Logo
१६ चैत्र २०७९, बिहीबार
     Thu Mar 30 2023
E-paper
  English Edition
   Unicode
Logo

अमेरिकामा कराते खेलाडी ठकुरीलाई विश्व उपाधि पदक प्राप्त 



ujjwal-3
अमेरिका l  अमेरिकाको बाल्टिमोर शहरमा गत अक्टोबर १५ तारिखमा सम्पन्न ब्याटल अफ बाल्टिमोर नामक खुला विश्व प्रतियोगितामा डीसीका कराते  खेलाडी उज्ज्वल ठकुरीले तोड्ने प्रस्तुतिमा वर्ल्ड टाइटल बेल्ट नामक पदक प्राप्त गरेका छन्   l
 
उक्त प्रतिस्प्रद्धात्मक समारोहमा गिनिज विश्व पुस्तक को लागि प्रयासरत ठकुरीले अनौठो र कठिन प्रस्तुत गर्दै आयोजकलाई आश्चर्य बनाई दिएका छन् l 
 
भुतपुर्ब सितेरियो खेलाडी हाल अमेरिकन मारिन गोजु कराते दुई डान ठकुरीले वर्ल्ड टाइटल बेल्ट हात पार्नुको साथै गिनिज बुक अफ वर्ल्ड रेकर्डको लागि आयोजक  ग्रान्ड मास्टर “जोन बुर्दिच्की” ले हस्ताक्षर समेत गरि दिएका छन् l 
 
आयोजक  ग्रान्ड मास्टर “जोन बुर्दिच्की” खुसि हुँदै आफुले यस्तो तोड्ने कला कहिले प्रतिस्प्रद्धामा नदेखेको भन्दै खुसि साथ दस्तखत गर्न तैयार छु भन्दै हस्ताक्षर गरि दिएका थिए l 
 
सो खुला तोड्ने प्रतिस्प्रद्धा समुहमा उज्ज्वल ठकुरी द्वारा दात ले ४० पौण्ड , छातीमा  २० पौण्डको ज्याकेट लगाई खुट्टा फटाएर १ मिनट भित्र २४ वटा १ इन्चको काठको टायल फोड्न सफल भएका छन् l 
 
त्यस्को लगतै  ६५ पौण्ड दातले २० पौण्ड छातीमा राखेर ८५ पौण्ड बोकेर १ इन्चको दुइ वटा काठ तोडेका थिए l देशको नाम र झन्डाको लागि दात र घाँटी केहि हैन भन्दै आवस्यक परे ज्यान नै दिन सकिने ठकुरीले बताए l ठकुरीले हाल सम्म “डीसी ,मेरिल्याण्ड तथा भर्जिनियामा भएका खेलमा सहभागी भएका प्रतिस्प्रद्धामा धेरै स्वर्ण पदक जितेका छन् l 
 
ठकुरीले हाल सम्म १३ स्वर्ण ,४ रजत तथा ४ काश्य पदक हात पारि सकेका छन् l  ठकुरीले अमेरिकाका सात वटा राज्यमा कराते खेलमा पदक प्राप्त गर्दै नेपाली झन्डा फहराउने नेपाली मुलका खेलाडी भएका छन् l 
 
ब्याटल अफ बाल्टिमोर विश्व खुला प्रतियोगिता को ३४ औ बार्षिक उत्सब हो भने प्रतिस्प्रद्धामा जम्मा २ सय ३२ वटा पदक द्वारा बिजयी खेलाडिलाई सम्मान गरिने छ l 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सत्ता साझेदार दलहरूले मन्त्रालयको संख्यासँगै नाम पनि टुंग्याएका छन् । प्रधानमन्त्री पुष्पकमल

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम