back
CTIZAN AD

मध्यपश्चिम क्षेत्रका नागरिकमा आँखा रोगको समस्या

वि.सं.२०७३ कात्तिक ३ बुधवार

981 

shares

३ कात्तिक,खजुरा (बाँके) । मध्यपश्चिमाञ्चल क्षेत्रका जिल्लाकामा सबैभन्दा बढी आँखा रोगको समस्या बढदै आएको छ ।

भेरी अञ्चलमा हाल शून्य दशमलव ५७ प्रतिशत नागरिकमा आँखाको समस्या देखा परेको छ । स्थानीय ‘फत्तेबाल आँखा अस्पताल फुल्टेक्र’ का प्रबन्धक कौशलकुमार बर्माका अनुसार, शून्य दशमलव २ प्रतिशत आँखाको समस्या भएको जिल्लालाई मात्र ‘अन्धोपनमुक्त जिल्ला’ मानिन्छ ।

सो अस्पतालले वार्षिक एक लाख २० हजार बिरामीको उपचार गर्दै आए पनि यस क्षेत्रका बासिन्दामा भने आँखा रोगको समस्या अझै घटेको छैन । विसं २०४३ मा स्थापित सो अस्पतालले मध्यपश्चिमको बाँके, बर्दिया, जाजरकोट, सुर्खेत, दैलेख र डोल्पा जिल्लामा पनि आँखा उपचार सेवा दिँदै आएको छ ।

कुल १५० शै्यया क्षमताको सो अस्पतालमा मध्यपश्चिमाञ्चलका प्रायः सबै जिल्ला र भारतबाट समेत बिरामी उपचारका लागि आउने गरेको जनाइएको छ । आँखाका बिरामीलाई निःशुल्क उपचार सेवा दिने उद्देश्य लिएको सो अस्पतालले निःशुल्क शल्यक्रिया तथा आँखा जाँच र उपचार शिविरसमेत सञ्चालन गर्दै आएको छ । रासस

वि.सं.२०७३ कात्तिक ३ बुधवार ०८:३६ मा प्रकाशित

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

वीरगञ्ज (पर्सा) । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले...

मृतकको पहिचान खुल्यो

मृतकको पहिचान खुल्यो

महेन्द्रनगर । कञ्चनपुरमा जीप र मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएका...

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

लुम्बिनी। विश्व मिर्गाैला दिवसका अवसरमा बुटवलमा आज सचेतनामुलक साइकल ¥याली...

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

सिरहा । यहाँको धनगढीमाई नगरपालिका—१३, ढुङ्गा टोलका आँपका बगैँचा यतिबेला...

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

महेन्द्रनगर । पुर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा बुधबार दिउँसो जिप र...

सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान

सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान

कञ्चनपुर ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का किसानले लामो समयदेखि भोग्दै...