back
CTIZAN AD

ग्रामीण सडकमा बोलेरो पिकअप दुर्घटना, १७ घाइते

वि.सं.२०७३ कात्तिक २ मंगलवार

1.1K 

shares

 २ कात्तिक,रत्ननगर (चितवन) । चितवनको दारेचोक गाविसको ग्रामीण सडकमा बोलेरो पिकअप गाडी दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन् ।

इच्छाकामनाबाट फिस्लिङ आउने क्रममा गाउँको कच्ची सडकमा चल्ने ग २ च ३८१५ नम्बरको पिकअप गाडी आफैँ अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

गएराति करिव ९ः३० बजेको समयमा भएको उक्त दुर्घटनामा १७ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । गाडी सडकबाट २० मिटर तल खसेको प्रहरीको भनाइ छ ।

उनीहरुको अहिले कलेज अफ मेडिकल साइन्सेज भरतपुर चितवनमा उपचार भइरहेको छ । उनीहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । यहाँको ग्रामीण क्षेत्रमा निकै भिरालो र जोखिमयुक्त सडक रहेको छ जसका कारण दुर्घटनाको भय हुन्छ । रासस

वि.सं.२०७३ कात्तिक २ मंगलवार ०५:३१ मा प्रकाशित

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

बारा । जिल्ला बारा, कलैया उपमहानगरपालिका –०१ कटि पर्सा टोलबाट...

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८, एकान्तमा माइक्रोबसको ठक्करबाट...

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका...

गरिमा चौधरीका अभिभावक र सरकारबीच तीनबुँदे प्रतिबद्धता

गरिमा चौधरीका अभिभावक र सरकारबीच तीनबुँदे प्रतिबद्धता

काठमाडौ ।  बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया...

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

  झापा । पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा रु...

गरिमाका अभिभावकसँग तीनबुँदे प्रतिबद्धता, गरिमाको सालिक निर्माण गरिने

गरिमाका अभिभावकसँग तीनबुँदे प्रतिबद्धता, गरिमाको सालिक निर्माण गरिने

काठमाडौंँ । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया...