back
CTIZAN AD

प्रचण्डलाई दोस्रो चानस

वि.सं.२०७३ असोज २१ शुक्रवार

2.1K 

shares

khagendra sangroula

सात सालको मलुवा क्रान्ति र बाउन्न साल उप्रान्तको कडा जनयुद्ध नेपालको इतिहासका दुई युगान्तकारी घटना हुन् । विपी कोइराला सात सालको क्रान्तिका माउ नेता हुन्, प्रचण्ड उर्पm पुष्पकमल दाहाल जनयुद्धका माउ कमाण्डर । सात सालको क्रान्तिले जहाँनिया राणा शासनलाई मिल्कायो, बाउन्न पछिको जनयुद्धले राणा शासनकै उत्तराधिकारीतुल्य राजतन्त्रलाई इतिहासको मसानघाटतिर चलान ग¥यो । कसैलाई मन परोस् वा मन नपरोस्, यी दुई ऐतिहासिक कर्मको नेतृत्वकारी जस यिनै दुई मनुष्यलाई जान्छ । राणातन्त्रलाई मिल्काउँदाको नेतृत्वकारी जस विपीलाई, राजतन्त्रलाई मास्दाको नेतृत्वकारी जस प्रचण्डलाई ।
विपी अभागी हुन्, प्रचण्ड भाग्यमानी । विपीले आपूmले उठाएका परिवर्तनका मुद्दाहरूलाई संस्थागत गर्न दोस्रो पटक प्रधानमन्त्री बन्ने मौका पाएनन् । गर्न थालेको काम अधुरै र अपुरै थियो, खूनी पञ्चायतसँग जुध्दाजुध्दै विपीको जीवन शेष भयो । प्रचण्डले आपूmले उठाएका परिवर्तनका अधुरा र अपुरा मुद्दालाई संस्थागत गर्ने दुर्लभ चानस पाएका छन् । आफैले प्रेमपूर्वक बोकेका खड्गप्रसाद ओलीलाई घृणापूर्वक धूलामा पछारेर प्रधानमन्त्री बन्दा प्रचण्डलाई यो सौभाग्य वा सुअवसर प्राप्त भएको हो ।
प्रचण्डको पहिलो प्रधानमन्त्रीकाल व्यर्थमा बित्यो । प्रचण्डले आप्mनो र परचक्रीहरूको नाडी नछामी झोँकै झोँकमा काम गरे । प्रचण्डले असामयिक र अव्यावहारिक कामहरूमा हात हाले । शक्ति सन्तुलनको मर्म बुझेर नगरी नहुने र गर्न सकिने सामयिक र व्यावहारिक कामको प्रचण्डले किञ्चित् हेक्का राखेनन् । छुनै नपर्ने, तीन महिनापछि खुरुक्क जाने सनक सिं रुक्माङ्गद कटवाललाई प्रचण्डले बित्थामा छोए । कटवाललाई जब बहुरङ्गी दक्षिणपन्थमुखी दक्षिणपन्थी हनुमानहरूले काँधथापे, प्रचण्ड अताल्लिए । र, आतेस, झोँक र अदूरदर्शिताको तरङ्गी मूडमा प्रचण्डले छाड्नु नहुने गद्दी प्mयाट्ट छाडे । त्यसपछि आप्mनो दलभित्रको जडसूत्र मार्गी अतिवादले पलपलमा प्रचण्डको बाटो छेक्यो । अतिवादको नपुग्ने दाबीका कारण समय बियाँलिदै गयो, समस्या उकुच पल्टिएको घाउ जस्तो भयो, र जनसेनाको सम्मानजनक समायोजनको सट्टा लज्जाजनक आत्मसमर्पण हुनगयो । अतिवादकै कारण क्षुद्र आन्तरिक द्वन्द्वमा दलको थुप्रो ऊर्जा क्षयीकृत भयो । अतिवादकै कारण जनमानसमा दलको साख गि¥यो । अतिवादकै कारण प्रचण्ड आप्mनो दलभित्र भित्ते घडीको लङ्गुरभैmँ कहिले यो गुटतिर, कहिले त्यो गुटतिर हल्लिने हल्लान्ताम् चरित्र बने । यो हल्लाई शायद प्रचण्डको रहर वा रोजाइ थिएन । यो आन्तरिक अतिवादले सिर्जना गरेको वाद्यात्मक हरिबिजोक थियो ।
जेहोस्, इतिहासले प्रचण्डलाई दोस्रो चानस दिएको छ । यो ऐतिहासिक दायित्वको मूल परीक्षामा असफल भएका प्रचण्डले पाएको पूरक वा खण्डे परीक्षाहो । यो प्रचण्डलाई अन्तिम चानस हो । यो परीक्षामा सफल भए प्रचण्ड स्वयम् र उनको दलको भविष्य रहन्छ, असफल भए प्रचण्ड स्वयम् र उनको दलको भविष्य रसातलमा भास्सिन्छ । इतिहास कन्जुस हुन्छ । इतिहासले लौकिककर्तालाई घरिघरि मौका दिइरहँदैन ।
