back

शक्ति सम्पन्न देशसँगको कुटनैतिक सम्बन्धले देशको इज्जत उचो हुन्छ

वि.सं.२०७३ असोज २१ शुक्रवार

2.6K 

shares

harihar-aryalविश्वका झण्डै २ सय देशहरूले फ्रान्ससँग कुटनैतिक सम्बन्ध कायम गरेका छन् । फ्रान्स र नेपालको सम्बन्ध १७९० देखि नै जोडिएको देखिन्छ । पृथ्वी नारायण शाहको समयमा केही फ्रान्सेली शैनिकहरू कलकत्ता हुँदै गोरखा गई हातहतियार बनाउने तालिम दिएको अभिलेखमा पाइन्छ । राणा प्रधानमन्त्री जंगबहादुर राणाले बेलायत भ्रमण गर्दा सन् १८५० को २ अगस्तदेखि १० अगस्तसम्म फ्रान्सको भ्रमण गरेको र त्यसकै प्रभावबाट नेपाली सैनिकमा सुधार गरिएको र ठूला–ठूला भवनहरू फ्रेन्च कालिगढकै सक्कल गरेर निर्माण गराएको भन्ने पढ्न पाइन्छ । यसका साथै फ्रान्सकै नियम कानुनको अनुसरण गरेर मुलुकी ऐन निर्माण गरेको कुरा पनि इतिहासमा उल्लेख छ । सन् १९५० मा फ्रेन्च नागरिक मोरिस हर्जोगले अन्नपूर्णको सफल आरोहण गरेपछि फ्रान्सेली जनस्तरमा नेपालको ठूलो परिचय हुने सौभाग्य जुटेको हो ।
सन् १९५८ र १९६० मा राजा महेन्द्रबाट अनौपचारिक भ्रमण र १९६६ मा राजकीय भ्रमण भएको थियो । यी भ्रमणहरूकै फलस्वरूप २४ अप्रिल १९६७ मा नेपालको आवासीय दूतावास र जुन महिनामा पेरिसमा नेपालको आवासीय दूतावास स्थापना गरी दुईदेश बिच कुटनैतिक सम्बन्ध प्रगाढ भएको पाइन्छ । यसपछि सन् १९८१ र १९८९ मा राजा विरेन्द्रले फ्रान्सको व्यक्तिगत र सन् १९९४ मा राजकीय भ्रमण गरेका थिए भने फ्रान्सका राष्ट्रपति फ्राँस्वा मितेराँले सन् १९८१ मा नेपालको डेढ दिने भ्रमण गरेका थिए ।
फ्रान्स जस्तो सर्वसम्पन्न र शक्तिसाली देशसँग झण्डै २ सय ५० बर्षदेखिको एतिहासिक सम्बन्ध र पचासौँ वर्षदेखिको कुटनीतिक सम्बन्ध भएपनि विकास निर्माणमा अपेक्षित सहयोग हासिल गर्न नसकेको देखिन्छ ।

