Logo
१९ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 2 2023
E-paper
  English Edition
   Unicode
Logo

गुटेर्रेस राष्ट्रसङ्घको नयाँ महासचिवमा नियुक्त



new-un-general-secreatary

 

२८ असोज,संयुक्त राष्ट्रसङ्घ (अमेरिका)। संयुक्त राष्ट्रसङ्घको महासभाले बिहीबार पोर्चुगली नागरिक एन्टेनियो गुटेर्रेसलाई औपचारिक रूपमा राष्ट्रसङ्घको महासचिवमा नियुक्त गरेको छ ।

वर्तमान महासचिव बान कि मुनको उत्तराधिकारीका रूपमा पोर्चुगलका पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका गुटेर्रेसले आगामी सन् २०१७ को जनवरी १ देखि नेतृत्व सम्हाल्नु हुनेछ ।

बिहीबार महासभामा सम्मिलित १९३ राष्ट्रले गुटेर्रेसलाई महासचिवमा समर्थन गर्दै नियुक्त गर्ने प्रस्ताव पारित गरेपछि उहाँ राष्ट्रसङ्घको महासचिवमा औपचारिक रूपमा छानिनुभएको हो ।

गुटेर्रेसले राष्ट्रसङ्घको मानवअधिकार तथा राष्ट्रसङ्घीय प्रणाली सुधार कार्यमा उल्लेखनीय कार्य गर्नुभएको छ । रासस÷एएफपी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।