back
CTIZAN AD

चिकित्सा शिक्षा क्षेत्रको अध्ययनसम्बन्धी उपसमिति गठन

वि.सं.२०७३ कात्तिक ३ बुधवार

885 

shares

३ कात्तिक,काठमाडौँ। व्यवस्थापिका–संसद्, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिले चिकित्सा शिक्षा क्षेत्रको समग्र अध्ययनका लागि उपसमिति गठन गरेको छ ।

समितिको आजको बैठकले पछिल्लोपटक चिकित्सा शिक्षामा देखिएको भर्ना, चिकित्सा शिक्षा शुल्क, सिट सङ्ख्या, मेडिकल काउन्सिल र मापदण्डलगायतको बारेमा अध्ययन गर्न उपसमिति गठन गर्ने निर्णय गरेको हो ।

सांसद जीवन परियार, डा वंशीधर मिश्र, रत्नदेवी गुरुङ, बबिता मुक्तान र अनुराधा थापामगर सदस्य रहनुभएको सो उपसमितिले १५ दिनभित्रमा समिति समक्ष प्रतिवेदन प्रस्तुत गर्नेछ । नौ सदस्यीय उपसमितिका लागि बाँकी सदस्य पछि थप गरिनेछ ।

बैठकमा स्वास्थ्यमन्त्री गगन थापाले चिकित्सा क्षेत्रका समग्र समस्याको समाधान गर्न सरकारले चिकित्सा शिक्षासम्बन्धी ऐन ल्याउन लागिएको जानकारी दिनुभयो ।

समितिका सभापति रञ्जुकुमारी झाले उपसमितिको प्रतिवेदनको आधारमा समितिले स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने बताउनुभयो ।

सांसद डा शेखर कोइराला, गणेशमान गुरुङ, उमेश श्रेष्ठ, बाबुराम पोखरेल, जीवन परियार, तेजुलाल चौधरी, हरि सुवेदी, शारदा पौडेल, अनुराधा थापामगर र आशा कोइरालालगातयले स्वास्थ्य क्षेत्रमा देखिएका समग्र समस्या समाधानका लागि अपिल गर्नुभयो । रासस

वि.सं.२०७३ कात्तिक ३ बुधवार ०८:३५ मा प्रकाशित

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई...

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति...

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले...

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

काठमाडौं  । सरकारले संसद् अधिवेशन सुरु हुनुअघि नै स्थगित गर्दै...