Logo
१९ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 2 2023
E-paper
  English Edition
   Unicode
Logo

चिकित्सा शिक्षा क्षेत्रको अध्ययनसम्बन्धी उपसमिति गठन



३ कात्तिक,काठमाडौँ। व्यवस्थापिका–संसद्, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिले चिकित्सा शिक्षा क्षेत्रको समग्र अध्ययनका लागि उपसमिति गठन गरेको छ ।

समितिको आजको बैठकले पछिल्लोपटक चिकित्सा शिक्षामा देखिएको भर्ना, चिकित्सा शिक्षा शुल्क, सिट सङ्ख्या, मेडिकल काउन्सिल र मापदण्डलगायतको बारेमा अध्ययन गर्न उपसमिति गठन गर्ने निर्णय गरेको हो ।

सांसद जीवन परियार, डा वंशीधर मिश्र, रत्नदेवी गुरुङ, बबिता मुक्तान र अनुराधा थापामगर सदस्य रहनुभएको सो उपसमितिले १५ दिनभित्रमा समिति समक्ष प्रतिवेदन प्रस्तुत गर्नेछ । नौ सदस्यीय उपसमितिका लागि बाँकी सदस्य पछि थप गरिनेछ ।

बैठकमा स्वास्थ्यमन्त्री गगन थापाले चिकित्सा क्षेत्रका समग्र समस्याको समाधान गर्न सरकारले चिकित्सा शिक्षासम्बन्धी ऐन ल्याउन लागिएको जानकारी दिनुभयो ।

समितिका सभापति रञ्जुकुमारी झाले उपसमितिको प्रतिवेदनको आधारमा समितिले स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने बताउनुभयो ।

सांसद डा शेखर कोइराला, गणेशमान गुरुङ, उमेश श्रेष्ठ, बाबुराम पोखरेल, जीवन परियार, तेजुलाल चौधरी, हरि सुवेदी, शारदा पौडेल, अनुराधा थापामगर र आशा कोइरालालगातयले स्वास्थ्य क्षेत्रमा देखिएका समग्र समस्या समाधानका लागि अपिल गर्नुभयो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।