Logo
६ आश्विन २०८०, शनिबार
     Sat Sep 23 2023
E-paper
  English Edition
   Unicode
Logo

आदिनाथ मेला सुरु



१ कात्तिक,काठमाडौँ । पारिवारिक सुख, शान्ति तथा समृद्धिको कामनासहित कीर्तिपुर नगरपालिकास्थित चोभारमा एक महिनासम्म चल्ने ‘आदिनाथ मेला’ सुरु भएको छ ।

उक्त मन्दिरमा आज बिहान विधिपूर्वक विशेष पूजा गरियो । कात्तिक शुक्ल पूर्णिमाका दिनसम्म जारी रहने यो मेला भर्न काठमाडौँ उपत्यका तथा आसपास क्षेत्रबाट हिन्दु तथा बौद्ध अनुयायी आउने गर्छन् ।
हिन्दु धर्मावलम्बीले शिव शक्तिका रुपमा तथा बौद्ध धर्मावलम्बीले आनन्दादी लोकेश्वरका रुपमा आदिनाथलाई पुज्छन् ।
चोभार डाँडामा अवस्थित आदिनाथको मन्दिरमा शिव र पार्वतीको संयुक्त आकार प्रतिविम्बित भएकाले
यसलाई अर्धनारेश्वर समेत भनिन्छ ।
यस अवधिमा आदिनाथको दर्शन गरेमा रोगव्याधिबाट मुक्त भई पारिवारिक सुख र शान्ति मिल्ने जनविश्वास छ ।

काठमाडौँ उपत्यकाका बौद्ध अनुयायीले प्रत्येक दिन विभिन्न बाजागाजासहित मन्दिरमा आएर भजन, किर्तन तथा पूजा गर्ने परम्परा छ । विशेषगरी चैतमा आदिनाथको ठूलो जात्रा गरी नख्खु दोभानमा जात्रालुले स्नान गर्ने गर्छन् ।
कात्तिक शुक्ल दशमीदेखि पाँचदिनसम्म केही भक्तजनले निराहार व्रत बसेर पूजा गर्ने परम्परा रहेको पूजारी सरोज शाक्यले जानकारी दिनुभएको छ । रासस


-->

उर्मिला कोइराला, भक्तपुर जन्मिएको मझेरी तपतप तेलसँगै घामको पहिलोदेखि अन्तिम किरणसम्म सुस्ताएको पिँढी ताते

डा. देवी पन्थी झरीमा नभिज्नू चिसो याममा सिरानी भिजाउँछु सधैं रातमा । छुँदै छुन्न

सीता शर्मा ’शीत’, सिक्किम म जस्तै तिमी तड्पिएर नबस्नू कसैलाई धड्कन दिएर नबस्नू डुबी

सुन्दरी घिमिरे खतिवडा, सङ्खुवासभा १. बुहारी : तीज पर्व आएको सम्झना आइदिन्छ त्यो दिन

प्रा.डा. लेखप्रसाद निरौला बुढानीलकण्ठ, काठमाडौँ १. शरद् सौन्दर्य कठ्याङ्ग्रिदो मौसम व्यस्त जीवन । २.