back
CTIZAN AD

शेयर बजार विस्तारमा सहयोग गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता

वि.सं.२०७५ भदौ १५ शुक्रवार

792 

shares

१५ भदौ, महेन्द्रनगर, धनुषा । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं २ मा शेयर बजार विस्तारमा हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाली पूँजीबजार लगानीकर्ता सङ्घ प्रदेश २ समितिले आज जनकपुरमा आयोजना गरेको पूँजी बजारको अवसर र चुनौती विषयक अन्तक्र्रियामा मुख्यमन्त्री राउतले सो प्रतिबद्धता व्यक्त गरेका थिए ।

मुख्यमन्त्री राउतले प्रदेश नं २ लगानीको लागि उर्बरभूमि भएको बताउँदै देश कै ठूलठूला उद्योगी व्यवसायी यस प्रदेश रहेको बताए । उनले यस्तो अवस्था भए पनि यस प्रदेशमा गरीबी व्यापक रहेकोमा दुःख व्यक्त गरे ।

मुख्यमन्त्री राउतले अहिले शेयर बजारमा लगानी केही निश्चित वर्गको मात्र रहेकाले यसबारे शिक्षा सबैमा पु¥याउनुपर्ने आवश्यक्ता रहेको औँल्याए । जानकारीको आभावले यस भेगका लगानीकर्ताको पहुँच शेयर बजारमा हुन नसकेको बताउनु हुँदै उनले शेयर बजारबारेको शिक्षा गाउँगाउँसम्म पु¥याउन प्रदेश सरकारले सहयोग गर्ने उल्लेख गरे ।

मुख्यमन्त्री राउतले बैंकिङ (वित्तीय) ज्ञानको अभावमा ग्रामीण क्षेत्रका सोझा साझा जनता अहिले पनि साहुसँग महँगो ब्याजमा ऋण लिन बाध्य रहेकाले वित्तीय साक्षरताको लागि गाउँगाउँमा कक्षा सञ्चालन गर्नुपर्ने सोच प्रदेश सरकारको सोच रहेको जानकारी दिए ।

शेयर लगानीकर्ताले जनकपुरमा ब्रोकर अफिसको लागि पहल गरी दिन गरेको आग्रहमा उनले प्रदेश सरकार लगानीकर्तालाई सहयोग गर्ने उल्लेख गरे । मुख्यमन्त्री राउतले शेयर बजारको लगानीले लगानीकर्ताको मात्र नभई प्रदेशकै आर्थिक विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे।

वि.सं.२०७५ भदौ १५ शुक्रवार २०:०५ मा प्रकाशित

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

काठमाडौँ । प्रशासनिक सुधारको लक्ष्यलाई केन्द्रमा राख्दै सरकारले सुरु गरेको...

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज काठमाडौँ उपत्यकासहित...

हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

मध्यविन्दु(नवलपरासी) । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–४ स्थित मदनपुर ग्रिनभ्याली बोर्डिङ...

घाँसको बीउ उत्पादन

घाँसको बीउ उत्पादन

राँझा (बाँके) । बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन...

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...