back
CTIZAN AD

वातावरणमैत्री सडक निर्माणपछि भाटखोलावासीमा खुसियाली

वि.सं.२०७३ कात्तिक २ मंगलवार

1K 

shares

२ कात्तिक,भाटखोला (स्याङ्जा)। बर्खायामको पानीले घरखेत बगाउने गरेको ग्रामीण क्षेत्रमा वातावरणमैत्री सडक निर्माण भएपछि स्थानीयवासीमा खुसियाली छाएको छ ।

वर्षैपिच्छे आउने पानीले स्याङ्जाको भाटखोला बस्तीमा अधिकांश घरखेत बगाउने गरेकामा पछिल्लो समय भू–जैविक प्रविधिको प्रयोग गरेर सडक संरक्षण गरिएपछि स्थानीयवासीमा खुसियाली छाएको हो ।

विसं २०७० मा विश्व संरक्षण सङ्घ (आइयुसिएन) र भू तथा जलाधार संरक्षण विभागको सहयोगमा तथा स्थानीय बासिन्दासमेतको सहभागितामा रु ११ लाखको लागतमा १८० मिटर सडक नाली सुधार गर्नुका साथै चार हजार ४०० वर्ग मिटर क्षेत्रफलमा विभिन्न प्रजातिका घाँस लगाइएपछि सडक संरक्षणमा सहयोग पुगेको स्थानीयवासी लालबहादुर अधिकारी बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ – “ग्रामीणस्तरमा खनेका सडकमा बाढी आउँदा घरखेत बगाउँथ्यो । भू–जैविक प्रविधिको प्रयोग गरेर सडक संरक्षण गरिएपछि घरखेत बग्न तथा पुरिनबाट रोकिएको छ ।”

सडक निर्माण गर्दा विकास हुनुका साथै विनाश पनि उत्तिकै हुँदै गएकामा चिन्तित उहाँले यसलाई रोक्न स्थानीयवासी नै लाग्नुपर्ने ठान्नुहुन्छ ।

जिल्ला भू–संरक्षण कार्यालयले भाटखोलामा लप्सी, राइखनियो, अम्रिसो, सालिम, खर, नेपियर, निगालोलगायतका घाँस उपलब्ध गराएपछि सडक संरक्षण भएको छ ।

जिल्ला भू–संरक्षण कार्यालय स्याङ्जाका प्रमुख कमलप्रसाद गौतम वातावरणमैत्री सडक निर्माणले भूक्षय र बाढी पहिरो नियन्त्रणमा यसले सजिलो बनाएको बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ – “नेपालका ग्रामीण क्षेत्रमा हजारौँ कृषि सडक खनिएका छन् । भिराला स्थानमा भएका सडकले कैयौँ क्षति पु¥याएको छ । वातावरणमैत्री सडक निर्माण गर्न सके धेरै धनजनको क्षति हुनबाट रोकिन्छ ।” स्याङ्जामा यो वर्ष पहिरोमा परी पाँच जनाको ज्यान गएको थियो ।

भाटखोलाका बासिन्दाले घाँस बेचेर राम्रो आम्दानीसमेत गरेका छन् । खाली जग्गामा विभिन्न किसिमका घाँस लगाइएपछि सडक संरक्षण हुनाका साथै बर्सेनि उनीहरुले रु पाँच÷सात हजार आम्दानीसमेत गरेका हुन् ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घका सञ्चार अधिकृत अमित पौडेलले खोल्सो परेका र काम नलाग्ने जग्गालाई प्रयोग गरेर सडक तथा खाली जग्गाको संरक्षणमा सङ्घ लागेको बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ – “बर्सेनि सयौँ मानिसको बाढी पहिरोले ज्यान गइरहेको छ । यस्तो अवस्थामा भू–जैविक प्रविधिको प्रयोग गरेर सडक संरक्षण गरेपछि दुर्घटनामा केही कमी आएको छ ।”

पौडेलले स्थानीय ज्ञान र भू–जैविक प्रविधिको प्रयोगले सडक निर्माणका क्रममा हुने आर्थिक नोक्सानी र वातावरणीय ह्रासमा कमी हुने दाबी गर्नुभयो ।

सङ्घले कास्कीको सराङकोटमा रु नौ लाख खर्च गरेर सडक संरक्षण गरेको छ । सराङ्कोटका स्थानीय हरिप्रसाद कोइरालाले गाउँमा सात जनाको समिति बनाएर सडक संरक्षणमा जुटेको बताउनुभयो । उहाँले भन्नुभयो – “पहिला धेरै पहिरो जाने गथ्र्यो । अहिले भू–जैविक प्रविधिको प्रयोग गरेपछि जमिन संरक्षण भएको छ ।”

भू तथा जलाधार संरक्षण विभागले विभिन्न सङ्घसंस्थाको सहयोगमा भूक्षय तथा बाढी पहिरो नियन्त्रण गर्दै आएको छ । विभागका प्रवक्ता धीरेन्द्र प्रधान नेपालमा कमजोर भौगोलिक अवस्था भएको र बाढी पहिराको धेरै जोखिम रहेकाले यसका लागि विभागले विभिन्न सङ्घसंस्थासँग सहकार्य गरिरहेको बताउनुहुन्छ ।

यस्तै, सङ्घले पर्वतको तिलाहारमा समेत पहिरो नियन्त्रणका लागि भू–जैविक प्रविधिको प्रयोग गरेको छ । रासस

वि.सं.२०७३ कात्तिक २ मंगलवार ११:२० मा प्रकाशित

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

गलकोट (बागलुङ) । यहाँको ताराखोला गाउँपालिकामा उत्पादित चियाले गुणस्तरमा नयाँ...

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

मुस्ताङ । पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो क्रममा रहेको...

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीका २६ वर्षीय सनम...

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

काठमाडौँ । विश्व कीर्तिमानी सगरमाथा आरोही बाबुछिरी शेर्पाको २५औँ स्मृति...

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

काठमाडौँ । जतिबेला समाजमा कुनै प्रगतिशील काम हुन थाल्छन् वा...

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

काठमाडौँ । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिए) नेपालले आज पूर्व–पश्चिम राजमार्गको...