back
CTIZAN AD

आदिनाथ मेला सुरु

वि.सं.२०७३ कात्तिक १ सोमवार

990 

shares

१ कात्तिक,काठमाडौँ । पारिवारिक सुख, शान्ति तथा समृद्धिको कामनासहित कीर्तिपुर नगरपालिकास्थित चोभारमा एक महिनासम्म चल्ने ‘आदिनाथ मेला’ सुरु भएको छ ।

उक्त मन्दिरमा आज बिहान विधिपूर्वक विशेष पूजा गरियो । कात्तिक शुक्ल पूर्णिमाका दिनसम्म जारी रहने यो मेला भर्न काठमाडौँ उपत्यका तथा आसपास क्षेत्रबाट हिन्दु तथा बौद्ध अनुयायी आउने गर्छन् ।
हिन्दु धर्मावलम्बीले शिव शक्तिका रुपमा तथा बौद्ध धर्मावलम्बीले आनन्दादी लोकेश्वरका रुपमा आदिनाथलाई पुज्छन् ।
चोभार डाँडामा अवस्थित आदिनाथको मन्दिरमा शिव र पार्वतीको संयुक्त आकार प्रतिविम्बित भएकाले
यसलाई अर्धनारेश्वर समेत भनिन्छ ।
यस अवधिमा आदिनाथको दर्शन गरेमा रोगव्याधिबाट मुक्त भई पारिवारिक सुख र शान्ति मिल्ने जनविश्वास छ ।

काठमाडौँ उपत्यकाका बौद्ध अनुयायीले प्रत्येक दिन विभिन्न बाजागाजासहित मन्दिरमा आएर भजन, किर्तन तथा पूजा गर्ने परम्परा छ । विशेषगरी चैतमा आदिनाथको ठूलो जात्रा गरी नख्खु दोभानमा जात्रालुले स्नान गर्ने गर्छन् ।
कात्तिक शुक्ल दशमीदेखि पाँचदिनसम्म केही भक्तजनले निराहार व्रत बसेर पूजा गर्ने परम्परा रहेको पूजारी सरोज शाक्यले जानकारी दिनुभएको छ । रासस

वि.सं.२०७३ कात्तिक १ सोमवार ०५:५३ मा प्रकाशित

तनहुँका धानबालीमा मरुवा रोग, स्थलगत प्राविधिक अनुगमन सुरु

तनहुँका धानबालीमा मरुवा रोग, स्थलगत प्राविधिक अनुगमन सुरु

दमौली (तनहुँ) । कृषि विकास कार्यालय तनहुँले जिल्लाका विभिन्न पालिकामा...

स्याउ र आलुजोनमा सूचीकृत मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

स्याउ र आलुजोनमा सूचीकृत मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

मुस्ताङ । यहाँका पाँच स्थानीय तहका किसानलाई अनुदान सहुलियतमा खेतबारी...

आजको मौसम विवरण : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

आजको मौसम विवरण : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा...

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

काठमाडौँ । खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने रु २३...