back

सरकारको कूटनीति प्रति के भन्छ एमाले ?

वि.सं.२०७३ असोज ३० आइतवार

495 

shares
GLOBAL IME AD
NTC AD

३० असोज,काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले नेपालको आन्तरिक विषयलाई अन्तर्राष्ट्रिय मामिलामा जोडेर सरकारले असन्तुलित कूटनीतिक काम गरेको आरोप लगाएको छ ।

व्यवस्थापिका–संसद्को आजको बैठकको विशेष समयमा नेकपा (एमाले) का डा राजन भट्टराईले अघिल्लो सरकारले परराष्ट्र नीतिलाई सन्तुलित बनाउन नसकेको जनाई नयाँ सरकार गठन गरिए पनि त्यसअनुसार काम अघि बढ्न नसकेको बताउनुभयो ।

परराष्ट्र मामिलाका जानकार डा भट्टराईले सरकारबाट दुवै छिमेकी मुलुकमा विशेष प्रतिनिधि पठाइएको र त्यसपछि दिइएका सार्वजनिक अभिव्यक्ति कार्यान्वयनमा नआएको गुनासो गर्दै सरकार यसमा गम्भीर बन्न नसकेको दोषारोपण गर्नुभयो । उहाँले यसबारे प्रधानमन्त्रीले संसद्लाई स्पष्ट पार्नुपर्ने माग गर्नुभयो ।
नेपाल मजदुर किसान पार्टीका अनुराधा थापा मगरले भारतको गोवामा ब्रिक्स सम्मेलन भइरहेका अवसरमा नेपालमा चिनियाँ राष्ट्रपति सि जिन पिङको भ्रमण हुने सम्भावना भए पनि त्यसो हुन नसक्दा नेपाललाई दुरगामी असर परेको बताउनुभयो । उहाँले चिनियाँ राष्ट्रपतिलाई भारतको भूमिमा गएर नेपालका प्रधानमन्त्रीले निम्तो दिनुपर्ने दुर्भाग्यपूर्ण स्थिति भएको टिप्पणी गर्नुभयो ।

नेपाः राष्ट्रिय पार्टीका लक्ष्मण राजवंशीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गौतम बुद्ध नेपालमा जन्मेको विषयलाई भ्रम सिर्जना हुने खालका अभिव्यक्ति दिए पनि सरकार नसुने झैं गरी बसेको आरोप लगाउनुभयो ।

हिन्दीलाई अनुसूचीमा राख्न हुँदैन

नेपाली काँग्रेसका धनराज गुरूङले नेपालमा हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाउन र नेपालको संविधानको अनुसूचीमा राख्नुपर्ने विषय भनी किन उठाइयो भनी प्रश्न गर्नुभयो ।

“नेपालका सबै भाषालाई संविधानले सरकारी कामकाजको भाषाका रुपमा मान्यता दिइसकेका अवस्थामा हिन्दी भाषाको चर्चा गरिनु राष्ट्रियतामाथिको अपमान भएको छ”–उहाँले भन्नुभयो ।

स्थानीय निर्वाचन र संविधान संशोधन माग

मधेसी जनाधिकार फोरम नेपाल (लोकतान्त्रिक) का योगेन्द्र चौधरीले स्थानीय निकायको पुनःसंरचना गर्दा सम्बन्धित आयोगलाई आवश्यक पर्ने तथ्याङ्क र विवरण सरकारले उपलब्ध नगराएकाले यस्तो व्यवहारले स्थानीय तहको निर्वाचन ढिलो हुनेतर्फ सजग गराउनुभयो ।

सांसद योगेन्द्र घिसिङले आदिवासी÷जनजाति र मधेसीको माग बमोजिम संविधान संशोधन हुनुपर्ने माग गर्नुभयो । सांसद अकवालअकमर शाह, प्रेमबहादुर गिरी, रामकृष्ण यादव, दुलारी हरिजन लगायतले पनि समसामयिक विषयमा ध्यानाकर्षण गराउनुभएको थियो । रासस

वि.सं.२०७३ असोज ३० आइतवार ०९:३० मा प्रकाशित

स्कुलबस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ४० घाइते

स्कुलबस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ४० घाइते

काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका–५ कात्तिकेस्थित साँखु–नगरकोट सडकखण्डमा आज साँझ...

ग्यास उद्योगीको आन्दोलन स्थगन

ग्यास उद्योगीको आन्दोलन स्थगन

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग सङ्घले विभिन्न माग राखेर...

गृहमन्त्रीलाई कारबाहीको माग गर्दै जनकपुरमा प्रदर्शन

गृहमन्त्रीलाई कारबाहीको माग गर्दै जनकपुरमा प्रदर्शन

जनकपुरधाम । गृहमन्त्री रमेश लेखकमाथि छानबिन र कारबाहीको माग राखी...

प्रहरीमाथि हातपात गर्नेलाई कारबाहीको दायरामा ल्याउन गृहमन्त्रीको निर्देशन

प्रहरीमाथि हातपात गर्नेलाई कारबाहीको दायरामा ल्याउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरी कर्मचारीमाथि भइरहेको...

छोरीलाई शिक्षा दिएर बालविवाह रोकथान गर्न सकिन्छ : मुख्यमन्त्री सिंह

छोरीलाई शिक्षा दिएर बालविवाह रोकथान गर्न सकिन्छ : मुख्यमन्त्री सिंह

जनकपुर । मधेस प्रदशका मुख्यमन्त्री सतिशकुमार सिंहले गरिबीको रेखामुनि रहेका...

अवसरको उपयोग गर्न उपप्रधानमन्त्री सिंहको जोड

अवसरको उपयोग गर्न उपप्रधानमन्त्री सिंहको जोड

पाटन (ललितपुर) । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले शैक्षिक...