back
CTIZAN AD

क्लिन्टन र ट्रम्पबीच चर्को बहस,हिलारीको व्यङग बाणबाट ट्रम्प आच्छु आच्छु

वि.सं.२०७३ असोज २७ बिहीवार

984 

shares

२७ असोज,वासिङ्गटन । अमेरिकी राष्ट्रपति पदका लागि दुई सशक्त प्रत्याशी उम्मेदवार हिलारी रोधाम क्लिन्टन र डोनाल्ड ट्रम्पबीच गतः आइतवार राति दोस्रो पटक प्रत्यक्ष टेलिभिजन बहस कार्यक्रम सम्पन्न भयो ।
मिसाउरी राज्यको सेन्ट लुइसमा अवस्थित एक विश्वविद्यालयको हलमा आयोजित उक्त प्रत्यक्ष बहस कार्यक्रम शुरुहुनु अघि दुई प्रत्याशीले आपसमा हात मिलाउने जस्तो न्युनतम औपचारिकता समेत पूरा नगरेको व्यवहारलाई सञ्चार माध्यमहरुले महत्व दिएर प्रचार गरेका छन् ।
उक्त कार्यक्रभरी नै ट्रम्प र क्लिन्टनले एकअर्कामाथि हिलो छ्याप्ने र सकेदेखि एकअर्कालाई उम्मेदवारीबाटै सिध्याइदिनेसम्मको आक्रामक प्रयासमा लागे ।
कार्यक्रममा वर्तमान राष्ट्रपति बाराक ओबामाले अवलम्बन गर्नु भएका अमेरिकी रणनीतिहरु, इराक, सिरिया, अफगानिस्तान लगायतका मुलुकहरुमा गरिएको सहयोग इत्यादि बारे पनि ट्रम्पले तीब्र आलोचना गर्न भ्याए ।
दर्शकका प्रश्नका उत्तर दिने क्रममा ट्रम्पले हिलारी उपर अलि बढी नै रिस पोखी आक्रामक भएर प्रस्तुत भए भने हिलारी पनि के कम, ट्रम्पलाई व्यङग बाणको वर्षा गरी आच्छु आच्छु पारिन् ।
ट्रम्पले हिलारीको निन्दा गर्ने क्रममा उनका पति बिल क्लिन्टन धेरै वर्षअघि एक पटक यौन काण्डमा मुछिएको घटनालाई उछाले । जवाफमा हिलारीले पनि ट्रम्पले महिलाको सम्बन्धमा अतिशयोक्ति गरी बोलेको श्रब्यदृष्य (भिडियो टेप) सार्वजनिक गरिदिइन् ।
सन् २००५ मा रेकर्ड गरिएको उक्त टेपमा स्थानीय एक बसमा अमेरिकी एनबीसी टेलिभिजन कार्यक्रम प्रस्तोता बिल्लि बुश र ट्रम्पसँगै यात्रा गरिरहेको बखत कुराकानी भएको दृष्य देखाइएको छ । कुराकानीको क्रममा ट्रम्पले “तिमी चलचित्र (हलिउड) का एउटा नायक हुने हो भने तिमीले महिलालाई जे गरे पनि हुन्छ” भनेका रहेछन् ।
साथै, कुराकानीकै क्रममा बुशले तपाईं पनि केटीहरु खेलाउन माहिर हुनुहुँदो रहेछ भन्दै दुबै जनाले महिलाहरुका नितम्ब, तिघ्रा, पिँडुलाको चर्चा गरेका रहेछन् ।
“महिलालाई जे गरे पनि हुन्छ” भन्ने अभिव्यक्तिले कोही पनि महिलालाई उनको स्वीकृतिबिना अङ्गालोमा कस्ने वा चुम्बन गर्नेजस्ता यौनजन्य दुव्र्यबहार गरे हुन्छ भन्ने अर्थ लाग्छ भन्ने अडान लिई क्लिन्टनले कस्सिएर ट्रम्पलाई आच्छु आच्छु पारिन् ।
क्लिन्टनको यस अडानले दर्शक दीर्घाबाट समर्थनको ओइरो पायोे र ट्रम्प तत्काल सो बिगतको घटनाका लागि माफी माग्न बाध्य भए ।
डेढघण्टा चलेको सो प्रत्यक्ष बहस कार्यक्रममा दर्शकका प्रश्नका उत्तर दिने क्रममा दुबै जनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मामिलाका धेरै विषयमाथि आ(आफ्नो धारणा व्यक्त गरे तापनि हिलारीमाथि ट्रम्प अलि बढ्तै आक्रोशित भएर प्रस्तुत हुँदा दर्शकहरुले मन पराएका थिएनन् ।
निर्वाचनको ठीक एक महिनापूर्व सञ्चालित यस कार्यक्रमले विजयको गन्तव्यतर्फ क्लिन्टनको थप कदम बढेको अनुमान गरेका छन् । रासस ÷एपी

वि.सं.२०७३ असोज २७ बिहीवार ०२:३१ मा प्रकाशित

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेन । युक्रेनमा भएको पछिल्लो रूसी आक्रमणमा परी कम्तिमा १४...

हाइटी किल्लामा भागदौड, ३० जनाको मृत्यु

हाइटी किल्लामा भागदौड, ३० जनाको मृत्यु

पोर्ट–अउ–प्रिन्स । हाइटीको ऐतिहासिक पर्यटकीय स्थल सिटाडेल लाफेरियरमा भएको भीडभाडपछि...

इरान-अमेरिका वार्ता निष्कर्षविहीन

इरान-अमेरिका वार्ता निष्कर्षविहीन

इस्लामावाद  । मध्यपूर्वमा चर्किंदै गएको युद्ध अन्त्य गर्ने उद्देश्यले पाकिस्तानको...

फ्रान्समा चार आप्रवासीको मृत्यु : फ्रान्सेली अधिकारी

फ्रान्समा चार आप्रवासीको मृत्यु : फ्रान्सेली अधिकारी

फ्रान्स । उत्तरी फ्रान्सको तटमा नहर पार गर्ने क्रममा बिहीबार...

द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित

द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित

खार्तूम  । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र संयुक्त राष्ट्र बाल...

इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल-अमेरिकासँगको सम्बन्ध आरोप

इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल-अमेरिकासँगको सम्बन्ध आरोप

तेहरान । इरानले ‘इजरायल र अमेरिकासँग मिलेर काम गरेको’ आरोपमा...