प्रधानमन्त्री प्रचण्ड सामू गर्नुपर्ने कामहरू अनेक छन् । र, कामको बाटोमा चुनौतीहरूको चाङ छ । नश्लीय राष्ट्रवादको डोलीमा ओलीलाई बोकेपछि प्रचण्डको निधारमा अनेक दाग लागेका छन् । कथित राष्ट्रवादको नाममा र त्यसको उन्मादमा आप्mनै देशबन्धुहरू मारिएका छन् । र, प्रचण्डका निधारमा तिनका रगतका छिटा परेका छन् । अन्धराष्ट्रवादका नाममा समान अधिकार खोज्ने बहिष्कृत जनहरूमाथि राज्यको बर्बर शक्ति प्रयोग गरिएको छ । नतिजा स्वरूप दक्षिणी भेगको सामाजिक मानचित्र भरि घावैघाउ बनेका छन् । भौगोलिक अखण्डताको रक्षाको नाममा राष्ट्रको भावनालाई डरलाग्दो गरी खण्डित तुल्याइएको छ । उहीउग्र राष्ट्रवादका नाममा अर्थतन्त्र कालो बजारलाई सुम्पिइएको छ । आन्दोलनकारी देशबन्धुहरूलाई बध गर्ने यज्ञमा लिप्त हुँदा भूकम्प पीडितहरूलाई निर्ममता साथ बिर्सिइएको छ । र, अहिले तिनको कन्तबिजोक छ । उत्तरी छिमेकीको भजन गायनले दक्षिणी छिमेकीलाई चिड्याएको छ । यसप्रकार प्रचण्डले पूरक परीक्षामा पास हुन आप्mनै कर्मद्वारा आप्mनो निधारमा लागेको रगत पखाल्नु छ । आप्mनै कर्मद्वारा आप्mना देशबन्धुहरूका हृदयमा लगाएका घाउहरूमा मलम लगाउनु छ । आप्mनो अघोरी अन्धवेग र अदूरदर्शी उत्तेजनाद्वारा बिगारिएको कूटनीतिक नाता सच्याउनु छ । दुई भीमकाय छिमेकीसँगको सम्बन्धलाई समदू्री र सन्तुलनको थान्कामा फर्काउनु छ । र, सुशासनको छडीले भ्रष्टाचारलाई तह लगाउनु छ ।
तर भन्नजति सजिलो छ गर्न त्यति नै गाह्रो छ । खिचडी गठबन्धनमा पद, पैसा र प्रतिष्ठाका बाह्रमासे शिकारीहरूको बिगबिगी त हुने नै भयो । तिनलाई अदपमा राख्ने कसरी ? आप्mनै दलका अतिवादीहरूले अघिल्लो कार्यकालमा भैmँ यसपाला पनि हैरान पार्ने कुरा निश्चित छ । आपैmँले शिरमा बोकेर आपैmँले धूलामा पछारेका ओली ऐय्या आत्थो गर्दै कोकोहोलो मच्चाइरहेका छन् । ओलीको सम्मति विना दुई तिहाई मत पुग्दैन । दुई तिहाई विना संविधान संशोधन हुँदैन । संविधान संशेधन नगरी न बहिष्कृत जनहरूका हृदयका घाउहरूको उपचार हुन्छ, न समानताको तिनको आकांक्षाको सम्बोधन हुन्छ । प्रचण्डसँग साटो फेर्न ओलीले गर्नु नगर्नु गर्नेछन् । पलपलमा प्रचण्डका कदम–कदममा तिनले भाँजो हाल्ने छन् । क्षणक्षणमा तिनले प्रचण्डलाई रुवाउने छन् । र, प्रचण्डका असफलताहरूको खरानीमा आप्mनो सफलताको कीर्ति स्तम्भ खडा गर्न तिनले गर्नु बिधि जमर्को गर्नेछन् ।
तब गर्ने के ? त्यो त कर्ता प्रचण्डलाई थाहा हुनुपर्छ । देशमा लगभग तीन करोड जन छन् । तिनमध्ये इतिहासको संयोग, काकताली वा दुर्घटनावश फेरि प्रचण्डै किन प्रधानमन्त्री बने ? यो बन्नुको पछाडि प्रचण्डको पृष्ठभूमि छ, इतिहास छ । यसको पछाडि प्रचण्डको बुद्धि, श्रम, आयु र जोखिमको लगानी छ । अनेक यत्नद्वारा आपूmलाई यो भूमिकाको लागि प्रस्तुतगर्ने पात्रमा पूरक परीक्षा पास गर्ने ल्याकत त हुनै प¥यो नि ।
प्रचण्डलाई उनका समर्थक, शुभचिन्तक र भक्तहरू चमत्कारिक गुण भएका नेताभनेर बखान गर्छन् । यो त्यो चमत्कारिक गुण देखाउने बेला भो । अस्सली नेताले बुद्धि र विवेक, अन्तरदृष्टि र दूरदृष्टि, सफा नीति र छल नीति, संयम र कौशल, आदर्श र व्यावहारिकता प्रदर्शन गर्ने सङ्कटको बेलामा त हो । अनुकूल बेलामा त अखबारको आधा शीर्षक पढेर लङ्का हाँक्ने टपर्टुइँयाहरूले नै इतिहासको सगर थामिहाल्छन् नि ।