तर, नेपालको आवश्यकता भनेको विकास निर्माण नै हो । फ्रान्ससँग के कस्ता क्षेत्रमा सहयोग लिन सकिन्छ भन्ने विषयमा नेपाल सरकारको योजना र नीति नहुनु दुःखको कुरा हो । यो कुराको सुझाव फ्रान्समा रहेका हामी सर्वसाधारण जनताले बिसौँ वर्षदेखि दिइरहेका छौँ ।
फ्रान्समा नेपालीहरू कहिले देखि आए र को को आए ? भन्ने अभिलेख प्राप्त नभए पनि सन् १९६० को दशकमा ४÷५ जना नेपाली थिए भन्ने सुन्ने गरिन्छ । सन् १९८०÷८१ ताका झण्डै १ सय ५० जना रहेको नेपाली संख्या हाल आएर झण्डै ४ हजारको हाराहारीमा पुगेको अनुमान गरिन्छ । सजिलै एक देशबाट अर्को देशमा स्थान्तरण हुने हुँदा फ्रान्स आउनेको संख्या बृद्धि भएको पाइन्छ । पछिल्ला ३ वर्षयता बेलायतका नेपाली विद्यार्थीहरू फ्रान्स आउने क्रम बढीरहेको पाइन्छ ।
सन् १९६० को दशक देखि हालसम्म नेपाल जाने पर्वतारोहि र पर्यटकहरूले ल्याएकाहरू, फ्रेन्चसँग वैवाहिक सम्बन्धमा बाँधिएर आएका, नेपाली दूतावासमा काम गरेर यतै बसेकाहरू, सन् १९८० देखि भित्रिएका एकाध विद्यार्थीहरू नै फ्रान्सका नेपालीहरूको आधार हो । झण्डै सन् २००० देखि फ्रेन्च कल्चर सेन्टरले दिएको एकाध विद्यार्थी छात्रवृत्तिमा आएका सूचनाप्रविधि इन्जिनियर र कम्युनिकेशनमा नगण्य मात्रामा छात्रवृत्ति पाएर मास्र्टस र पिएचडी गर्नेहरू, आफ्नै खर्चमा पढ्न आएका विद्यार्थीहरू, ओपेयर पद्धतिमा आएकाहरू र बेलायत छाडेर आएका विद्यार्थीहरू नै फ्रान्सका हालका नेपालीहरू हुन् ।
सन् १९६०÷७० को दशकमा नेपालबाट आएका नेपालीहरू फ्रान्समा तेस्रो पुस्ताको जन्म भइसकेको छ । पहिलो पुस्ताका नेपालीहरू धेरैले नेपाली नागरिकता कायम राखेको पाइन्छ भने यहाँ आएर पढेका र यहि जन्मेकाहरूले भने फ्रेन्च नागरिकता लिएको बुझिन्छ । दोस्रो वा तेस्रो पुस्ताका नेपालीहरू पढ्नमा जेहेन्दार देखिन्छन र यीनिहरूको भविष्य अझै उज्जवल देखिन्छ ।
फ्रेन्चभाषा कठिन भएको र पहिलो पुस्ताको नेपालीले नेपालमा यो भाषा अध्ययन नगरेको हुनाले–नेपालीलाई ठूलो कठीन छ । साथै नेपालको पढाइ सिपमुलक नभएकाले पढेलेखेकै नेपालीलाई पनि यहाँ काम पाउन सजिलो छैन । यसैले बहुसंख्यक नेपालीहरू सेवा सम्बन्धी बालबच्चा, बृद्धको स्याहार गर्ने, रेष्टुरेण्टमा, घरायसी सरसफाइकै पेशामा संलग्न छन । थोरै मात्र नेपालीहरू सरकारी संस्थानमा काम गरेको पाइन्छ । केही साहसी नेपालीहरूले आफ्नै स्वामित्वमा–पलम्बरी, रंगरोगन, बिजुलीको कम्पनी संचालन गरेका छन भने नगण्य मात्रामा नेपाली ह्याण्डीक्राफ्ट–नेपाली पोशाकको पसल र ब्युटी पार्लर सञ्चालन गरेको पाइन्छ । भने झण्डै दुई दर्जन नेपाली रेष्टुँरा सञ्चालनमा छन् । दश वर्षयतादेखि फ्रान्सकै बैदेशिक शैनिक ीLegion Estranger नेपाली युवाहरूका लागि उदयमान पेशा देखिएको छ । सन् १९९० को वरपर २÷४ जना संलग्न भएको यो सेवामा हाल झण्डै ३ सय नेपाली युवाहरू संलग्न छन् । शारीरिक तन्दुरुस्ती भएका र साहसी युवाहरू प्रतियोगितामा छनोट भएमा ५ वर्षसम्म सेवा छोड्न पाइदैन् । पाँच वर्षपछि सेवा छाडेमा स्थायी बसोबास वा फ्रेन्च नागरिकता दिई बाहिरी जनजीवन बिताई फ्रान्समा बस्न काम गर्न पाइने प्रावधान छ । नयाँ पुस्ताका औलामा गन्न सकिने संख्यामा नेपालीहरू डाक्टर, इन्जिनियर्स, नर्स, एकाउन्टेन र अन्य अफिस काममा संलग्न छन् ।
फ्रान्समा नेपालीहरूको चुनौती वा कठिनाई भनेको भाषाको अनभिज्ञता र सिपमुलक ज्ञानकै अभाव देखिन्छ । यद्यपी बसोवासपत्र पाएका जोसुकैलाई पनि निःशुल्क भाषा पढ्ने र शीपमुलक पढाइ वा तालिम दिने फ्रेन्च सरकारको नीति छ । तर नेपाली समुदाय केही वर्ष पढेर कुनै विषयमा बलियो पेशेदार हुनुको सट्टा जेन तेन केही पैसा कमाउने तर्फ नै अभिप्रेरित भएको पाइन्छ । फ्रान्सका नयाँ नेपालीहरूको अर्को समस्या–नियम कानुन सामान्य रूपमा पनि ज्ञान नभई आफ्नो अधिकार समेत थाहा नपाउनु हो । सामाजिक र पारिवारिक संरचना, स्वास्थ्य, शिक्षामा फ्रान्स धेरै उदार देश हो ।
निःशुल्क शिक्षा, स्वास्थ्य विमा, विभिन्न किसीमका आर्थिक भत्ता सरकारले दिने गर्दछ । त्यसैले केही वर्ष फ्रान्समा बसेका नेपाली अन्य देशमा जान चाहँदैनन् । नेपालीहरू फ्रेन्च भाषा र कानुनी ज्ञानमा कमजोर रहेको महशुस गरेर एनआरएनए फ्रान्सले २०११–०१३ को कार्यकालमा फ्रेन्च कक्षा संचालन गर्नुको साथै विज्ञ वकिलसँग भेटघाट र अन्तरक्रिया कार्यक्रम समेत गरेको थियो । एनआरएनएले नेपालीहरूको आवश्यकता अनुसार नेपाली काागजपत्रहरू अनुवाद गरिदिने, विभिन्न प्रशासनिक काममा सहयोग गर्ने गरेको तथा स्कुल, कलेज, विश्वविद्यालयमा भर्ना परामर्श दिने गरेको छ ।
फ्रान्समा नेपालीहरूले सञ्चालन गरेका एनआरएनए सहित ६ वटा, मैत्रीसंघ र फ्रेन्च समुदायले सञ्चालन गरेका झण्डै एक सय परोपकारी संघसंस्था क्रियाशिल छन् । फ्रान्सका नेपालीहरूले मिलेरै नेपाल र नेपालीको दुःख सुखमा आपसी हातेमालो र सहयोग गरेको पाइन्छ । केही समय अघि भारतले गरेको अघोषित नाकाबन्दीको विरुद्धमा फ्रान्सका नेपालीले फ्रेन्च संसदका सभाध्यक्ष र केही संसदलाई सहयोगका लागि ध्यानाकर्षण गर्न ज्ञापनपत्र बुझाएकोबाट नेपालप्रतिको माया प्रष्ट हुन्छ ।
फ्रान्समा युरोपकै अग्ला हिमाल भएको, फ्रेन्च पर्वतारोहि र पर्यटक नेपालमा अत्याधिक जाने हुनाले फ्रेन्च जनस्तरमा नेपालप्रति सहानुभूति प्रगाढ छ । माथि नै उल्लेख गरे झैँ नेपाल सरकारले फ्रान्स सम्बन्धी छुट्टै नीति एवम् बृहद् योजना तयार गरेर सरकारी तबरबाट अनुरोध गर्नु पर्दछ । हामी यहाँ बस्ने नेपालीहरू यस्तो योजना फलिभूत बनाउन सहयोग गर्न प्रतिबद्ध छौँ ।

