Logo
७ आश्विन २०८०, आईतवार
     Sun Sep 24 2023
E-paper
  English Edition
   Unicode
Logo

सत्र वर्षपछि अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल



 २ कात्तिक,रत्ननगर (चितवन) । चितवनमा १७ वर्षपछि १२औँ विकास रनिङ सिल्ड फुटबल प्रतियोगिता सुरु भएको छ ।

सो अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको शिक्षामन्त्री धनिराम पौडेलले सोमबार उद्घाटन गर्नुभयो । सो क्रममा बोल्दै उहाँले नेपालमा खेलकुदको विकासका लागि सबै क्षेत्रको सहयोग जरुरी रहेको बताउनुभयो ।

विसं २०५६÷५७ मा द्वन्द्वलगायत विविध कारणले स्थगित भएको खेल सोमबार १२औँ शृङ्खलाको रुपमा सोमबारदेखि सुुरु भएको हो । उद्घाटनपछि मन्तव्यका क्रममा मन्त्री पौडेलले खेलकुदले देशको पहिचान दिलाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

विकास सिल्ड समितिले नेपालको विभागीय तथा भारतका चारसहित १५ टिमसहितको सहभागितामा फुटबल आयोजना गरेको हो । सोमबार भएको उद्घाटन खेलमा टाई ब्रेकरमा चितवन ११ ले हिमालयन युवा क्लब कैलालीलाई ४–३ गोल अन्तरले पराजित गरेको छ । खेलमा दुईतर्फबाट १–१ गोल भएपछि खेल टाई ब्रेकरमा गएको थियो ।

कात्तिक १३ गतेसम्म यहाँको क्याम्पा चौरमा हुने प्रतियोगितामा विजेताले रु तीन लाख नगद तथा उपविजेताले रु एक लाख पुरस्कार तथा ट्रफी र मेडल पाउने आयोजक समितिका अध्यक्ष श्यामकुमार पियाले जानकारी दिनुभयो ।

रु ७० लाखभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको खेलका लागि मैदान आकर्षक बनाइएको छ भने अस्थायी प्यारापिट समेत निर्माण भएको छ ।

फुटबल प्रतियोगितामा नेपालमा चर्चित मनाङ मस्र्याङ्दी क्लब, सङ्कटा क्लब, सशस्त्र प्रहरीको एपिएफ, नेपाल प्रहरी र नेपाल आर्मी, झापा–११, हिमालयन युथ क्लब कैलाली, मोरङ फुटबल क्लब, चितवन ११, सहारा, हिमालयन शेर्पाले सहभागिता जनाउँदै छन् ।

यस्तै, भारतको सिक्किम र एफसी कोलकाता तथा युनाइटेड खर्साङ र युनाइटेड क्लब सिवान भारतले समेत खेलमा सहभागिता जनाउने प्रचार समितिका संयोजक सिद्धार्थलाल चुकेले जानकारी दिनुभयो ।

खेलमा फेयर प्ले अर्वाड रु २५ हजारको छ । यस्तै हरेक म्याचमा उत्कृष्ट हुनेलाई रु १० हजार, म्यान अफ द टुर्नामेन्टलाई रु १० हजार, सर्वाधिक गोलकर्तालाई रु २५ हजार पुरस्कार समेत व्यवस्था गरिएको छ । रासस


-->

विक्रम गिरी, हाङ्जाउ (चीन) । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत चीनको हाङ्जाउमा आइतवार भएको

काठमाडौँ । आर्थिक क्षेत्रका विज्ञहरूले नेपाल र चीनबीच सम्झौता गर्दा र सम्झौता कार्यान्वयनका लागि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज

एकराज पाठक,बेइजिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गरेका

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को सुरुवाती दुई महिनामा मुलुकले रू दुई खर्ब