back

अफगानिस्तानको कुन्दुजबारे राष्ट्रसंघको चासो

वि.सं.२०७३ असोज २७ बिहीवार

714 

shares
IME Limited
NTC AD

२७ असोज, संयुक्त राष्ट्रसंघ । अफगानिस्तानको कुन्दुजका नागरिक दिन प्रतिदिन विस्थापित हुनु परेको अवस्थाका बारेमा संयुक्त राष्ट्रसंघले चासो व्यक्त गरेको छ ।

पछिल्लो समयमा कुन्दुजमा तालिवानहरु र स्थानीय बासिन्दाबीच बढ्दो मनमुटाव र झडपका कारण यस्तो अवस्था आएको हो । तालिवानको विद्रोह र अतिशय ज्यादतिका कारण पछिल्ला समयमा ठूलो संख्यामा नागरिकहरु कुन्दुजबाट विस्थापित भएका छन् ।

सो स्थानबाट ठूलो सङ्ख्यामा नागरिक विस्थापित हुनु परेको कारण उनीहरुमा आधारभूत आवश्यकताको पनि ठूलो खाँचो हुन पुगेको राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी निकाय “ओचा” ले जनाएको छ ।

उक्त संस्थाले ती नागरिकको अवस्थाप्रति गम्भीर हुन पनि सबैसँग आग्रह गरेको छ । साथै त्यहाँ केही नागरिक विद्रोही र सरकारी सुरक्षाकर्मीबीचको चेपुवामा फसेकाले उनीहरुको आवश्यक उद्धारका लागि पनि सहयोगको याचना गरेको बताइएको छ ।

हालै प्रकाशित प्रारम्भिक प्रतिवेदनअनुुसार गतः करीब महिनादिन यता मात्र करिब दश हजार नागरिक कुन्दुजबाट विस्थापित भएका छन् ।

उनीहरु सो स्थानबाट भागेर काबुल पुगेर जसो तसो बसेका छन् । उनीहरुको अवस्था झन् झन् नाजुक बन्दै गएको छ र उनीहरुलाई गाँस,बास जस्ता आधारभूत मानवीय सेवा पनि उपलब्ध गराउन सकिएको छैन ।

संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी छुट्टै एजेन्सी ओचाले निकालेको हालैको प्रतिवेदनमा पछिल्लो समयमा कुन्दुजबाट मात्र करिब दश हजार जना विस्थापित भएका छन् भने अरु कैयौँ नागरिक त्यहीँ नै चेपुवामा परिरहेका छन् ।

उचित आश्रयको अभावमा उनीहरुले खुला आकाश मुन्तिर नै जिवन गुजार्नु परेको र शुद्ध पिउने पानीको पनि अभाव भएको समाचारमा जनाइएको छ ।

ओचाले सो विस्थापित क्षेत्रमा रहेका बालबालिकाको जीवन रक्षाका लागि प्रयास गरिरहेको छ । उसले जोखिममा परेका बालबालिकाको स्वास्थ्यरक्षामा सघाउ पुगोस भनेर पनि बिभिन्न कार्यक्रम सन्चालन गरिरहेको बताइएको छ । तै पनि त्यहाँ रहेका अधिकांश बालबालिका भने कुपोषणको शिकार भएका पाइएको पनि सो संस्थाका प्रवक्ताले जानकारी दिएका छन् ।

पछिल्लो वर्ष अफगानिस्तानका तालिवानी विद्रोहीले कुन्दुजलाई निशाना बनाएका छन् । रणनीतिक हिसाबले भौगोलिक बिकटताको फाइदा उठाउँदै तालिवानले कुन्दुजमा आफ्ना गतिबिधिहरु केन्द्रित गरिरहेका पाइएको छ । रासस/ सिन्ह्वा

वि.सं.२०७३ असोज २७ बिहीवार ०२:३८ मा प्रकाशित

विस्फोटक पदार्थ राखिएको हल्लापछि दिल्लीका केही विद्यालय परिसरमा प्रहरी तैनाथ

विस्फोटक पदार्थ राखिएको हल्लापछि दिल्लीका केही विद्यालय परिसरमा प्रहरी तैनाथ

नयाँदिल्ली । बमको धम्कीको सूचना पछि शुक्रबार रिचमन्ड ग्लोबल स्कुल,...

भारतमा चट्याङका कारण ३३ जनाको मृत्यु

भारतमा चट्याङका कारण ३३ जनाको मृत्यु

पटना, भारत । पूर्वी भाारतमा मनसुनी आँधीका क्रममा चट्याङ् पर्दा...

एयर इन्डिया दुर्घटना प्रकरण : प्रारम्भिक प्रतिवेदनमा इन्धन आपूर्ति बन्द भएको खुलासा

एयर इन्डिया दुर्घटना प्रकरण : प्रारम्भिक प्रतिवेदनमा इन्धन आपूर्ति बन्द भएको खुलासा

नयाँ दिल्ली ।  भारतको अहमदाबादबाट बेलायतका लागि उडेको एयर इन्डियाको...

म्यान्मामा गुम्बा लक्षित हवाई आक्रमण, २२ सर्वसाधारणको मृत्यु

म्यान्मामा गुम्बा लक्षित हवाई आक्रमण, २२ सर्वसाधारणको मृत्यु

बैङ्कक ।  म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक...

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

किभ, युक्रेन । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेंस्कीले हालै एक वक्तव्य...

इलन मस्क पनि उत्रिए राजनीतिमा, गठन गरे अमेरिकन पार्टी

इलन मस्क पनि उत्रिए राजनीतिमा, गठन गरे अमेरिकन पार्टी

विश्वकै धनाढ्य इलन मस्कले अमेरिकामा नयाँ पार्टी गठन गरेका छन्...