back

स्वास्थ्यकेन्दमा एक्स–रे सेवा शुरु

वि.सं.२०७५ असोज १ सोमवार

315 

shares
GLOBAL IME AD
NTC AD
१ असोज, पर्वत । यहाँको एक विकट गाउँको स्वास्थ्य केन्द्रमा एक्स–रे सेवा शुरु भएको छ ।

जिल्लाको कुस्मा नगरपालिका–१२ ठूलीपोखरीस्थित ठूलीपोखरी प्राथमिक स्वास्थ्य केन्द्रमा आइतबारदेखि एक्सरे सेवा शुरु गरिएको हो । एक्सरे सेवाको कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले शुभारम्भ गरे ।

प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक्सरे मेशिन उपलब्ध गराएको हो भने कुस्मा नगरपालिका–१२ ठूलीपोखरी वडा कार्यालय र कुस्मा नगरपालिकाले विनियोजन गरेको रु पाँच लाखको लागतमा एक्सरे कोठा, सामग्रीसमेतको व्यवस्था गरिएको छ । एक्सरे सुविधा थपिएपछि सामान्य चोटपटक लाग्दा र सामान्य परीक्षणका लागि पनि पर्वत जिल्ला अस्पताल र पोखरा पुग्नुपर्ने अवस्थाको अन्त्य भएको प्राथमिक स्वास्थ्य केन्द्र प्रमुख डा विवेक भण्डारीले बताए ।

कार्यक्रममा नगरप्रमुख जोशीले कुश्मा नगरपालिकाभित्र रहेका सवै स्वास्थ्य संस्थालाई प्रभावकारी उपचार सेवा प्रदान गर्नका लागि नगरपालिकाले विशेष कार्ययोजना अघि सार्ने बताए ।

वि.सं.२०७५ असोज १ सोमवार ११:५३ मा प्रकाशित

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

भद्रपुर (झापा) । यस वर्ष झापाका धान उत्पादक किसानले सरकारले...

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिकाका विभिन्न ठाउँमा उत्पादित कफी...

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा...

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकलाई...

लोकतान्त्रिक गणतन्त्रले जनतालाई जनार्दन बनाएको छ : सभापति देउवा

लोकतान्त्रिक गणतन्त्रले जनतालाई जनार्दन बनाएको छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक...

सरकारको वार्षिक प्रतिवेदन पेस

सरकारको वार्षिक प्रतिवेदन पेस

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारको आर्थिक...