back
CTIZAN AD

भैरव जनता आल्मुनाइ एसोशीयसनको अध्यक्षमा यादव रायमाझी

वि.सं.२०७३ असोज २९ शनिवार

1.2K 

shares

bhairabjanata-jpg2

२९ असोज,काठमाडौं । पाल्पा भैरव जनता उच्चमाविमा अध्ययनरत पूर्व विद्यार्थीहरुको संस्था भैरवजनता अल्मुनाइ एसोशीयसनको अध्यक्षमा यादव बहादुर रायमाझी निर्विरोध निर्वाचित भएका छन् ।
संस्थाको बिहिबार सम्पन्न भेला तथा प्रथम साधारणसभाले यादव बहादुर रायमाझीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको हो ।
जसको उपाउध्यक्षमा कृष्ण प्रसाद नेपाल, सचिवमा दुर्गा बहादुर पोखरेल, सहसचिवमा चन्द्रिका राना थापा (चन्दा), कोषाध्यक्षमा पदम अधिकारी रहेका छन भने सदस्यहरुमा विमला भट्टराई (घिमीरे), बसन्त गौतम, सरिता खनाल, अर्जुन विश्वकर्मा (आशिष), विष्णु कुँवर, दिनेश पोखरेल, कृष्ण प्रसाद नेपाल, सुरेन्द्रलाल अमात्य, तुल बहादुर अधिकारी र अर्जुन बहादुर कार्की रहेका छन् ।
भैरवजनताका पूर्व विद्यार्थी तथा सिनर्जी फाइनान्स काठमाडौंका सिनियर म्यानेजर रामकृष्ण कार्कीको संयोजकत्वमा बसन्त बहादुर थापा र टिकाराम ढकाल सदस्य रहेको निर्वाचन मण्डलले उक्त नयाँ कार्यसमितिको घोषणा गरेको हो ।
पाल्पा क्षेत्र नं ३ का पूर्व सांसद् हरि प्रसाद नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त भेलामा भैरव जनता उच्चमाविका प्रधानाध्यापक नारायण कुँवर, भैरव जनताका पूर्व शिक्षकहरु तेज कुमार श्रेष्ठ, धन प्रसाद श्रेष्ठ, नेपाल जेसीसका राष्ट्रिय अध्यक्ष तथा भैरवस्थान कृषि बहुदेश्यीय सहकारी संस्थाका अध्यक्ष जगत बहादुर पोखरेल लगायतको आतिथ्यता रहेको थियो । दुइचरणमा गरेर सम्पन्न भएको उक्त अधिबेशनको पहिलो सत्रको संचालन दुर्गा बहादुर पोखरेलले गरेका थिए भने दोश्रो सत्रको संचालन चन्दा थापाको रहेको थियो ।

bhairabjanata

कार्यक्रममा सांसद नेपालले भैरब जनतामा आफू केही समय शिक्षक रहेर काम गरिसकेको बताउँदै संस्थाका लागि आवस्यक सहयोग गर्न सधै तयार रहेको बताउनु भयो । सासंद नेपालले अवको अवस्थामा आफूलाई संस्थाको लिडर हुँ भन्ने आडम्बर छोडेर राम्रो म्यानेजर पनि बन्नुपर्ने बताउँदै आफू जन्मेको माटोको ऋण तिर्न निस्वार्थ भावनाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
त्यस्तै स्कुलका प्रधानाध्यापक नारायण बहादुर कुँवरले विद्यालयको शैक्षिक गुणस्तर सुधारमा विद्यालय व्यवस्थापन, शिक्षक र अभिवाभावकको समन्वय अत्यन्तै जरुरी रहेको बताउँदै सबैले यसमा सहयोग गर्नुपर्ने बताउनु भयो ।
२०७२ बैशाखमा आएको विनाशकारी भूकम्पका कारण हाल विद्यालयको १४ वटा कोठा प्रयोग गर्नै नमिल्ने रहेको र प्रयोग गर्न मिल्ने कोठाहरु पनि असहज रुपमा प्रयोग गरिएको बताउनु भयो ।

bhairabjanata
प्रधानाध्यापक कुँवरले विद्यालयका लागि पुस्तकालय भवन, साइन्स ल्याव र कम्प्युटरहरुको अभाव रहेको बताउँदै पहिले भौतिक सामाग्रीहरुको व्यवस्था गरेर मात्र शैक्षिकगुणस्तर अगाडि बढाउन सकिने बताउनु भयो ।
कार्यक्रममा शिक्षा मन्त्रालयका सहसचिव इन्द्र कुँवर, पूर्वशिक्षक तेज कुमार श्रेष्ठ, नेकपा एमाले सम्बद्ध युवासंघ लुम्बिनी अन्चलका इन्र्जाज तुला बहादुर अधिकारी,एमाओवादी केन्द्रका केन्द्रीय सदस्य अर्जुन विश्वकर्मा (आशिष) लगायतले आ–आफ्ना भनाइ राख्दै स्कुलको शैक्षिक, भौतिक तथा आर्थिक स्तोरन्नतीका लागि सबै लाग्नुपर्ने भाइ राख्नु भएको थियो ।

वि.सं.२०७३ असोज २९ शनिवार ०८:१२ मा प्रकाशित

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

पाँचथर । जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा...

म्याग्दीका किसानलाई  अनुदान बितरण गर्न तीन करोड बिनियोजन 

म्याग्दीका किसानलाई  अनुदान बितरण गर्न तीन करोड बिनियोजन 

म्याग्दी । गण्डकी प्रदेश सरकारले म्याग्दीमा फलफूल, तरकारी, आलु र...

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...