back
CTIZAN AD

दसैँमा डेढ सय सवारी दुर्घटना

वि.सं.२०७३ असोज ३० आइतवार

1.1K 

shares

 ३० असोज,काठमाडौँ । दसैँका अवधिमा राजधानीमा करिब डेढ सय सवारी दुर्घटना भएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखानुसार गत वर्ष असोज १५ गते घटस्थापनादेखि २९ गते पूर्णिमासम्मका अवधिमा एक सय ४६ दुर्घटनामा १० जनाको मृत्यु, छ गम्भीर घाइते र एक सय ११ जना सामान्य घाइते भएका छन् ।

ट्राफिक प्रहरीले दसँैका अवधिमा १४ हजार छ सवारी साधनलाई कारबाही गरेको छ । गत वर्ष सो अवधिमा तीन हजार पाँच सय ३२ मात्रै कारबाहीमा परेका थिए ।
मापसे, ट्राफिक नियम उल्लङ्घन र बढी भाडा असुल्ने तथा क्षमताभन्दा बढी यात्रु राख्नेहरु यस पटकको दसैँ अवधिमा कारबाहीमा परेका हुन् ।

मापसेमा मात्रै एक हजार दुई सय ९१ जना कारबाहीमा परेका छन् बढी भाडा लिने लामो दूरीका १४ सवारी साधन र ६० ट्याक्सीलाई कारबाही गरिनाका साथै दुई जनालाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

तुलनात्मक रुपमा गत वर्षको असोजभन्दा यस वर्ष सवारी दुर्घटना बढी भएको छ । गत वर्ष तीन सय २८ सवारी दुर्घटना भएकामा यस वर्ष तीन सय ८९ सवारी दुर्घटना भएको छ । असोज महिनाभर मृत्यु हुने १३ र गम्भीर घाइतेको सङ्ख्या १७ तथा सामान्य घाइते २९३ जना छन् । रासस

वि.सं.२०७३ असोज ३० आइतवार ०९:३१ मा प्रकाशित

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

  काठमाडौं  । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य...

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात...

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

काठमाडौं । पछिल्लो निर्वाचन परिणामले नेपाली राजनीतिको समीकरणमा ठूलो परिवर्तन...

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...