back
CTIZAN AD

रघुगङ्गा जलविद्युत् आयोजना निर्माण शुरु

वि.सं.२०७५ असोज १ सोमवार

678 

shares

१ असोज, म्याग्दी । चालिस मेगावाट क्षमताको रघुगङ्गा जलविद्युत आयोजनाको पूर्वाधार निर्माणको काम शुरु भएको छ ।

नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेडले बनाउन लागेको आयोजना निर्माणका लागि रु छ अर्बमा २०७४ मङ्सिर ५ गते ठेक्का सम्झौता गरेको भारतीय निर्माण कम्पनी जेपी एशोसियट्शले प्रारम्भिक चरणको काम शुरु गरेको हो ।

ठेकेदार कम्पनीले नक्साङ्कन (डिजाइन)को काम सकेर बाँध, सुरुङसम्म पुग्ने सडक निर्माण र व्यवस्थापकीय काम शुरु गरेको रघुगङ्गा हाइड्रोपावर लिका प्रबन्ध सञ्चालक श्रीराम पाण्डेले बताए । पाण्डेका अनुसार मनसुन सकिएलगत्तै बाँध, सुरुङ र विद्युत गृहको काम एकैसाथ अघि बढाउने कार्ययोजना बनाएको ठेकेदारले पूर्वतयारीको कामलाई तीव्रता दिएको छ ।
प्रवेशबिन्दु घुमाउनेतालदेखि पिप्लेतर्फ ६०० मिटर सडकको ट्याक खुलेको छ । आवासगृह भवन निर्माण र विद्युत्गृह क्षेत्रमा काम गर्नका लागि झाडी, रुख हटाउने र उपकरण जुटाएर तयारी अवस्थामा राखेको छ ।

ठेक्का सम्झौताको स्वीकृतिका लागि ऋण लगानीकर्ता भारतीय एक्जिम बैंकले छ महिना लगाउँदा ठेकेदार परिचालनमा ढिलाइ भएको हो । सिभिल निर्माणको काम ३९ महिनामा सम्पन्न गर्ने सम्झौता भएको छ ।

पुरानो ठेक्का तोडेर नयाँ प्रक्रियाबाट अघि बढाइएको आयोजनामा विगत नदोहोरियोस् भन्ने सरोकारवालाको अपेक्षा छ । म्याग्दीको जलविद्युत विकासको मेरुदण्ड मानिएको रघुगङ्गालाई सहजरुपमा समयमै सम्पन्न गराउनुपर्ने प्रदेशसभा सदस्य विनोद केसीले बताए ।

यसअघि ३२ मेगावाटमा डिजाइन गरिएकोमा पछि आठ मेगावाट बढाएर ४० मेगावाट पु¥याइएको हो ।

स्वास्थ्यचौकीको भवन निर्माण

म्याग्दीको मङ्गलागाउँपालिका–३ बरङ्जामा रु डेढ करोडभन्दा बढीको लागतमा स्वास्थ्यचौकीको भवन निर्माण भएको छ । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले सुविधा सम्पन्न भवन निर्माण गरेपछि स्वास्थ्यचौकीको सेवाप्रवाहमा सहजता र सुधार हुने अपेक्षा गरिएको छ ।

विसं २०७२ देखि शुरु भएको भवन निर्माण कार्य हालै सकिएको स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका वडाअध्यक्षक बिन्द्र रोकाले बताए ।

भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री भवन निर्माणका लागि रु एक करोड ६९ लाखमा वल्ड वाइड भगवती मालीका जेभीले ठेक्का लिएको थियो ।

सदरमुकामस्थित बेनी अस्पतालको ५० श्यया क्षमताको भवन निर्माणाधीन अवस्थामा छ ।

वि.सं.२०७५ असोज १ सोमवार ११:४७ मा प्रकाशित

संसदीय समितिद्वारा सुरुङमा फसेकाको उद्धारमा प्राथमिकता दिन निर्देशन

संसदीय समितिद्वारा सुरुङमा फसेकाको उद्धारमा प्राथमिकता दिन निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले भोटेकोशी बाढीबाट जलविद्युत् आयोजनाका...

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले...

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

बनेपा (काभ्रे) । धुलिखेल नगरपालिका–८ पुतली मिजारले ५१ वर्षपछि लालपुर्जा...

गार्मा माध्यमिक विद्यालयमा एक करोड १५ लाखको अक्षयकोष स्थापना

गार्मा माध्यमिक विद्यालयमा एक करोड १५ लाखको अक्षयकोष स्थापना

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ स्थित गार्मा माध्यमिक विद्यालयले विद्यालयको...

सुन र चाँदीको मूल्यमा गिरावट

सुन र चाँदीको मूल्यमा गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको...

कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग

कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा यही भदौ १०...