back
CTIZAN AD

विपन्न उपचार राहत कोषका लागि आठ लाख प्रदान

वि.सं.२०७३ कात्तिक १ सोमवार

1.1K 

shares

१ कात्तिक,चितवन। चितवन समाज जापानले भरतपुर अस्पतालले स्थापना गरेको गरिब विपन्न उपचार राहत कोषका लागि रु आठ लाख रकम आइतबार एक कार्यक्रमका बीच हस्तान्तरण गरेको छ ।

समाजका अध्यक्ष सरोज कँडेलले अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा रुद्रप्रसाद मरासिनीलाई रु आठ लाखको चेक हस्तान्तरण गर्नुभयो । चितवनबाट जापान पुगेका नेपाली मिलेर खोलिएको यो संस्थाले चितवन धमाका नामक साङ्गीतिक कार्यक्रमको आयोजना गरी सङ्कलन गरेको रकम अस्पतालमा आएर सेवा लिने अति गरिब, विपन्न र सीमान्तकृत बिरामीको उपचारका लागि खर्च गर्ने गरी हस्तान्तरण गरिएको समाजका अध्यक्ष कँडेलले जानकारी दिनुभयो ।

कार्यक्रममा सुपरिटेन्डेन्ट मरासिनीले अस्पतालले हालै मात्र स्थापना गरेको गरिब तथा विपन्न उपचारका लागि रकम आउने क्रम सुरु भएको भन्दै यसको व्यवस्थित सञ्चालन र पारदर्शीता प्रमुख चुनौती रहेको बताउनुभयो । रासस

वि.सं.२०७३ कात्तिक १ सोमवार ०५:२८ मा प्रकाशित

वर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण

वर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ ।  प्रतिनिधिसभाका सांसदले यस वर्ष किसानलाई मलको अभाव हुन...

प्रतिनिधिसभाः जनजीवनका समस्याबारे ध्यानाकर्षण

प्रतिनिधिसभाः जनजीवनका समस्याबारे ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठको आकस्मिक समयमा सांसदहरूले जनजीवनका सवाल...

एसियन खेलकुद छनोट : टस जितेर ब्याटिङ गर्दै नेपाल

एसियन खेलकुद छनोट : टस जितेर ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । मलेसियामा जारी एसियाली खेलकुद महिला क्रिकेट छनोटअन्तर्गत चीनविरुद्धको...

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइँदै

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइँदै

मोरङ । कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने भएको...

दूध किसानलाई रु १२ करोड

दूध किसानलाई रु १२ करोड

काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी)ले भुक्तानी नपाएका दूध किसानलाई...

तनहुँका धानबालीमा मरुवा रोग, स्थलगत प्राविधिक अनुगमन सुरु

तनहुँका धानबालीमा मरुवा रोग, स्थलगत प्राविधिक अनुगमन सुरु

दमौली (तनहुँ) । कृषि विकास कार्यालय तनहुँले जिल्लाका विभिन्न पालिकामा...