सात सालको मलुवा क्रान्ति र बाउन्न साल उप्रान्तको कडा जनयुद्ध नेपालको इतिहासका दुई युगान्तकारी घटना हुन् । विपी कोइराला सात सालको क्रान्तिका माउ नेता हुन्, प्रचण्ड उर्पm पुष्पकमल दाहाल जनयुद्धका माउ कमाण्डर । सात सालको क्रान्तिले जहाँनिया राणा शासनलाई मिल्कायो, बाउन्न पछिको जनयुद्धले राणा शासनकै उत्तराधिकारीतुल्य राजतन्त्रलाई इतिहासको मसानघाटतिर चलान ग¥यो । कसैलाई मन परोस् वा मन नपरोस्, यी दुई ऐतिहासिक कर्मको नेतृत्वकारी जस यिनै दुई मनुष्यलाई जान्छ । राणातन्त्रलाई मिल्काउँदाको नेतृत्वकारी जस विपीलाई, राजतन्त्रलाई मास्दाको नेतृत्वकारी जस प्रचण्डलाई ।
विपी अभागी हुन्, प्रचण्ड भाग्यमानी । विपीले आपूmले उठाएका परिवर्तनका मुद्दाहरूलाई संस्थागत गर्न दोस्रो पटक प्रधानमन्त्री बन्ने मौका पाएनन् । गर्न थालेको काम अधुरै र अपुरै थियो, खूनी पञ्चायतसँग जुध्दाजुध्दै विपीको जीवन शेष भयो । प्रचण्डले आपूmले उठाएका परिवर्तनका अधुरा र अपुरा मुद्दालाई संस्थागत गर्ने दुर्लभ चानस पाएका छन् । आफैले प्रेमपूर्वक बोकेका खड्गप्रसाद ओलीलाई घृणापूर्वक धूलामा पछारेर प्रधानमन्त्री बन्दा प्रचण्डलाई यो सौभाग्य वा सुअवसर प्राप्त भएको हो ।
प्रचण्डको पहिलो प्रधानमन्त्रीकाल व्यर्थमा बित्यो । प्रचण्डले आप्mनो र परचक्रीहरूको नाडी नछामी झोँकै झोँकमा काम गरे । प्रचण्डले असामयिक र अव्यावहारिक कामहरूमा हात हाले । शक्ति सन्तुलनको मर्म बुझेर नगरी नहुने र गर्न सकिने सामयिक र व्यावहारिक कामको प्रचण्डले किञ्चित् हेक्का राखेनन् । छुनै नपर्ने, तीन महिनापछि खुरुक्क जाने सनक सिं रुक्माङ्गद कटवाललाई प्रचण्डले बित्थामा छोए । कटवाललाई जब बहुरङ्गी दक्षिणपन्थमुखी दक्षिणपन्थी हनुमानहरूले काँधथापे, प्रचण्ड अताल्लिए । र, आतेस, झोँक र अदूरदर्शिताको तरङ्गी मूडमा प्रचण्डले छाड्नु नहुने गद्दी प्mयाट्ट छाडे । त्यसपछि आप्mनो दलभित्रको जडसूत्र मार्गी अतिवादले पलपलमा प्रचण्डको बाटो छेक्यो । अतिवादको नपुग्ने दाबीका कारण समय बियाँलिदै गयो, समस्या उकुच पल्टिएको घाउ जस्तो भयो, र जनसेनाको सम्मानजनक समायोजनको सट्टा लज्जाजनक आत्मसमर्पण हुनगयो । अतिवादकै कारण क्षुद्र आन्तरिक द्वन्द्वमा दलको थुप्रो ऊर्जा क्षयीकृत भयो । अतिवादकै कारण जनमानसमा दलको साख गि¥यो । अतिवादकै कारण प्रचण्ड आप्mनो दलभित्र भित्ते घडीको लङ्गुरभैmँ कहिले यो गुटतिर, कहिले त्यो गुटतिर हल्लिने हल्लान्ताम् चरित्र बने । यो हल्लाई शायद प्रचण्डको रहर वा रोजाइ थिएन । यो आन्तरिक अतिवादले सिर्जना गरेको वाद्यात्मक हरिबिजोक थियो ।
जेहोस्, इतिहासले प्रचण्डलाई दोस्रो चानस दिएको छ । यो ऐतिहासिक दायित्वको मूल परीक्षामा असफल भएका प्रचण्डले पाएको पूरक वा खण्डे परीक्षाहो । यो प्रचण्डलाई अन्तिम चानस हो । यो परीक्षामा सफल भए प्रचण्ड स्वयम् र उनको दलको भविष्य रहन्छ, असफल भए प्रचण्ड स्वयम् र उनको दलको भविष्य रसातलमा भास्सिन्छ । इतिहास कन्जुस हुन्छ । इतिहासले लौकिककर्तालाई घरिघरि मौका दिइरहँदैन ।
