back
CTIZAN AD

थाई नरेशको निधनमा एक वर्ष शोक मनाइने

वि.सं.२०७३ असोज २८ शुक्रवार

858 

shares

 

२८ असोज, बैंकक (थाइल्यान्ड) । विश्वकै लामो समय राजसिंहासन सम्हालेका थाइल्यान्डका राजा भूमिबोल अदुल्यादेजको बिहीबार देहान्त भएको छ । उहाँ ८८ वर्षको हुनुहुन्थ्यो ।

थाइल्यान्डको इतिहासमा पटकपटक भएका सत्ता विद्रोह प्रयासमा राष्ट्रिय एकता एवम् स्थायी शान्तिका लागि प्रजातान्त्रिक प्रयासमार्फत थाइल्यान्डलाई नेतृत्व दिएका नरेश भूमिबोल लामो समयदेखि बुढ्यौली र विभिन्न रोगले ग्रस्त उहाँ थाइल्याण्डको सिरिराज अस्पतालमा उपचारका क्रममा निधनभएको थाई राजप्रासाद निकायले एक विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।

पछिल्ला दुई वर्षमा धेरै समय उपचारका लागि उहाँलाई उक्त अस्पतालमा राखिएको थियो ।

उहाँको निधनको समाचार थाइल्यान्डको राष्ट्रिय टेलिभिजनमा पहिले श्यामश्वेत फोटो देखाइएपछि समाचार प्रस्तोतामार्फत घोषणा गरिएको थियो ।

थाई नरेश भूमिबोलप्रति जनताको श्रद्धा साँचो रहेको थियो जुन राजा र प्रजाबीच सम्बन्धलाई सुमधुर राख्न बनाइएको संयन्त्रले गरेको सावधानीपूर्ण व्यवहारका कारण उहाँप्रति जनताको प्रगाढ माया रहेको बताइने गर्छ ।

राष्ट्रियताका रूपमा रहेर करिब सात दशक सत्तामा रहनुभउका दिवङ्गत थाई नरेशको मृत्युले राष्ट्रको भविष्यलाई अनिश्चित राजनीतिक भूमरीमा लानसक्ने कतिपय विश्लेषकको बुझाइ छ ।
थाइल्यान्ड सरकारले उहाँको निधनपछि एक वर्षसम्म शोक मनाउने घोषणा गरेको छ ।

दिवङ्गत नरेश भूमिबोलको उत्तराधिकारीका रूपमा ६४ वर्षीय युवराज महा विजारालोन्कोनले सत्ता सम्हाल्नु हुने जानकारी दरबार स्रोतले जनाएको छ ।

लामो समयसम्म थाइल्यान्डमा देखिएको राजनीतिक अस्थिरतालाई अन्त्य गर्ने घोषणाका साथ सन् २०१४ मा सेनाद्वारा लिइएको नेतृत्व उहाँको निधनपछि सङ्कटमा पर्नसक्ने स्थानीय राजनीतिक विश्लेषकले बताएका छन् ।

वि.सं.२०७३ असोज २८ शुक्रवार ०३:३० मा प्रकाशित

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स । ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण...

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस आज...

इजरायलका प्रधानमन्त्री नेतन्याहुविरुद्ध ‘नरसंहार’ अभियोगमा पक्राउ पूर्जी जारी

इजरायलका प्रधानमन्त्री नेतन्याहुविरुद्ध ‘नरसंहार’ अभियोगमा पक्राउ पूर्जी जारी

टर्कीले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुविरुद्ध गाजाका लागि सहायता लिएर गएका...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...