back

क्लिन्टनको पक्षमा ढुक्क भएर मतदान गर्न ओबामाको अनुरोध

वि.सं.२०७३ असोज २७ बिहीवार

669 

shares
IME Limited
NTC AD

२७ असोज, ग्रिन्सबोरो, नर्थ क्यारोलिना (संयुक्त राज्य अमेरिका)  । राष्ट्रपतीय निर्वाचनको तिथि नजिकिँदै गएको र अमेरिकी मतदाताहरु राजनीतिक रुपले दुई तीब्र खेमामा विभक्त भएको वर्तमान अवस्थाबीच नर्थ क्यारोलिनामा आयोजित एक आमसभालाई सम्बोधन गर्दै राष्ट्रपति बाराक ओबामाले डेमोक्र्याट पार्टी समर्थकहरुलाई निर्वाचनको दिनमा मतदानको समय शुरु हुनासाथ पूर्वाद्धमै गई आफ्नै डेमोक्र्याट सदस्य हिलारी क्लिन्टनको पक्षमा ढुक्क भएर मतदान गर्न आग्रह गर्नु भयो ।
उक्त आमसभामा ट्रम्पसमर्थक रिपब्लिकन पार्टी पक्षधरहरुले बारम्बार होहल्ला र हुटिङगगरी बिथोल्न खोजेका थिए ।
आमसभामा ओबामाको सम्बोधन शुरु भएको धेरै बेरपछि ट्रम्पका समर्थक प्रतीत हुने एकजोडी युवक युवतीले बाहिरी लुगा फुकालेर “बिल क्लिन्टन बलात्कारी” जस्ता वाक्य ठूला अक्षरमा छापिएको टिसर्ट प्रदर्शन गरी हुल्लडबाजी गर्दै मञ्चतर्फ जान लाग्दा तत्कालै सुरक्षाकर्मीले तिनीहरुलाई नियन्त्रणमा लिएका थिए ।
यस्तै गतः आइतबारको प्रत्यक्ष टेलिभिजन बहस कार्यक्रममा पूर्व राष्ट्रपति बिल क्लिन्टनको बिगत केही बर्ष अघिको तथाकथित यौनकाण्डबारे तीब्र चर्चा गर्दै ट्रम्पले हिलारीलाई होच्याउन गरेको प्रयासस्मरण गर्दै त्यसउपर ओबामाले कडा व्यङ्ग गर्नुभयो ।
“प्रत्यक्ष बहस कार्यक्रम शुरुहुनु अघि तीन तीनवटी तरुनीले ट्रम्प स्वयंलाई घेरा हाली हलमा ल्याएका थिए । पछि ती तीनै वटीले सो बहस कार्यक्रममा भाग लिएर हामी तीनैजनालाई पनि बिल क्लिन्टनले यौन दुब्र्यबहार गरेका थिए भन्ने बनावटी कुरा निकालेर दोष लगाए ।
अब यहाँहरु नै बुझ्नुहोस् कि ट्रम्पको यो कस्तो नाटक हो, क्लिन्टनले यौन दुब्र्यबहार गरेका भए ती महिलाहरुले ट्रम्पलाई घेरा हाल्दै यत्रो सभाबीच आउने आँट गर्थे त रु ती महिलाहरुलाई बिल क्लिन्टनले न कहिल्यै चिनेका थिए न त तिनीहरुलाई यौन दुब्र्यबहार भयो भनी कहिल्यै सुनिनमा आयो” ओबामाको कथन थियो ।
क्लिन्टनको प्रतिद्वन्दी डोनाल्ड ट्रम्प निर्वाचनदौडको मैदानमा धेरै पछाडी परिसकेकाले उनलाई मत खसालेर आफ्नो मताधिकार ब्यर्थैमा खेर पठाउनु सट्टा क्लिन्टनको पक्षमा मतदान गरी एकता प्रदर्शन गर्न राष्ट्रपति ओबामाले होहल्लाकै माझ रिपब्लिकन पार्टी समर्थकहरुलाई पनि अनुरोध गर्नुभयो ।
एक त ट्रम्पले निर्वाचन जित्नै नसक्ने, कथंकदाचित जितिहालेमा पनि डेमोक्र्याटले अपार जनसमर्थन पाएको यस्तो अभूतपूर्व अवसरमा त्यस विजयको कुनै अर्थ नै नरहने भनी राष्ट्रपतिले दावी गर्नुभयो ।
एकहप्ता अघि हाइटीबाट एकाएक उठेको “म्याथ्यु” नामक कडा सामुन्द्रिक आँधीले केही दिन अघि नर्थ क्यारोलिना राज्यमा पनि प्रबेश गरी निकै धन जनको क्षति गरेर विध्वंश मच्चाएको थियो ।
सो आँधीका कारण नर्थ क्यारोलिना राज्यमा भएको क्षतिउपर चिन्ता गर्दै जे जति बबण्डर मच्चिए पनि हामी एकआपसमा सहयोगी बन्यौं भने जस्तोसुकै आपत्को पनि समना गरी त्यसलाई हराउन सकिन्छ भन्दै राष्ट्रपति ओबामाले आफ्नो सम्बोधन शुरु गर्नु भएको थियो । नर्थ क्यारोलिना राज्यका गभर्नर प्याट म्याक्क्रोरिले पेश गरे बमोजिम राष्ट्रपति ओबामाले सो राज्यलाई “दैवीप्रकोप प्रभावित राज्य” भन्ने घोषणापत्रमा हिजो सही गर्नु भएको थियो ।
क्लिन्टनको समर्थनमा हुने चुनावी प्रचार प्रसारकै सिलसिलामा आगामी बिहिबार ओहायो राज्यको पिट्सबर्ग र कोलम्बस तथा शुक्रवार क्लिभ्ल्याण्ड जाने राष्ट्रपति ओबामाको भ्रमण तालिका रहेको बताइएको छ । रासस /एपी

वि.सं.२०७३ असोज २७ बिहीवार ०२:४१ मा प्रकाशित

एयर इन्डिया दुर्घटना प्रकरण : प्रारम्भिक प्रतिवेदनमा इन्धन आपूर्ति बन्द भएको खुलासा

एयर इन्डिया दुर्घटना प्रकरण : प्रारम्भिक प्रतिवेदनमा इन्धन आपूर्ति बन्द भएको खुलासा

नयाँ दिल्ली ।  भारतको अहमदाबादबाट बेलायतका लागि उडेको एयर इन्डियाको...

म्यान्मामा गुम्बा लक्षित हवाई आक्रमण, २२ सर्वसाधारणको मृत्यु

म्यान्मामा गुम्बा लक्षित हवाई आक्रमण, २२ सर्वसाधारणको मृत्यु

बैङ्कक ।  म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक...

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

किभ, युक्रेन । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेंस्कीले हालै एक वक्तव्य...

इलन मस्क पनि उत्रिए राजनीतिमा, गठन गरे अमेरिकन पार्टी

इलन मस्क पनि उत्रिए राजनीतिमा, गठन गरे अमेरिकन पार्टी

विश्वकै धनाढ्य इलन मस्कले अमेरिकामा नयाँ पार्टी गठन गरेका छन्...

एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत

एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत

काठमाडौँ । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले...

द्वन्द्व र अस्थिरता कारण गरिबीको समस्या भयावह बन्दै गएको  विश्व वैंकको गम्भीर चेतावनी

द्वन्द्व र अस्थिरता कारण गरिबीको समस्या भयावह बन्दै गएको  विश्व वैंकको गम्भीर चेतावनी

वासिङ्टन । विश्व बैंकले एक नयाँ अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै...