back
CTIZAN AD

पुरस्कारको रकम द्वन्द्व पीडितलाई दिने घोषणा

वि.सं.२०७३ असोज २७ बिहीवार

966 

shares

२७ असोज, बोगोटा । कोलम्बियाका राष्ट्रपति जुआँ म्यानुएल सान्तोषले आफूले पाएको यस वर्षको नोवेल शान्ति पुरस्कारको रकम आफ्नो देशका द्वन्द्व पीडितलाई प्रदान गरिने आइतबार घोषणा गर्नु भएको छ । सो पुरस्कारको रकम नौ लाख २५ हजार अमेरिकी डलर बराबरको रहेको छ ।

कोलम्बियामा विद्रोही समूह रेभोलुसनरी आम्र्ड फोर्स अफ कोलम्बिया (फार्क) विद्रोही समूहले आधा शताब्दीभन्दा लामो समयदेखि जारी राखेको हिंसाको कारण कोलम्बियामा लाखौंको सङ्ख्यामा द्वन्द्व पीडित भएका छन् ।

कोलोम्बियामा पाँच दशकसम्म जारी यस द्वन्द्वमा परी २ लाख ६० हजार भन्दा बढी व्यक्तिको मृत्यु भईसकेको छ । त्यसैगरी ४५ हजार बेपत्ता भएका छन्. । यस द्वन्द्वका कारण सात लाख व्यक्ति विस्थापित भएका छन्. ।

कोलम्बियामा जारी रहेको हिंसात्मक विद्रोहको अन्त्यगरी शान्ति सम्झौताका माध्यमबाट शान्ति स्थापनाका लागि गरेको पहलस्वरुप उहाँलाई सो यस बर्षको नोबेल शान्ति पुरस्कारबाट दिइएको छ ।

नर्वेको राजधानी ओस्लोमा रहेका नोवेल पुरस्कार छनोट समितिले गत शुक्रबार सो जानकारी दिएको थियो ।
रासस÷एएफपी

वि.सं.२०७३ असोज २७ बिहीवार ०२:३४ मा प्रकाशित

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

पेरिस । इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्टे«ट अफ...

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

नैरोबी  ।  केन्याले अमेरिकी सहयोगमा निर्माणाधीन इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...