Logo
१५ चैत्र २०७९, बुधबार
     Wed Mar 29 2023
E-paper
  English Edition
   Unicode
Logo

अपहृत २०० जना छात्रामध्ये २१ को रिहा



 

२८ असोज, कानो (नाइजेरिया)। इस्लामिक सङ्गठनमा आवद्ध जिहादी बोको हराम समूहद्वारा सन् २०१४ को अप्रिलमा अपहरणमा लिएका २०० जना छात्रामध्ये २१ जनालाई बिहीबार रिहा गरेको छ ।

नाइजेरियाली सरकार र विद्रोही बोको हराम समूहबीच भएको बन्दी रिहाईका लागि गरिएको सहमति अनुसार २१ युवतीको रिहा गरिएको हो ।

यी युवतीलाई रिहा गर्न उत्तरपूर्वी नाइजेरियाको बाँकीस्थित चार जना बोको हराम विद्रोहीलाई सरकारले छोड्ने सहमति भएको र उनीहरूलाई पनि बिहीबार नै रिहा गरिएको नाइजेरियाको राष्ट्रपतिको कार्यालयद्वारा बिहीबार जारी विज्ञप्तीमा जनाइएको छ ।

अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी, बोको हराम, नाइजेरियाली सरकार र स्वीस सरकारका प्रतिनिधि सम्मिलित एक समितिले यस विषयमा सहमति गरेको हो ।

कार्यालयले उक्त समूहले अपहृत अन्य छात्राहरूलाई पनि क्रमशः रिहा गराउने बताएको छ । रासस÷एएफपी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम