back

हामी हाम्रो क्षमता लिएर देश फर्कन चाहन्छौँ

वि.सं.२०७३ असोज २१ शुक्रवार

555 

shares
NTC AD

sanubabu

कोहि रिसाउँछ की, कोहि खुसाउँछ की भन्ने कुनै वास्ता नगरी देखेको कुरा ओकली हाल्छन्, अमेरिकाको नर्थ क्यारालोनमा रहँदै आएका सानुबाबु सिलवाल । धादिङ्गको स्यादुलबाट ११ वर्ष अघि अमेरिका पुगेका उनी विदेशीए पछि पहिलो पटक नेपाल आए । नेपाल आउन ढिला हुनु देशको माया नलागेर होइन, उनी भन्छन् ‘२–४ वर्ष स्थापित हुनुपर्यो । व्यवसायमा हात हालेपछि त्यसलाई स्थापित गर्नुपर्यो’ त्यसैले चाहेर पनि नेपाल आउने अवसर नजुरेको हो । हाल नर्थ क्यारोलानमा ग्यास स्टेशन तथा स्टोर सञ्चालन गरिरहेका उनी अब आफ्नै व्यवसाय स्थापित भैसकेको हुँदा चाह्यो भने कसैलाई जिम्मेवारी दिएर छिटो छिटो नेपाल आउन सकिने बताउँछन् ।

नेपाल–यूएस च्याम्बरका कार्यबाहक सभापति रहेका उनी यूएस च्याम्बरमा नेपाली व्यवसायीको तर्फबाट सल्लाहकार सदस्य पनि रहेका छन् । उनी भन्छन् ‘यूएस च्याम्बरमा पुग्ने पहिलो नेपाली हुँ ।’ आफूले उक्त संस्थामा अमेरिकी प्रणालीमा नेपालीको पहुँच बढाउँदै नेपाली सामानहरूको प्रबद्र्धन गर्ने कुराको लविङ्ग गरिरहेको बताउँछन् ।

त्यसैगरी पेट्रोलियम पदार्थको स्टोरहरूको सबैभन्दा ठूलो संस्था ल्बतष्यलब िब्ककयअष्बतष्यलक या च्भतबष्ष्लिन क्तयचभ मा पनि सल्लाहकार सदस्य छन् । एनआरएनए आईसीसी अन्तर्गत श्रम तथा रोजगार टास्कफोर्समा अमेरिकीस्तरको क्षेत्रीय संयोजक र आईसीसीको लगानी तथा व्यापार प्रबद्र्धन सदस्य समेत हुन सिलवाल । संघसंस्था बाहेक उनी सामाजिक सञ्जालमा अमेरिकामा नेपालीले कस्तो व्यवसाय गर्ने, कसरी सफल हुने जस्ता कुराहरूको टिप्स दिइ रहन्छन् ।

हामी नेपालीमा धैर्य गर्न नसक्ने र राम्रो कुरालाई स्वीकार गर्न नसक्ने, तुरुन्त टिप्पणी गरिहाल्ने, सँधै नकरात्मकतर्फबाट सोच्ने हुँदा अरुले गरेका राम्रा कुरामा पनि हाम्रो दृष्टिकोण नकरात्मक हुने गरेको अनुभव छ । सम्पन्न र सभ्यताको देशमा बसे पनि यहि सोचका कारण अवसर पाउँदा पाउँदै पनि नेपाली पछि परेको उनको बुझाइ छ । ४ वर्षको दौरानमा १५० भन्दा बढी मन्तव्य दिएको, लेख र फेसबुक स्टाटस अनगिन्ति पुगेको उनी बताउँछन् । तपाईंका लेख र स्टाटसहरू व्यक्ति÷संस्थाहरूप्रति पनि आक्रमक पनि हुने गरेका छन् नी ? उनको उत्तर छ – म कोही कसैप्रति व्यक्तिगत रिस्इवी भन्दा पनि जे देख्यो त्यहि लेख्छु, कसैको चरित्र हत्या गर्ने नियत हुँदैन । उसो त उनका स्टाटसहरू त्यहाँ पुगेका नेपाली र जान चाहने नेपालीहरूका लागि पनि निकै उपयोगी हुन्छन् । उनको लेख र स्टाटसबाट प्रभावित हुनेहरू पनि थुप्रै छन् । कोलोराडोको एक कार्यक्रममा एक नेपाली महिलाले आफूसँग मैले कस्तो व्यवसाय सुरु गरुँ भनेर परामर्श गरी अहिले ती महिला सफल व्यवसायी बनेकोमा सन्तुष्टि व्यक्त गर्दछन् । उनी भन्छन् ‘ती दिदीले अहिले मासिक ५ हजार डलर घरबाटै कमाइ गर्नुहुन्छ । ’

