back
CTIZAN AD

हस्तकला व्यापार मेला मङ्सिरमा

वि.सं.२०७३ कात्तिक २ मंगलवार

1.1K 

shares

 २ कात्तिक,काठमाडौँ । नेपाली हस्तकला व्यवसायको विकास र विस्तारका लागि १४औँ हस्तकला व्यापार मेला तथा १२औँ कला प्रतियोगिता हुने भएको छ ।

‘हस्तकला ः समृद्धिका सम्भावना’ नाराका साथ नेपाल हस्तकला महासङ्घको आयोजना तथा वाणिज्य मन्त्रालय व्यापार निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा आगामी मङ्सिर १० देखि १४ गतेसम्म काठमाडौँकोभृकुटीमण्डपमा मेला आयोजना गरिएको महासङ्घका उपमहानिर्देशक क्रृषिराम सुवेदीले जानकारी दिनुभयो ।

मेलामा महासङ्घअन्तर्गतका २० जिल्लाका स्थानीय हस्तकला राखिने सुवेदीले बताउनुभयो । “मेलाले नेपाली हस्तकलाको महत्वपूर्ण स्थानलाई उजागर गर्नुका साथै अन्तर्राष्ट्रिय बजारमा चिनाउन ठूलो मद्दत पुग्नेछ,” उहाँले भन्नुभयो । मेलामा धातुकला, काष्ठकला, सुनचाँदी, हिरा, अमूल्य रत्नजडित गरगहना, सुती, कागजजन्य, छालाजन्य सामान, बाँसका सामान, प्राकृतिक रेशाजन्य सामान बिक्रीमा राखिने महासङ्घले जनाएको छ ।

आव २०७२÷७३ मा करिब रु पाँच अर्ब बराबरको हस्तकला सामग्री निकासी गरेको थियो । सार्क देशका हस्तकला समेत मेलामा राखिने छ । मेलामा अमूर्त सांस्कृतिक सम्पदाको विशेष प्रदर्र्शन गरिने महासङ्घले जनाएको छ । रासस

वि.सं.२०७३ कात्तिक २ मंगलवार ११:२० मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...