Logo
१६ जेष्ठ २०८०, मंगलवार
     Tue May 30 2023
E-paper
  English Edition
   Unicode
Logo

मध्यपश्चिम क्षेत्रका नागरिकमा आँखा रोगको समस्या



३ कात्तिक,खजुरा (बाँके) । मध्यपश्चिमाञ्चल क्षेत्रका जिल्लाकामा सबैभन्दा बढी आँखा रोगको समस्या बढदै आएको छ ।

भेरी अञ्चलमा हाल शून्य दशमलव ५७ प्रतिशत नागरिकमा आँखाको समस्या देखा परेको छ । स्थानीय ‘फत्तेबाल आँखा अस्पताल फुल्टेक्र’ का प्रबन्धक कौशलकुमार बर्माका अनुसार, शून्य दशमलव २ प्रतिशत आँखाको समस्या भएको जिल्लालाई मात्र ‘अन्धोपनमुक्त जिल्ला’ मानिन्छ ।

सो अस्पतालले वार्षिक एक लाख २० हजार बिरामीको उपचार गर्दै आए पनि यस क्षेत्रका बासिन्दामा भने आँखा रोगको समस्या अझै घटेको छैन । विसं २०४३ मा स्थापित सो अस्पतालले मध्यपश्चिमको बाँके, बर्दिया, जाजरकोट, सुर्खेत, दैलेख र डोल्पा जिल्लामा पनि आँखा उपचार सेवा दिँदै आएको छ ।

कुल १५० शै्यया क्षमताको सो अस्पतालमा मध्यपश्चिमाञ्चलका प्रायः सबै जिल्ला र भारतबाट समेत बिरामी उपचारका लागि आउने गरेको जनाइएको छ । आँखाका बिरामीलाई निःशुल्क उपचार सेवा दिने उद्देश्य लिएको सो अस्पतालले निःशुल्क शल्यक्रिया तथा आँखा जाँच र उपचार शिविरसमेत सञ्चालन गर्दै आएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।

काठमाडौं । भारतमा हालै बनेको नयाँ सांसद भवनमा राखिएको ‘अखण्ड भारत’ नामक भित्तेचित्रमा नेपालको

काठमाडौं । सरकारले २० संस्थान र समितिहरु खारेज गर्ने भएको छ । सोमबार आगामी

निरा गौतम, रुपन्देही । बुटवलको पुरानो नाम बटौली हो । लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा