back

पुरस्कारको रकम द्वन्द्व पीडितलाई दिने घोषणा

वि.सं.२०७३ असोज २७ बिहीवार

627 

shares
IME Limited
NTC AD

२७ असोज, बोगोटा । कोलम्बियाका राष्ट्रपति जुआँ म्यानुएल सान्तोषले आफूले पाएको यस वर्षको नोवेल शान्ति पुरस्कारको रकम आफ्नो देशका द्वन्द्व पीडितलाई प्रदान गरिने आइतबार घोषणा गर्नु भएको छ । सो पुरस्कारको रकम नौ लाख २५ हजार अमेरिकी डलर बराबरको रहेको छ ।

कोलम्बियामा विद्रोही समूह रेभोलुसनरी आम्र्ड फोर्स अफ कोलम्बिया (फार्क) विद्रोही समूहले आधा शताब्दीभन्दा लामो समयदेखि जारी राखेको हिंसाको कारण कोलम्बियामा लाखौंको सङ्ख्यामा द्वन्द्व पीडित भएका छन् ।

कोलोम्बियामा पाँच दशकसम्म जारी यस द्वन्द्वमा परी २ लाख ६० हजार भन्दा बढी व्यक्तिको मृत्यु भईसकेको छ । त्यसैगरी ४५ हजार बेपत्ता भएका छन्. । यस द्वन्द्वका कारण सात लाख व्यक्ति विस्थापित भएका छन्. ।

कोलम्बियामा जारी रहेको हिंसात्मक विद्रोहको अन्त्यगरी शान्ति सम्झौताका माध्यमबाट शान्ति स्थापनाका लागि गरेको पहलस्वरुप उहाँलाई सो यस बर्षको नोबेल शान्ति पुरस्कारबाट दिइएको छ ।

नर्वेको राजधानी ओस्लोमा रहेका नोवेल पुरस्कार छनोट समितिले गत शुक्रबार सो जानकारी दिएको थियो ।
रासस÷एएफपी

वि.सं.२०७३ असोज २७ बिहीवार ०२:३४ मा प्रकाशित

विस्फोटक पदार्थ राखिएको हल्लापछि दिल्लीका केही विद्यालय परिसरमा प्रहरी तैनाथ

विस्फोटक पदार्थ राखिएको हल्लापछि दिल्लीका केही विद्यालय परिसरमा प्रहरी तैनाथ

नयाँदिल्ली । बमको धम्कीको सूचना पछि शुक्रबार रिचमन्ड ग्लोबल स्कुल,...

भारतमा चट्याङका कारण ३३ जनाको मृत्यु

भारतमा चट्याङका कारण ३३ जनाको मृत्यु

पटना, भारत । पूर्वी भाारतमा मनसुनी आँधीका क्रममा चट्याङ् पर्दा...

एयर इन्डिया दुर्घटना प्रकरण : प्रारम्भिक प्रतिवेदनमा इन्धन आपूर्ति बन्द भएको खुलासा

एयर इन्डिया दुर्घटना प्रकरण : प्रारम्भिक प्रतिवेदनमा इन्धन आपूर्ति बन्द भएको खुलासा

नयाँ दिल्ली ।  भारतको अहमदाबादबाट बेलायतका लागि उडेको एयर इन्डियाको...

म्यान्मामा गुम्बा लक्षित हवाई आक्रमण, २२ सर्वसाधारणको मृत्यु

म्यान्मामा गुम्बा लक्षित हवाई आक्रमण, २२ सर्वसाधारणको मृत्यु

बैङ्कक ।  म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक...

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

किभ, युक्रेन । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेंस्कीले हालै एक वक्तव्य...

इलन मस्क पनि उत्रिए राजनीतिमा, गठन गरे अमेरिकन पार्टी

इलन मस्क पनि उत्रिए राजनीतिमा, गठन गरे अमेरिकन पार्टी

विश्वकै धनाढ्य इलन मस्कले अमेरिकामा नयाँ पार्टी गठन गरेका छन्...