यसले हाम्रो संस्कृति र जीवनपद्धतिलाई समेट्नेछ । यो बस्तीको शिलान्यास गर्न पाउँदा निकै खूसी लागेको छ ।
भूकम्प गयो, ठूलो क्षति भयो । तपाईहरुको तल्लो गाउँ बस्नै नमिल्ने गरी क्षतिग्रस्त भयो । भूकम्प जानु नराम्रो कुरा हो । तर, बाँचेकाहरुले राम्रो गर्न चाहे धेरै गर्न सकिन्छ । यो पूनर्निर्माणका लगि मात्र नभएर नवर्निर्माणका लागि अवसर पनि हो, सुरक्षित र एकीकृत बस्ती बसाउने समय पनि हो । यद्यपि, हाम्रो जीवनपद्धति र निर्वाहमूखी प्रणालीले एकीकृत बस्ती कठिन नै छ ।
— एकीकृत बस्तीको संस्कार जनजाति र मधेशमा बढी छ । यद्यपि, एकीकृत बस्तीमा धेरैको रुचि देखिदैन । त्यो राम्रो मनोविज्ञान होइन, एकीकृत बस्ती नै सबैका लागि उपर्युक्त हुन्छ र हामी त्यही मोडेलमा जानुपर्छ । लाप्राकमा एकीकृत बस्तीका लागि गरिएको पहल प्रगतिशील कदम हो । यसको सम्मान गर्छु । यसले आर्थिक विकास र पर्यटनमा पनि महत्वपूर्ण भूमिका खेल्न सक्छ ।
— यो एकीकृत बस्ती मात्रै होइन, नमूना बस्ती पनि हो । यसले देशलाई नै नयाँ सन्देश दिन सक्छ । यसले सम्पूर्ण नेपालीमा आशा जगाउन सक्छ । शेष घले लगायत एनआरएनका साथीहरुको देशप्रतिको ममता सम्मानयोग्य छ । अनआरएनको ६०० घर बनाउने चाहनाको सरकार सम्मान गर्छ । ४४४ घर यहाँ बन्नेछन् । बाँकी १५० घरका लागि नयाँ ठाउँ खोज्नुछ, त्यसका लागि सरकारले आवश्यक निर्णय गर्नेछ ।
— दीर्घकालीन रुपमै जग्गा प्राप्तिका लागि सरकारले वातावरण बनाउने छ । घर बनाउने सम्झौता भएको छ । कुनै प्राविधिक समस्या भए यहाँबाट फर्केपछि मिलाउनेछु । अनुदान र सहुलियत ऋण गरेर भूकम्प पीडित ८ लाख अनुदान र ऋण दिने व्यवस्था गरेको छु । नमूना बस्ती निर्माण कार्यमा तपाईहरुका लागि विशेष सहयोग हुनेछ ।
— एनआरएनले खतरा मोलेको छ, जोखिम मोलेको छ । शेष घलेजीको परिचय त्यसै बनेको होइन । उहाँले आँटेपछि काम पुरा गर्नुहुन्छ भन्ने मलाई विश्वास छ । एनआरएनका साथीहरुभित्र देखिएको राष्ट्रिय भावना हामी सबैका लागि प्रेरणादायी छ ।

वि.सं.२०७३ असोज २१ शुक्रवार १२:१८ मा प्रकाशित

चुच्चे नक्सासहितको नयाँ १ रुपैयाँको सिक्का स्वीकृत

चुच्चे नक्सासहितको नयाँ १ रुपैयाँको सिक्का स्वीकृत

काठमाडौं । नेपाल सरकारले नेपालको चुच्चे नक्सा र आकाश भैरवको...

उद्योगको बक्यौता छाडेर जनताको बिजुलीमा भ्याट थप्नु विरोधाभास : कुलमान घिसिङ

उद्योगको बक्यौता छाडेर जनताको बिजुलीमा भ्याट थप्नु विरोधाभास : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक तथा उज्यालो...

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती, गण्डकी...

कारभित्र जलेको अवस्थामा महिला मृत फेला, मृत्युको कारण शेयरबजारको मन्दी भएको आशंका

कारभित्र जलेको अवस्थामा महिला मृत फेला, मृत्युको कारण शेयरबजारको मन्दी भएको आशंका

काठमाडौं। राजधानी काठमाडौंको तारकेश्वर नगरपालिका क्षेत्रमा कारभित्र जलेको अवस्थामा एक...

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत सेवामा मूल्य अभिवृद्धि कर...

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

काठमाडौं । नेकपा (एमाले) ले श्रम संस्कृति पार्टीमा प्रवेश गरेका...