back
CTIZAN AD

क्लिन्टनको पक्षमा ढुक्क भएर मतदान गर्न ओबामाको अनुरोध

वि.सं.२०७३ असोज २७ बिहीवार

990 

shares

२७ असोज, ग्रिन्सबोरो, नर्थ क्यारोलिना (संयुक्त राज्य अमेरिका)  । राष्ट्रपतीय निर्वाचनको तिथि नजिकिँदै गएको र अमेरिकी मतदाताहरु राजनीतिक रुपले दुई तीब्र खेमामा विभक्त भएको वर्तमान अवस्थाबीच नर्थ क्यारोलिनामा आयोजित एक आमसभालाई सम्बोधन गर्दै राष्ट्रपति बाराक ओबामाले डेमोक्र्याट पार्टी समर्थकहरुलाई निर्वाचनको दिनमा मतदानको समय शुरु हुनासाथ पूर्वाद्धमै गई आफ्नै डेमोक्र्याट सदस्य हिलारी क्लिन्टनको पक्षमा ढुक्क भएर मतदान गर्न आग्रह गर्नु भयो ।
उक्त आमसभामा ट्रम्पसमर्थक रिपब्लिकन पार्टी पक्षधरहरुले बारम्बार होहल्ला र हुटिङगगरी बिथोल्न खोजेका थिए ।
आमसभामा ओबामाको सम्बोधन शुरु भएको धेरै बेरपछि ट्रम्पका समर्थक प्रतीत हुने एकजोडी युवक युवतीले बाहिरी लुगा फुकालेर “बिल क्लिन्टन बलात्कारी” जस्ता वाक्य ठूला अक्षरमा छापिएको टिसर्ट प्रदर्शन गरी हुल्लडबाजी गर्दै मञ्चतर्फ जान लाग्दा तत्कालै सुरक्षाकर्मीले तिनीहरुलाई नियन्त्रणमा लिएका थिए ।
यस्तै गतः आइतबारको प्रत्यक्ष टेलिभिजन बहस कार्यक्रममा पूर्व राष्ट्रपति बिल क्लिन्टनको बिगत केही बर्ष अघिको तथाकथित यौनकाण्डबारे तीब्र चर्चा गर्दै ट्रम्पले हिलारीलाई होच्याउन गरेको प्रयासस्मरण गर्दै त्यसउपर ओबामाले कडा व्यङ्ग गर्नुभयो ।
“प्रत्यक्ष बहस कार्यक्रम शुरुहुनु अघि तीन तीनवटी तरुनीले ट्रम्प स्वयंलाई घेरा हाली हलमा ल्याएका थिए । पछि ती तीनै वटीले सो बहस कार्यक्रममा भाग लिएर हामी तीनैजनालाई पनि बिल क्लिन्टनले यौन दुब्र्यबहार गरेका थिए भन्ने बनावटी कुरा निकालेर दोष लगाए ।
अब यहाँहरु नै बुझ्नुहोस् कि ट्रम्पको यो कस्तो नाटक हो, क्लिन्टनले यौन दुब्र्यबहार गरेका भए ती महिलाहरुले ट्रम्पलाई घेरा हाल्दै यत्रो सभाबीच आउने आँट गर्थे त रु ती महिलाहरुलाई बिल क्लिन्टनले न कहिल्यै चिनेका थिए न त तिनीहरुलाई यौन दुब्र्यबहार भयो भनी कहिल्यै सुनिनमा आयो” ओबामाको कथन थियो ।
क्लिन्टनको प्रतिद्वन्दी डोनाल्ड ट्रम्प निर्वाचनदौडको मैदानमा धेरै पछाडी परिसकेकाले उनलाई मत खसालेर आफ्नो मताधिकार ब्यर्थैमा खेर पठाउनु सट्टा क्लिन्टनको पक्षमा मतदान गरी एकता प्रदर्शन गर्न राष्ट्रपति ओबामाले होहल्लाकै माझ रिपब्लिकन पार्टी समर्थकहरुलाई पनि अनुरोध गर्नुभयो ।
एक त ट्रम्पले निर्वाचन जित्नै नसक्ने, कथंकदाचित जितिहालेमा पनि डेमोक्र्याटले अपार जनसमर्थन पाएको यस्तो अभूतपूर्व अवसरमा त्यस विजयको कुनै अर्थ नै नरहने भनी राष्ट्रपतिले दावी गर्नुभयो ।
एकहप्ता अघि हाइटीबाट एकाएक उठेको “म्याथ्यु” नामक कडा सामुन्द्रिक आँधीले केही दिन अघि नर्थ क्यारोलिना राज्यमा पनि प्रबेश गरी निकै धन जनको क्षति गरेर विध्वंश मच्चाएको थियो ।
सो आँधीका कारण नर्थ क्यारोलिना राज्यमा भएको क्षतिउपर चिन्ता गर्दै जे जति बबण्डर मच्चिए पनि हामी एकआपसमा सहयोगी बन्यौं भने जस्तोसुकै आपत्को पनि समना गरी त्यसलाई हराउन सकिन्छ भन्दै राष्ट्रपति ओबामाले आफ्नो सम्बोधन शुरु गर्नु भएको थियो । नर्थ क्यारोलिना राज्यका गभर्नर प्याट म्याक्क्रोरिले पेश गरे बमोजिम राष्ट्रपति ओबामाले सो राज्यलाई “दैवीप्रकोप प्रभावित राज्य” भन्ने घोषणापत्रमा हिजो सही गर्नु भएको थियो ।
क्लिन्टनको समर्थनमा हुने चुनावी प्रचार प्रसारकै सिलसिलामा आगामी बिहिबार ओहायो राज्यको पिट्सबर्ग र कोलम्बस तथा शुक्रवार क्लिभ्ल्याण्ड जाने राष्ट्रपति ओबामाको भ्रमण तालिका रहेको बताइएको छ । रासस /एपी

वि.सं.२०७३ असोज २७ बिहीवार ०२:४१ मा प्रकाशित

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

पेरिस । इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्टे«ट अफ...

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

नैरोबी  ।  केन्याले अमेरिकी सहयोगमा निर्माणाधीन इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...