back
CTIZAN AD

अफगानिस्तानको कुन्दुजबारे राष्ट्रसंघको चासो

वि.सं.२०७३ असोज २७ बिहीवार

1.1K 

shares

२७ असोज, संयुक्त राष्ट्रसंघ । अफगानिस्तानको कुन्दुजका नागरिक दिन प्रतिदिन विस्थापित हुनु परेको अवस्थाका बारेमा संयुक्त राष्ट्रसंघले चासो व्यक्त गरेको छ ।

पछिल्लो समयमा कुन्दुजमा तालिवानहरु र स्थानीय बासिन्दाबीच बढ्दो मनमुटाव र झडपका कारण यस्तो अवस्था आएको हो । तालिवानको विद्रोह र अतिशय ज्यादतिका कारण पछिल्ला समयमा ठूलो संख्यामा नागरिकहरु कुन्दुजबाट विस्थापित भएका छन् ।

सो स्थानबाट ठूलो सङ्ख्यामा नागरिक विस्थापित हुनु परेको कारण उनीहरुमा आधारभूत आवश्यकताको पनि ठूलो खाँचो हुन पुगेको राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी निकाय “ओचा” ले जनाएको छ ।

उक्त संस्थाले ती नागरिकको अवस्थाप्रति गम्भीर हुन पनि सबैसँग आग्रह गरेको छ । साथै त्यहाँ केही नागरिक विद्रोही र सरकारी सुरक्षाकर्मीबीचको चेपुवामा फसेकाले उनीहरुको आवश्यक उद्धारका लागि पनि सहयोगको याचना गरेको बताइएको छ ।

हालै प्रकाशित प्रारम्भिक प्रतिवेदनअनुुसार गतः करीब महिनादिन यता मात्र करिब दश हजार नागरिक कुन्दुजबाट विस्थापित भएका छन् ।

उनीहरु सो स्थानबाट भागेर काबुल पुगेर जसो तसो बसेका छन् । उनीहरुको अवस्था झन् झन् नाजुक बन्दै गएको छ र उनीहरुलाई गाँस,बास जस्ता आधारभूत मानवीय सेवा पनि उपलब्ध गराउन सकिएको छैन ।

संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी छुट्टै एजेन्सी ओचाले निकालेको हालैको प्रतिवेदनमा पछिल्लो समयमा कुन्दुजबाट मात्र करिब दश हजार जना विस्थापित भएका छन् भने अरु कैयौँ नागरिक त्यहीँ नै चेपुवामा परिरहेका छन् ।

उचित आश्रयको अभावमा उनीहरुले खुला आकाश मुन्तिर नै जिवन गुजार्नु परेको र शुद्ध पिउने पानीको पनि अभाव भएको समाचारमा जनाइएको छ ।

ओचाले सो विस्थापित क्षेत्रमा रहेका बालबालिकाको जीवन रक्षाका लागि प्रयास गरिरहेको छ । उसले जोखिममा परेका बालबालिकाको स्वास्थ्यरक्षामा सघाउ पुगोस भनेर पनि बिभिन्न कार्यक्रम सन्चालन गरिरहेको बताइएको छ । तै पनि त्यहाँ रहेका अधिकांश बालबालिका भने कुपोषणको शिकार भएका पाइएको पनि सो संस्थाका प्रवक्ताले जानकारी दिएका छन् ।

पछिल्लो वर्ष अफगानिस्तानका तालिवानी विद्रोहीले कुन्दुजलाई निशाना बनाएका छन् । रणनीतिक हिसाबले भौगोलिक बिकटताको फाइदा उठाउँदै तालिवानले कुन्दुजमा आफ्ना गतिबिधिहरु केन्द्रित गरिरहेका पाइएको छ । रासस/ सिन्ह्वा

वि.सं.२०७३ असोज २७ बिहीवार ०२:३८ मा प्रकाशित

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

पेरिस । इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्टे«ट अफ...

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

नैरोबी  ।  केन्याले अमेरिकी सहयोगमा निर्माणाधीन इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...