काठमाडौं । नेपाल सरकारले नेपालको चुच्चे नक्सा र आकाश भैरवको तस्बिर अंकित १ रुपैयाँको सिक्काको नयाँ डिजाइन स्वीकृत गरेको छ।
मन्त्रिपरिषद्ले नयाँ डिजाइन अनुमोदन गरी कार्यान्वयनका लागि नेपाल राष्ट्र बैंकमा पठाएको हो। स्वीकृत डिजाइनअनुसार नयाँ सिक्कामा नेपालको चुच्चे नक्सासँगै आकाश भैरवको तस्बिर समावेश गरिनेछ।
नयाँ सिक्का हाल प्रचलनमा रहेको सिक्काभन्दा आकारमा सानो र तौलमा हलुका हुने जनाइएको छ। साथै उत्पादन लागत घटाउने उद्देश्यले मिश्रित धातुको सट्टा स्टील प्रयोग गरेर सिक्का निर्माण गरिनेछ।
यसअघि नेपाल राष्ट्र बैंकले यसअघि मुस्ताङको घार गुम्बाको तस्वीर समावेश गरी १ रुपैयाँको सिक्काको नयाँ डिजाइन मन्त्रिपरिषद्मा पठाए पछि त्यसको आलोचना भएका थिए । मन्त्रिपरिषद्ले पनि राष्ट्र बैंकले ल्याएको पूस्तावलाई अस्विकार गरी नेपालको चुच्चे नक्सासमेत समावेश हुने गरी डिजाइन परिमार्जन गर्न निर्देशन दिएपछि संशोधित डिजाइन स्वीकृत गरिएको हो।
वि.सं.२०८३ साउन १० आइतवार ११:३८ मा प्रकाशित






























