back
CTIZAN AD

अपहृत २०० जना छात्रामध्ये २१ को रिहा

वि.सं.२०७३ असोज २८ शुक्रवार

1K 

shares

२८ असोज, कानो (नाइजेरिया)। इस्लामिक सङ्गठनमा आवद्ध जिहादी बोको हराम समूहद्वारा सन् २०१४ को अप्रिलमा अपहरणमा लिएका २०० जना छात्रामध्ये २१ जनालाई बिहीबार रिहा गरेको छ ।

नाइजेरियाली सरकार र विद्रोही बोको हराम समूहबीच भएको बन्दी रिहाईका लागि गरिएको सहमति अनुसार २१ युवतीको रिहा गरिएको हो ।

यी युवतीलाई रिहा गर्न उत्तरपूर्वी नाइजेरियाको बाँकीस्थित चार जना बोको हराम विद्रोहीलाई सरकारले छोड्ने सहमति भएको र उनीहरूलाई पनि बिहीबार नै रिहा गरिएको नाइजेरियाको राष्ट्रपतिको कार्यालयद्वारा बिहीबार जारी विज्ञप्तीमा जनाइएको छ ।

अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी, बोको हराम, नाइजेरियाली सरकार र स्वीस सरकारका प्रतिनिधि सम्मिलित एक समितिले यस विषयमा सहमति गरेको हो ।

कार्यालयले उक्त समूहले अपहृत अन्य छात्राहरूलाई पनि क्रमशः रिहा गराउने बताएको छ । रासस÷एएफपी

वि.सं.२०७३ असोज २८ शुक्रवार ०३:२८ मा प्रकाशित

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स । ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण...

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस आज...

इजरायलका प्रधानमन्त्री नेतन्याहुविरुद्ध ‘नरसंहार’ अभियोगमा पक्राउ पूर्जी जारी

इजरायलका प्रधानमन्त्री नेतन्याहुविरुद्ध ‘नरसंहार’ अभियोगमा पक्राउ पूर्जी जारी

टर्कीले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुविरुद्ध गाजाका लागि सहायता लिएर गएका...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...