back
CTIZAN AD

छ स्थानमा पिसाब घर निर्माण

वि.सं.२०७५ भदौ १० आइतवार

642 

shares

१० भदौ, राजविराज । सर्वसाधारणलाई कठिनाइ भइरहेको अवस्थामा राजविराज नगरपालिकाले नगरको छ स्थानमा पिसाब घर निर्माण गरेको छ ।

सप्तरी जिल्ला खुल्ला दिसामुक्त घोषणा भइसकेको अवस्थामा नगर क्षेत्रभित्र पिसाब घर निर्माणका लागि आव ०७४÷७५ को नगर सभाबाट रु पाँच लाख रकम विनियोजन गरी ती घर निर्माण गरिएको नगरप्रमुख शम्भुप्रसाद यादवले जानकारी दिए ।
सफा नगर राख्ने उद्देश्यका साथ गत आवमा पारित योजनालाई नै चालु आव ०७५÷७६ मा सारेर राजविराजस्थित रङ्गशालाको पश्चिमतर्फ ढोकाको छेउ, पश्चिम बस बिसौनी छेउ, नगरपालिकाको उत्तरतर्फ सडक खण्डस्थित भगवती पोखरीको छेउमा, पुरानो बारुणयन्त्रकोपश्चिमतर्फको सडक खण्ड, पवि माविको खेल मैदान र कुनौली मोडस्थित अञ्चल अस्पताल छेउमा गरी छ स्थानमा पिसाब घर निर्माण गरिएको उनले बताए ।

राजविराजको मुटु मानिने गजेन्द्र चोक र दर्शन चोकमा पिसाब घर निर्माणका लागि प्रयास भइरहेको र सर्वसाधारणको बढी चाप हुने अन्य स्थानमा पनि निर्माण गर्ने लक्ष्य रहेको जानकारी दिँदै नगरप्रमख यादवले ती स्थानमा पानीका लागि ट्याङकी निर्माण, सरसफाइ, हेरचारलगायतका कामहरु आउँदा दिनमा गरिने प्रतिबद्धता व्यक्त गरे ।

वि.सं.२०७५ भदौ १० आइतवार १५:०८ मा प्रकाशित

काभ्रे-२ मा रास्वपाको अग्रता

काभ्रे-२ मा रास्वपाको अग्रता

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २...

जनताको भावनाअनुसार हामीले काम गरेर देखाउनुपर्छः नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रञ्जु

जनताको भावनाअनुसार हामीले काम गरेर देखाउनुपर्छः नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रञ्जु

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं १...

कैलालीका तीन क्षेत्रमा रास्वपा र एक-एक क्षेत्रमा एमाले र नेकपाको अग्रता

कैलालीका तीन क्षेत्रमा रास्वपा र एक-एक क्षेत्रमा एमाले र नेकपाको अग्रता

सुदूरपश्चिम । प्रतिनिधिसभा सदस्यको जारी मतगणनाका क्रममा कैलाली निर्वाचन क्षेत्र...

१० हजार बढी मत ल्याएर रुकुम पूर्वबाट विजय भए संयोजक प्रचण्ड

१० हजार बढी मत ल्याएर रुकुम पूर्वबाट विजय भए संयोजक प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम...

काठमाडौँ-६ बाट रास्वपाका उम्मेदवार खनाल विजयी

काठमाडौँ-६ बाट रास्वपाका उम्मेदवार खनाल विजयी

काठमाडौँ । काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी...

रुकुम पूर्वबाट ‘प्रचण्ड’ विजयको नजिक

रुकुम पूर्वबाट ‘प्रचण्ड’ विजयको नजिक

रुकुम पूर्व । रुकुम पूर्वमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा...