Logo
१२ चैत्र २०७९, आईतवार
     Sun Mar 26 2023
E-paper
  English Edition
   Unicode
Logo

सवारी दुर्घटना न्यूनीकरण गर्न समय तालिका



 ३ कात्तिक,खोटाङ । दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले खोटाङमा सञ्चालित यातायातका सवारी साधनमा समय तालिका निर्धारण गरिएको छ ।

यात्रुबाहक सवारी साधनका लागि सम्बन्धित ठाउँबाट छुटेको समय र गन्तव्यमा पुग्ने समयसहितको तालिका निर्धारण गरिएको हो ।

पछिल्लो समय जिल्लामा सवारी साधनको चाप अत्यधिक बढेकाले सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्न समय तालिका निर्धारण गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले बताउनुभयो ।

“सबैभन्दा बढी हतारमा सवारी चलाउँदा दुर्घटना भएको देखिन्छ ।” उहाँले भन्नुभयो, “यसलाई न्यूनीकरण गर्न सबै सवारी साधनका लागि समय तालिका लागू गरिएको छ ।”

सवारी साधनका लागि निर्धारण गरिएको समय तालिका जिल्लाका सबै प्रहरी जाँच गर्ने ठाउँ ९चेकपोस्ट०मा पठाइएको प्रहरीले जनाएको छ ।

निर्धारित समयभन्दा अगाडि पुग्ने सवारी साधनलाई सम्बन्धित चेकपोस्टमा खटिएका प्रहरीले रोकेर कारबाही गर्ने ट्राफिक प्रहरी सहायक निरीक्षक तेजबहादुर बस्नेतले बताउनुभयो ।

प्रहरीका अनुसार दिक्तेलदेखि नुनथला पुग्न एक घन्टा ४५ मिनेट, नुनथलादेखि अर्खौले एक घन्टा, अर्खौलेदेखि हलेसी एक घन्टा १५ मिनेट, हलेसीदेखि च्यास्मिटार एक घन्टा ४५ मिनेट र च्यास्मिटारदेखि जयरामघाट पुग्न एक घन्टाको समय निर्धारण गरिएको छ ।

प्रहरीले समय निर्धारण गरेपछि आफूलाई सहज भएको यातायात व्यवसायी सङ्घ खोटाङका सचिव रामकुमार हिङ्माङले बताउनुभयो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । चलचित्र विकास बोर्डमा रिक्त रहेको सदस्य पदमा दुई चलचित्रकर्मी नियुक्त भएका छन्

काठमाडौं । नेपाली बजारमा सुनको भाउमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८० सालका लागि बैंकहरुमा सार्वजनिक विदाको सूची सार्वजनिक गरेको

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम तथा