वि.सं.२०७३ असोज २१ शुक्रवार १२:१९ मा प्रकाशित

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

न्यायपालिकाप्रति जिम्मेवार सार्वजनिक बहसको आवश्यकता

न्यायपालिकाप्रति जिम्मेवार सार्वजनिक बहसको आवश्यकता

लोकतन्त्रमा कुनै पनि सार्वजनिक संस्थाको आलोचनाभन्दा ठूलो मित्र अरु हुँदैन।...

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष तथा ‘हजारे...

ई–पासपोर्टको विश्व बजार र नेपालको राहदानी विवाद

ई–पासपोर्टको विश्व बजार र नेपालको राहदानी विवाद

काठमाडौँ । नेपाली राहदानी छपाइको विषयलाई लिएर पछिल्ला दिनमा फ्रान्सेली...

‘चलचित्र उद्योग विश्वस्तरमा पुग्यो’- केपी पाठकले बर्बराउँदै सुनाए सपनाको कथा

‘चलचित्र उद्योग विश्वस्तरमा पुग्यो’- केपी पाठकले बर्बराउँदै सुनाए सपनाको कथा

वरिष्ठ चलचित्र निर्देशक केपी पाठकले चलचित्र क्षेत्रमा औधी तरक्की भएको...

क्यान्सर लाग्नुअघि नै अपनाऔं यी ७ बानी

क्यान्सर लाग्नुअघि नै अपनाऔं यी ७ बानी

क्यान्सरबाट जोगिन के गर्ने ? हिन्दीमा एउटा भनाइ छ, "जब...