back

शेयर बजार विस्तारमा सहयोग गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता

वि.सं.२०७५ भदौ १५ शुक्रवार

363 

shares
GLOBAL IME AD
NTC AD

१५ भदौ, महेन्द्रनगर, धनुषा । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं २ मा शेयर बजार विस्तारमा हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाली पूँजीबजार लगानीकर्ता सङ्घ प्रदेश २ समितिले आज जनकपुरमा आयोजना गरेको पूँजी बजारको अवसर र चुनौती विषयक अन्तक्र्रियामा मुख्यमन्त्री राउतले सो प्रतिबद्धता व्यक्त गरेका थिए ।

मुख्यमन्त्री राउतले प्रदेश नं २ लगानीको लागि उर्बरभूमि भएको बताउँदै देश कै ठूलठूला उद्योगी व्यवसायी यस प्रदेश रहेको बताए । उनले यस्तो अवस्था भए पनि यस प्रदेशमा गरीबी व्यापक रहेकोमा दुःख व्यक्त गरे ।

मुख्यमन्त्री राउतले अहिले शेयर बजारमा लगानी केही निश्चित वर्गको मात्र रहेकाले यसबारे शिक्षा सबैमा पु¥याउनुपर्ने आवश्यक्ता रहेको औँल्याए । जानकारीको आभावले यस भेगका लगानीकर्ताको पहुँच शेयर बजारमा हुन नसकेको बताउनु हुँदै उनले शेयर बजारबारेको शिक्षा गाउँगाउँसम्म पु¥याउन प्रदेश सरकारले सहयोग गर्ने उल्लेख गरे ।

मुख्यमन्त्री राउतले बैंकिङ (वित्तीय) ज्ञानको अभावमा ग्रामीण क्षेत्रका सोझा साझा जनता अहिले पनि साहुसँग महँगो ब्याजमा ऋण लिन बाध्य रहेकाले वित्तीय साक्षरताको लागि गाउँगाउँमा कक्षा सञ्चालन गर्नुपर्ने सोच प्रदेश सरकारको सोच रहेको जानकारी दिए ।

शेयर लगानीकर्ताले जनकपुरमा ब्रोकर अफिसको लागि पहल गरी दिन गरेको आग्रहमा उनले प्रदेश सरकार लगानीकर्तालाई सहयोग गर्ने उल्लेख गरे । मुख्यमन्त्री राउतले शेयर बजारको लगानीले लगानीकर्ताको मात्र नभई प्रदेशकै आर्थिक विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे।

वि.सं.२०७५ भदौ १५ शुक्रवार २०:०५ मा प्रकाशित

एकसाथ तीन चलचित्र प्रदर्शनमा

एकसाथ तीन चलचित्र प्रदर्शनमा

काठमाडौँ । आजदेखि एकसाथ तीन चलचित्रको प्रदर्शन सुरु भएको छ...

चालु आर्थिक वर्षको छ महिनामा ११ किलोमिटर सडक निर्माण

चालु आर्थिक वर्षको छ महिनामा ११ किलोमिटर सडक निर्माण

जुम्ला । यहाँस्थित पूर्वाधार विकास कार्यालयले चालु आर्थिक वर्षको छ...

काम गर्नेहरूलाई गफ गर्नेसँग तुलना नगरौँ : मन्त्री सिंह

काम गर्नेहरूलाई गफ गर्नेसँग तुलना नगरौँ : मन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काम गर्नेहरूलाई...

प्रतिनिधिसभा बैठक सुरु

प्रतिनिधिसभा बैठक सुरु

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा...

रिडी-बल्कोट सडक आजदेखि बन्द, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

रिडी-बल्कोट सडक आजदेखि बन्द, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

गुल्मी । मदन भण्डारी राजमार्ग सडकअन्तर्गत पर्ने गुल्मीको रिडी-बल्कोट सडक...

नरहरिनाथमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु

नरहरिनाथमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु

मान्म (कालीकोट) । कालीकोटको नरहरिनाथ गाउँपालिकामा ट्रक दुर्घटना हुँदा एकजनाको...