वि.सं.२०७३ असोज २१ शुक्रवार १२:४० मा प्रकाशित

Himalayan Life AD
ग्रामीण अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान

ग्रामीण अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान

कृषि नेपालको ग्रामीण अर्थतन्त्रको आधारशिला हो, जसले राष्ट्रिय जीडीपी (लगभग...

हृदयको जटिल शल्यक्रियापछि नयाँ जीवनतर्फको यात्रा

हृदयको जटिल शल्यक्रियापछि नयाँ जीवनतर्फको यात्रा

जीवन कहिलेकाहीँ कुनै पूर्वसूचना नदिई अत्यन्तै कठोर प्रश्न सोध्छ। हामी...

पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद , नियमन, अनि गर्नु पर्ने आगामी कार्य

पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद , नियमन, अनि गर्नु पर्ने आगामी कार्य

पशु चिकित्सक, रुपा गाउँपालिका, कास्की नेपालको ग्रामीण अर्थतन्त्रको मेरुदण्डका रूपमा...

चटके राजनीतिक नेताहरुको विगविगीले नैतिकवानलाई चुनौती

चटके राजनीतिक नेताहरुको विगविगीले नैतिकवानलाई चुनौती

नेपालमा केही वर्षदेखि अरुकै कॉध चढेर चटके राजनीति गर्नेहरुको बोलवाला...

झोले र झोलाहरु

झोले र झोलाहरु

हामी सबैसँग साना वा ठूला, नयाँ वा पुराना- कुनै न...

देशमा रहेका अभिभावकलाई छोराको पत्र, ‘यसकारण तारामा भोट हाल्नुस्’

देशमा रहेका अभिभावकलाई छोराको पत्र, ‘यसकारण तारामा भोट हाल्नुस्’

देशमा चुनाव नजिकीएको छ । हामी धेरै नेपाली युवा बिदेशमा...