Logo
७ चैत्र २०७९, मंगलवार
     Tue Mar 21 2023
E-paper
  English Edition
   Unicode
Logo

बोक्सी प्रथाविरुद्ध ‘अग्निदह’



३० असोज,काठमाडौँ । समाजमा बसोवास गरिरहेका वृद्धवृद्धा गरिबीकै कारण बोक्सा बा बोक्सी हुन नसक्ने कुरा आज यहाँ आयोजित कार्यक्रममा वक्ताहरुले बताउनुभएको छ ।

यी कुरालाई पुष्टि गर्न तथा समाजमा हिन्दू धर्मका नाममा जकडिएको बोक्सी कुप्रथा जरादेखि उखेल्नुपर्ने बताउँदै उहाँहरुले त्यसका लागि आफूहरुले ‘अग्निदह’ नामक चलचित्रको निर्माण गर्न लागेको जानकारी दिनुभयो ।

यहाँ आज आयोजित कार्यक्रममा सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले हिन्दूधर्म र वैदिक परम्परा तथा संस्कारसँग जोडिएको बोक्सी प्रथा गरिब र सहाराविहीन वृद्धवृद्धा तथा महिलामाथि लादिएको बताउनुभयो ।

उहाँले परम्परालाई अन्धानुकरण गर्दै आएको समाजलाई पूरै फेर्न त सकिँदैन तर हामीले आफ्नो सोचाइ तथा दृष्टिमा परिवर्तन ल्याएर पीडितलाई न्याय दिनुपर्छ भन्नुभयो ।

एम्नेस्टी इन्टरनेसनल मिडिया ग्रुपका सहसचिव राजेन्द्र अधिकारीले नेपालको समाजमा रहेको विकृति र कुसंस्कार अन्त्य गर्न राष्ट्रिय बहस गर्नुपर्ने औँल्याउनुभयो ।

गैरसरकारी संस्था महासङ्घका वरिष्ठ उपाध्यक्ष कृष्ण गौतमले नेपालमा बोक्सीको आरोपमा पीडा दिने र ज्यानैसम्म लिने घटना बारम्बार दोहरिरहेकामा चिन्ता व्यक्त गर्नुभयो । बताउनुभयो । भिन्तुना इन्टरनेसनल अमेरिकाका अध्यक्ष रामचन्द्र खरेलले बोक्सी प्रथा अन्त्यका लागि राज्यतहबाट नै अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठानका संरक्षक भुवनेश्वर शर्मा, अध्यक्ष कोविदशरण उपाध्याय, महासचिव श्रीभद्र शर्मा पौडेल, चलचित्रका संरक्षक मोहनराज पौडेल, निर्देशक घनश्याम लामिछानेलगायतले हिन्दूधर्मभित्र रहेका कलङ्क तथा विकृतिका रुपमा रहेको बोक्सी प्रथालाई सदाका लागि उन्मूलन गर्नुपर्नेमा जोड दिनुभयो ।

अनुपमा भण्डारी, प्रमिला तुलाचन, माओत्से गुरुङ, तुलसा जिसी लगायत कलाकार रहेको सो चलचित्रका निर्देशकमा घनश्याम लामिछाने हुन्छ । चलचित्र चाँडै हेटाँैडा, चितवन, नवलपरासी, पोखरा र हेम्जामा ३० दिनमा छायाङ्कन गरिने बताइएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी

गलेश्वर । चैतको सुरुवातसँगै झन्डै छ महिनापछि माटो भिज्नेगरी वर्षा हुँदा खुसी भएका म्याग्दीका

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले