back
CTIZAN AD

सरकार गम्भीर नहुँदा निर्वाचन अन्योलमा : बिजुक्छे

वि.सं.२०७३ कात्तिक १ सोमवार

963 

shares

Nepal Workers and Peasants Party Chairman Narayan Man Bijukchhe speaks at an interaction in Bhaktapur, on Sunday, February 28, 2016. Photo: Rafat Media Club
१ कात्तिक,भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले तोकिएको समयमा निर्वाचन गर्न सरकार गम्भीर नभएको बताउनुभएको छ । 

रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले निर्वाचन गर्न सरकार गम्भीर नबनेकाले संविधानले निर्धारण गरेको समयभित्र निर्वाचन नहुने र निर्वाचन अन्योलमा परेको बताउनुभयो ।

निर्वाचनको मिति तोक्न र तयारी गर्न सरकारले नै सहयोग नगरेको निर्वाचन आयोगले बताउनुले पनि यसलाई पुष्टि गर्ने बताउनुभयो ।

संविधान संशोधन गरी मधेस आन्दोलनका गलत माग सम्बोधन गर्न सरकार अघि बढे नेपाल र नेपालीको अस्तित्व खतरामा पर्ने उहाँले तर्क राख्नुभयो ।

नेपालका लागि चिनियाँ राष्ट्रपतिको भ्रमण सरकारकै कारण नहुने टिप्पणी गर्दै उहाँले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुन नदिन भारतले समेत अदृश्य रुपमा हस्तक्षेप गरेको दाबी गर्नुभयो ।

नेपालको इतिहासमै सरकारको कूटनीतिक पक्ष कमजोर रहेको आरोप लगाउँदै बिजुक्छेले भन्नुभयो – “कूटनीतिक पक्षलाई सवल पार्न नसके अन्तर्राष्ट्रिय पक्षको सहयोग र समर्थन गुमाउन सक्छ, यसले नेपाललाई नै हानि हुन्छ ।”

भारतले नेपाललाई भुटान बनाउन खोजेको बताउँदै बिजुक्छेले भन्नुभयो – “भारतले अब नेपालले राख्ने हरेक अन्तर्राष्ट्रिय सम्बन्धमा आफूलाई अवगत गराएरमात्र अघि बढ्नुपर्ने वातावरण बनाएको छ, त्यसलाई समर्थन गर्न दाहाल नेतृत्वको सरकारले भूमिका खेलेको छ ।”

बिजुक्छेले माओवादीको जनयुद्धमा भारतले गरेको सहयोगको दाहालले ऋण तिर्न थालेको पनि चर्चा गर्नुभयो ।

बिजुक्छेले भन्नुभयो – “देशमा अहिलेको अवस्था ल्याउनकै लागि तत्कालीन जनयुद्धमा भारतले माओवादीलाई सहयोग गरेको पुुष्टि भयो, माओवादीका नेताहरुले भारतको कठपुतलीका रुपमा काम गरिरहेका छन्, भारतले आफ्नो आवश्यकता पूरा गरिसकेको छ ।”

नेपाली काँग्रेसले दाहाललाई प्रयोग गरेर विगतका आफ्ना गल्ती सुधार्न थालेको बताउँदै उहाँले अब केही महिनाभित्रै नयाँ सत्ता समीकरण हुने दाबी पनि गर्नुभयो । रासस

वि.सं.२०७३ कात्तिक १ सोमवार १०:१९ मा प्रकाशित

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

काठमाडौँ । खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने रु २३...

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँ गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड...