back

विपन्न उपचार राहत कोषका लागि आठ लाख प्रदान

वि.सं.२०७३ कात्तिक १ सोमवार

753 

shares
IME Limited
NTC AD

१ कात्तिक,चितवन। चितवन समाज जापानले भरतपुर अस्पतालले स्थापना गरेको गरिब विपन्न उपचार राहत कोषका लागि रु आठ लाख रकम आइतबार एक कार्यक्रमका बीच हस्तान्तरण गरेको छ ।

समाजका अध्यक्ष सरोज कँडेलले अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा रुद्रप्रसाद मरासिनीलाई रु आठ लाखको चेक हस्तान्तरण गर्नुभयो । चितवनबाट जापान पुगेका नेपाली मिलेर खोलिएको यो संस्थाले चितवन धमाका नामक साङ्गीतिक कार्यक्रमको आयोजना गरी सङ्कलन गरेको रकम अस्पतालमा आएर सेवा लिने अति गरिब, विपन्न र सीमान्तकृत बिरामीको उपचारका लागि खर्च गर्ने गरी हस्तान्तरण गरिएको समाजका अध्यक्ष कँडेलले जानकारी दिनुभयो ।

कार्यक्रममा सुपरिटेन्डेन्ट मरासिनीले अस्पतालले हालै मात्र स्थापना गरेको गरिब तथा विपन्न उपचारका लागि रकम आउने क्रम सुरु भएको भन्दै यसको व्यवस्थित सञ्चालन र पारदर्शीता प्रमुख चुनौती रहेको बताउनुभयो । रासस

वि.सं.२०७३ कात्तिक १ सोमवार ०५:२८ मा प्रकाशित

चर्चित झाँक्री प्रकाश भुजेलद्वारा नवग्रह मन्दिर दर्शन

चर्चित झाँक्री प्रकाश भुजेलद्वारा नवग्रह मन्दिर दर्शन

स्याङ्जा । नेपाल तान्त्रिक झाँक्री संघका अध्यक्ष धर्मगुरु प्रकाश भुजेलले...

प्रधानमन्त्री केपी शर्मा ओली झापामा

प्रधानमन्त्री केपी शर्मा ओली झापामा

झापा । प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा...

वर्षाका कारण सुनसान बने यहाँका ‘होमस्टे’

वर्षाका कारण सुनसान बने यहाँका ‘होमस्टे’

ढोरपाटन, (बागलुङ) । बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि...

जनसाङ्ख्यिक चुनौती समाधान गर्न राष्ट्रिय नीति आवश्यकः मन्त्री पौडेल

जनसाङ्ख्यिक चुनौती समाधान गर्न राष्ट्रिय नीति आवश्यकः मन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले देशमा जनसङ्ख्या वृद्धिदर...

तिलोत्तमा नगरपालिकाद्वारा लम्पीस्किन रोगविरुद्ध खोप

तिलोत्तमा नगरपालिकाद्वारा लम्पीस्किन रोगविरुद्ध खोप

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले लम्पीस्किन रोगविरुद्ध सञ्चालन गरेको खोप...

‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’

‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले रसुवामा हालै...