back
CTIZAN AD

बोक्सी प्रथाविरुद्ध ‘अग्निदह’

वि.सं.२०७३ असोज ३० आइतवार

1.5K 

shares

३० असोज,काठमाडौँ । समाजमा बसोवास गरिरहेका वृद्धवृद्धा गरिबीकै कारण बोक्सा बा बोक्सी हुन नसक्ने कुरा आज यहाँ आयोजित कार्यक्रममा वक्ताहरुले बताउनुभएको छ ।

यी कुरालाई पुष्टि गर्न तथा समाजमा हिन्दू धर्मका नाममा जकडिएको बोक्सी कुप्रथा जरादेखि उखेल्नुपर्ने बताउँदै उहाँहरुले त्यसका लागि आफूहरुले ‘अग्निदह’ नामक चलचित्रको निर्माण गर्न लागेको जानकारी दिनुभयो ।

यहाँ आज आयोजित कार्यक्रममा सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले हिन्दूधर्म र वैदिक परम्परा तथा संस्कारसँग जोडिएको बोक्सी प्रथा गरिब र सहाराविहीन वृद्धवृद्धा तथा महिलामाथि लादिएको बताउनुभयो ।

उहाँले परम्परालाई अन्धानुकरण गर्दै आएको समाजलाई पूरै फेर्न त सकिँदैन तर हामीले आफ्नो सोचाइ तथा दृष्टिमा परिवर्तन ल्याएर पीडितलाई न्याय दिनुपर्छ भन्नुभयो ।

एम्नेस्टी इन्टरनेसनल मिडिया ग्रुपका सहसचिव राजेन्द्र अधिकारीले नेपालको समाजमा रहेको विकृति र कुसंस्कार अन्त्य गर्न राष्ट्रिय बहस गर्नुपर्ने औँल्याउनुभयो ।

गैरसरकारी संस्था महासङ्घका वरिष्ठ उपाध्यक्ष कृष्ण गौतमले नेपालमा बोक्सीको आरोपमा पीडा दिने र ज्यानैसम्म लिने घटना बारम्बार दोहरिरहेकामा चिन्ता व्यक्त गर्नुभयो । बताउनुभयो । भिन्तुना इन्टरनेसनल अमेरिकाका अध्यक्ष रामचन्द्र खरेलले बोक्सी प्रथा अन्त्यका लागि राज्यतहबाट नै अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठानका संरक्षक भुवनेश्वर शर्मा, अध्यक्ष कोविदशरण उपाध्याय, महासचिव श्रीभद्र शर्मा पौडेल, चलचित्रका संरक्षक मोहनराज पौडेल, निर्देशक घनश्याम लामिछानेलगायतले हिन्दूधर्मभित्र रहेका कलङ्क तथा विकृतिका रुपमा रहेको बोक्सी प्रथालाई सदाका लागि उन्मूलन गर्नुपर्नेमा जोड दिनुभयो ।

अनुपमा भण्डारी, प्रमिला तुलाचन, माओत्से गुरुङ, तुलसा जिसी लगायत कलाकार रहेको सो चलचित्रका निर्देशकमा घनश्याम लामिछाने हुन्छ । चलचित्र चाँडै हेटाँैडा, चितवन, नवलपरासी, पोखरा र हेम्जामा ३० दिनमा छायाङ्कन गरिने बताइएको छ । रासस

वि.सं.२०७३ असोज ३० आइतवार ०९:५९ मा प्रकाशित

भ्रामक भिडियो बनाएको आरोपमा मीनकुमार गुरुङविरुद्ध मुद्दा

भ्रामक भिडियो बनाएको आरोपमा मीनकुमार गुरुङविरुद्ध मुद्दा

काठमाडौं । गृहमन्त्री सुदन गुरुङको बैंक खातासम्बन्धी विवरण केन्द्रीय अनुसन्धान...

एमबीएसको प्रश्नपत्र सार्वजनिक प्रकरणमा केही व्यक्ति अनुसन्धानको घेरामा

एमबीएसको प्रश्नपत्र सार्वजनिक प्रकरणमा केही व्यक्ति अनुसन्धानको घेरामा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायअन्तर्गत स्नातकोत्तर तह (एमबीएस) को...

भोलिदेखि खुल्दै नागढुंगा सुरुङमार्ग, पहिलो चरणमा आपतकालीन सवारीलाई मात्र अनुमति

भोलिदेखि खुल्दै नागढुंगा सुरुङमार्ग, पहिलो चरणमा आपतकालीन सवारीलाई मात्र अनुमति

काठमाडौं । नेपालकै पहिलो सडक सुरुङमार्गका रूपमा निर्माण गरिएको नागढुंगा–सिस्नेखोला...

प्रदेशसभा विघटन रोक्न एमालेसँग सहकार्य गरेको हो : नारायणकाजी श्रेष्ठ

प्रदेशसभा विघटन रोक्न एमालेसँग सहकार्य गरेको हो : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता नारायणकाजी...

देश बनाउने स्वार्थमा एक भएर हातेमालो गर्न प्रवासी नेपालीसँग अर्थमन्त्रीको आग्रह

देश बनाउने स्वार्थमा एक भएर हातेमालो गर्न प्रवासी नेपालीसँग अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई नेपालको...

चुच्चे नक्सासहितको नयाँ १ रुपैयाँको सिक्का स्वीकृत

चुच्चे नक्सासहितको नयाँ १ रुपैयाँको सिक्का स्वीकृत

काठमाडौं । नेपाल सरकारले नेपालको चुच्चे नक्सा र आकाश भैरवको...