प्रधानमन्त्री प्रचण्ड सामू गर्नुपर्ने कामहरू अनेक छन् । र, कामको बाटोमा चुनौतीहरूको चाङ छ । नश्लीय राष्ट्रवादको डोलीमा ओलीलाई बोकेपछि प्रचण्डको निधारमा अनेक दाग लागेका छन् । कथित राष्ट्रवादको नाममा र त्यसको उन्मादमा आप्mनै देशबन्धुहरू मारिएका छन् । र, प्रचण्डका निधारमा तिनका रगतका छिटा परेका छन् । अन्धराष्ट्रवादका नाममा समान अधिकार खोज्ने बहिष्कृत जनहरूमाथि राज्यको बर्बर शक्ति प्रयोग गरिएको छ । नतिजा स्वरूप दक्षिणी भेगको सामाजिक मानचित्र भरि घावैघाउ बनेका छन् । भौगोलिक अखण्डताको रक्षाको नाममा राष्ट्रको भावनालाई डरलाग्दो गरी खण्डित तुल्याइएको छ । उहीउग्र राष्ट्रवादका नाममा अर्थतन्त्र कालो बजारलाई सुम्पिइएको छ । आन्दोलनकारी देशबन्धुहरूलाई बध गर्ने यज्ञमा लिप्त हुँदा भूकम्प पीडितहरूलाई निर्ममता साथ बिर्सिइएको छ । र, अहिले तिनको कन्तबिजोक छ । उत्तरी छिमेकीको भजन गायनले दक्षिणी छिमेकीलाई चिड्याएको छ । यसप्रकार प्रचण्डले पूरक परीक्षामा पास हुन आप्mनै कर्मद्वारा आप्mनो निधारमा लागेको रगत पखाल्नु छ । आप्mनै कर्मद्वारा आप्mना देशबन्धुहरूका हृदयमा लगाएका घाउहरूमा मलम लगाउनु छ । आप्mनो अघोरी अन्धवेग र अदूरदर्शी उत्तेजनाद्वारा बिगारिएको कूटनीतिक नाता सच्याउनु छ । दुई भीमकाय छिमेकीसँगको सम्बन्धलाई समदू्री र सन्तुलनको थान्कामा फर्काउनु छ । र, सुशासनको छडीले भ्रष्टाचारलाई तह लगाउनु छ ।
तर भन्नजति सजिलो छ गर्न त्यति नै गाह्रो छ । खिचडी गठबन्धनमा पद, पैसा र प्रतिष्ठाका बाह्रमासे शिकारीहरूको बिगबिगी त हुने नै भयो । तिनलाई अदपमा राख्ने कसरी ? आप्mनै दलका अतिवादीहरूले अघिल्लो कार्यकालमा भैmँ यसपाला पनि हैरान पार्ने कुरा निश्चित छ । आपैmँले शिरमा बोकेर आपैmँले धूलामा पछारेका ओली ऐय्या आत्थो गर्दै कोकोहोलो मच्चाइरहेका छन् । ओलीको सम्मति विना दुई तिहाई मत पुग्दैन । दुई तिहाई विना संविधान संशोधन हुँदैन । संविधान संशेधन नगरी न बहिष्कृत जनहरूका हृदयका घाउहरूको उपचार हुन्छ, न समानताको तिनको आकांक्षाको सम्बोधन हुन्छ । प्रचण्डसँग साटो फेर्न ओलीले गर्नु नगर्नु गर्नेछन् । पलपलमा प्रचण्डका कदम–कदममा तिनले भाँजो हाल्ने छन् । क्षणक्षणमा तिनले प्रचण्डलाई रुवाउने छन् । र, प्रचण्डका असफलताहरूको खरानीमा आप्mनो सफलताको कीर्ति स्तम्भ खडा गर्न तिनले गर्नु बिधि जमर्को गर्नेछन् ।
तब गर्ने के ? त्यो त कर्ता प्रचण्डलाई थाहा हुनुपर्छ । देशमा लगभग तीन करोड जन छन् । तिनमध्ये इतिहासको संयोग, काकताली वा दुर्घटनावश फेरि प्रचण्डै किन प्रधानमन्त्री बने ? यो बन्नुको पछाडि प्रचण्डको पृष्ठभूमि छ, इतिहास छ । यसको पछाडि प्रचण्डको बुद्धि, श्रम, आयु र जोखिमको लगानी छ । अनेक यत्नद्वारा आपूmलाई यो भूमिकाको लागि प्रस्तुतगर्ने पात्रमा पूरक परीक्षा पास गर्ने ल्याकत त हुनै प¥यो नि ।
प्रचण्डलाई उनका समर्थक, शुभचिन्तक र भक्तहरू चमत्कारिक गुण भएका नेताभनेर बखान गर्छन् । यो त्यो चमत्कारिक गुण देखाउने बेला भो । अस्सली नेताले बुद्धि र विवेक, अन्तरदृष्टि र दूरदृष्टि, सफा नीति र छल नीति, संयम र कौशल, आदर्श र व्यावहारिकता प्रदर्शन गर्ने सङ्कटको बेलामा त हो । अनुकूल बेलामा त अखबारको आधा शीर्षक पढेर लङ्का हाँक्ने टपर्टुइँयाहरूले नै इतिहासको सगर थामिहाल्छन् नि ।