Logo
१३ आश्विन २०८०, शनिबार
     Sat Sep 30 2023
E-paper
  English Edition
   Unicode
Logo

ग्रामीण सडकमा बोलेरो पिकअप दुर्घटना, १७ घाइते



 २ कात्तिक,रत्ननगर (चितवन) । चितवनको दारेचोक गाविसको ग्रामीण सडकमा बोलेरो पिकअप गाडी दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन् ।

इच्छाकामनाबाट फिस्लिङ आउने क्रममा गाउँको कच्ची सडकमा चल्ने ग २ च ३८१५ नम्बरको पिकअप गाडी आफैँ अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

गएराति करिव ९ः३० बजेको समयमा भएको उक्त दुर्घटनामा १७ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । गाडी सडकबाट २० मिटर तल खसेको प्रहरीको भनाइ छ ।

उनीहरुको अहिले कलेज अफ मेडिकल साइन्सेज भरतपुर चितवनमा उपचार भइरहेको छ । उनीहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । यहाँको ग्रामीण क्षेत्रमा निकै भिरालो र जोखिमयुक्त सडक रहेको छ जसका कारण दुर्घटनाको भय हुन्छ । रासस


-->

राजेश क्षेत्री निर्दोष, दार्चुला १. थुनेर राख्नुहोस् कारागार के गर्न खोजेका हुन् देशकै माने

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहनुका साथै बंगालको

काठमाडौँ । सरकार र आन्दोलनरत संयुक्त राहत शिक्षक संयुक्त आन्दोलन परिचालन समितिबीच सहमति भएको

म्यामराज राई, भोजपुर, हाल -जापान ‘जिम्दार साब ! म तपाईहरूकै बालीघरेकी छोरी हूँ ।

ध्रुबप्रसाद गजुरेल,तारकेश्वर, काठमाडौं हराएछ मान्छे समरमा कतै भुलेको छ बाटो सफरमा कतै छ पैदल