व्यवसाय सानो लगानीबाट सुरु गर्नु पर्ने उनको सुझाव छ । उनको सोचमा मान्छे ४ थरीका हुन्छन् एक खालका मान्छेहरूमा विचार हुन्छ तर स्रोत हुँदैन । अर्को स्रोत भएका तर विचार नभएका, तेस्रो विचार पनि भएको र स्रोत पनि भएको हुन्छ भने चौँथो खालको व्यक्ति दुवै नभएका हुन्छन् । सबै भन्दा आफूसँग के छ त्यसको पहिचान आफै गरी त्यसलाई इच्छा शक्ति बनाउनु पर्दछ, उनी भन्छन् “कुनै पनि काम गर्न पहिला इच्छा शक्ति हुनुपर्दछ, त्यसपछि सिडमनि तयार गरी व्यवसाय सुरु गर्नुपर्दछ ।” एकैपटक ठूलो लगानी गरियो भने चाँडै नै डुब्न सक्ने सम्भावना हुन्छ । त्यसैले लगानी बिस्तारैबिस्तारै थप्दै जानु पर्दछ । त्यस्तै व्यवसाय सञ्चालन गर्न खोज्ने व्यक्तिले सम्बन्धित व्यवसायका बारेमा जाने बुझेको हुनुपर्दछ, सबैसँग संगत गर्न सक्ने र अनुभव पनि भएको हुनुपर्दछ । स्थान छनौट पनि उत्तिकै महत्वपूर्ण हुन्छ भने व्यवस्थापन, लेखा, कर्मचारी पक्ष पनि सहयोगी हुनु पर्दछ । विवेक, इच्छाशक्ति र स्रोत साधनलाई मिलाएर जान सकियो भने सफलता प्राप्त गर्न सकिन्छ, उनी भन्छन् “अमेरिकामा लगानी गर्ने व्यक्तिले यदि राम्रो सँग अंग्रेजी भाषा आउँदैन भने भाषा जानेको कानुन व्यवसायीको सहयोग र सल्लाह लिनैपर्दछ ।”

व्यवसाय ५ सय डलरबाटै पनि गर्न सकिन्छ । उनी भन्छन्, ‘मिसेल केक’ बेच्ने एक महिलाले ५ सय डलरबाटै व्यवसाय सुरु गरेको र अहिले उनले महिनाको ४०÷५० हजार डलर आम्दानी गरेको उदाहरण प्रस्तुत गर्दै उनि भन्छन्, “समय लाग्न सक्छ तर हरेश नखाई व्यवसायलाई ब्राण्डको रूपमा स्थापित गर्न सक्नुपर्दछ ।”

हिजो नेपाली विदेशीको भाडा माझेर बस्छन्, पाकिस्तानी–भारतीयको घरभित्रको काम गर्दछन्, भन्ने मान्यता रहेकोमा अब नेपाली विदेशीको मजुदरबाट मालिक बन्दै छन् । ‘आफ्नो साहु आफै बनौँ र आफ्नो तलब आफैँ बाडौँँ’ भन्ने आफ्नो नारा भएको बताउँदै उनी सबै नेपालीलाई आफै मालिक बन्न व्यवसायी बनौँ भन्ने आह्वान गर्न चाहन्छन् ।

अमेरिकामा रहेका ४ लाख नेपालीहरू मध्ये अहिले झण्डै ५ हजार नेपाली व्यवसायी रहेको र उनीहरूले अमेरिकी सरकारलाई लाखौँ डलर कर तिरेका छन् भने थुप्रैलाई रोजगारी पनि दिएका छन् । अब नेपाली अरुकोमा मजदुरी गर्न भन्दा साना व्यवसायतर्फ आकर्षित छन् । नेपाली व्यवसायीले अमेरिकी सरकारलाई पु¥याएको सहयोगबाट के कस्तो लाभ पाउने भन्ने कुराको सम्बोधन गर्ने कुराको आवाज उठिरहेको र यो लडाई निरन्तर जारी रहने सिलवाल बताउँछन् ।

कुराकानीका क्रममा उनले भावनात्मक कुरा सुनाए । यहाँबाट हेर्दा हामीलाई भगौडा भन्ने गरिन्छ, तर उता नेपाली राष्ट्रियताले ओतप्रोत भएको हुन्छौँ । नेपालीको मनमा ठेस पुग्ने यस्ता बचन कसैे पनि नगरौँ, उनको अनुरोध छ ।

प्रशासन र संरचना परिवर्तन नभएसम्म नेतृत्व परिवर्तन हुँदैमा सफल हुन नसकिने उनी बताउँछन् । त्यसैले सरकार सफल हुन कर्मचारी तन्त्र चुस्त र सहयोगी हुनु पर्दछ । नेपालमा सरकारी कर्मचारी ‘राजाको काम कहिले जाला घाम’ भन्ने मनोवृत्तिमै रहेको र राजनीतिले कर्मचारीतन्त्रलाई कमजोर बनाएको उनको बुझाइ छ । कामै नगरी तलब खाने हाम्रो कर्मचारीतन्त्र सुर्धान मासिक होइन घण्टाको हिसाबमा ‘पे’ गर्ने प्रणाली सुरु गर्न सके काममा चुस्तता आउने उनको दाबी छ । त्यसैगरी हायर एण्ड फायरको व्यवस्था पनि हुनु पर्ने उनी बताउँछन्, “राज्यले चाहेमा काम नगरीकन तास खेलेर र घाम तापेर दिन बिताउनेलाई तुरुन्त हटाउने र राम्रा मान्छेलाई प्रोत्साहन दिन सक्छ । यसो हुन सके अनावश्यक कर्मचारी नियुक्ति कम हुने र राज्यले लाखौँ रकम बचाउन सक्छ ।” सिलवाल भन्छन् । नगद बाँडेर विकास दिगो हुन सक्दैन, त्यसैले जनतालाई उत्पादनमा सामेल गराउन आवश्यक हुन्छ । व्यवहारिक शिक्षाको महत्व पनि उत्तिकै रहेको उनी बताउँछन् ।

११ वर्ष पछि नेपाल आउँदा संचार क्षेत्रले निकै फड्को मारेको अनुभूति उनको छ । घाँसको भारी बोक्दै हिडेकी महिला फोनमा कुरा गरीरहेको पाएँ । एउटा खेतमा बाउसे गरिरहेको व्यक्ति चिसो हात पुछ्दै फोन चलाईरहेको, फेसबुक चलाइरहेको देख्न पाएँ । संचारले संसार गाउँगाउँमा पु¥यायो तर आयस्तर र जीवनशैली भने अहिले पनि उस्तै रहेको उनी बताउँछन् । गाउँमा कृषि मजदुरको कमाइ, एउटा बाख्रा बेच्दा हुने कमाइ देखेर आफूले गाउँमै कमाई देखेको र संकिर्ण सोच नलिने हो भने कोही पनि नेपाली सस्तो मूल्यमा विदेशीनु नपर्ने आफूले देखेको भन्दै राज्यलाई भन्न चाहन्छन् “युवाशक्तिलाई बाहिर पठाएर, उनीहरूले पठाएको रेमिट्यान्सबाट मुलुक समृद्ध हुन्छ भन्ने सोचको सट्टा विदेशीने त्यस्तो प्रवाहलाई यहि नै रोकेर उनीहरूको मेहनतबाट देशमै उत्पादन बढाउन सकिन्छ भन्ने सोच राख्नुपर्दछ ।” सरकारले पनि गर्न खोज्नेलाई हतोत्साहित होइन, उत्साहित हुने खालका योजना बनाउन जरुरी हुन्छ । राज्यले चेतना बृद्धि गर्ने खालका कार्यक्रम, ग्रामिण उत्पादनलाई बढाउने खालका आर्थिक योजना ल्याउनु पर्ने र साना व्यवसायीलाई प्रबद्र्धन गर्न निब्र्याजी ऋण लगानी गर्नुपर्दछ । ५ प्लस ५ होइन, ५ गुणा ५ मा जाने लक्ष्यका साथ राज्यले योजना बनाउनु पर्दछ । सरकारले विदेशीएका नेपालीको ज्ञान, क्षमता र अनुभवलाई यहाँ ल्याउन सक्नु पर्दछ । राज्यले स्थायित्व र सुरक्षा दिन सक्यो भने विदेशीएका नेपालीको लगानी मात्र होइन विदेशी लगानी पनि आकर्षित गर्न सकिन्छ ।

देशप्रतिको आफ्नो जिम्मेवारी बोध गर्दै नेपाललाई सम्बद्ध बनाउन आफू सँधै हातेमालो गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्दै उनी भन्छन्, “सफल व्यवसायीलाई कसरी प्रयोग गर्ने, लगानी कसरी ल्याउने त्यसको मेडिएटर हामी रहन तयार छाँै । हामी हाम्रो क्षमता लिएर देश फर्कन चाहन्छौँ । ३०–४० करोड लगानी गर्न म आफै तयार छु । राज्यले सम्भावना देखाइ आह्वान गर्यो भने मेरो देशलाई आवश्यक परे जे गर्न पनि तयार छु ।”

वि.सं.२०७३ असोज २१ शुक्रवार १२:२२ मा प्रकाशित

ADBL AD
लगानी विविधीकरण कोषको मुख्य ‘एजेन्डा’

लगानी विविधीकरण कोषको मुख्य ‘एजेन्डा’

काठमाडौँ । वित्तीय क्षेत्रमा लामो अनुभव सम्हाल्नुभएका पर्वतकुमार कार्की नेपाल...

प्रदेश संरचनालाई विश्वस्त बनाउन सकेनौँः कमलबहादुर शाह

प्रदेश संरचनालाई विश्वस्त बनाउन सकेनौँः कमलबहादुर शाह

सुदूरपश्चिम । संविधानसभामा निर्वाचित जनप्रतिनिधिले बनाएको नेपालको संविधान २०७२ लागू...

प्रदेश सरकार खर्चिलो भयो भन्ने कुरामा म सहमत छैन

प्रदेश सरकार खर्चिलो भयो भन्ने कुरामा म सहमत छैन

हेटौँडा । विभिन्न आन्दोलन तथा सङ्घर्षबाट मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक...

पालिकामा निमित्त दिने अभ्यास हटाएरै छाड्छु

पालिकामा निमित्त दिने अभ्यास हटाएरै छाड्छु

राज कुमार गुप्ता, मन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन काठमाडौं...

संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुुपर्छ : सभामुख

संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुुपर्छ : सभामुख

काठमाडौँ । सभामुख देवराज घिमिरेले संविधान संशोधनको विषय मनोगत नभई...