back

वृक्षरोपण

वि.सं.२०७५ असोज १ सोमवार

303 

shares
GLOBAL IME AD
NTC AD
१ असो, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका ७ स्थित एयरपोर्ट तीनकुने चोकलाइन– ५ स्थित कारगार नजिकको मैदानमा वृक्षरोपण गरिएकोे छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा फलफूल तथा मसालाजन्य बिरुवा रोपिएको हो ।

श्रम र संविधान दिवसको पूर्वसन्ध्यामा वृक्षरोपण शुभारम्भ गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मुलुकमा संविधानको सही कार्यान्वयन नभएसम्म जनताले परिवर्तनको आभास नगर्ने बताए । उनले भने, “संविधान जारीभए पनि कार्यान्वयनमा चुनौती भएकाले सरकारदेखि नागरिक तहसम्म कटिबद्ध हुनुपर्छ ।” कर्णाली प्रदेशलाई हरित प्रदेशका रुपमा विकास गर्न हरेकले श्रम गर्नुपर्नेमा पनि मुख्यमन्त्री शाहीले जोड दिए ।

वृक्षरोपलणले हरित प्रदेशको विकास र अर्थतन्त्रमा समेत सहयोग पुग्ने चर्चा गर्दै भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले भने, “सरकारले प्राङ्गारिक खेती विस्तारकोे लक्ष्य लिनुका साथै वन, वातावरण संरक्षण र जलवायु अनुकूलनका कार्यक्रम अघि बढाउने भएको छ ।” वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले प्रदेश सरकारको कार्यक्रमले आफूहरुलाई पनि काममा उत्साह मिलेको बताए । त्यस अवसरमा ४५० मसाला र ३०० फलफूलका बिरुवा रोपिएको थियो ।

वि.सं.२०७५ असोज १ सोमवार १४:०९ मा प्रकाशित

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

भद्रपुर (झापा) । यस वर्ष झापाका धान उत्पादक किसानले सरकारले...

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिकाका विभिन्न ठाउँमा उत्पादित कफी...

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा...

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकलाई...

लोकतान्त्रिक गणतन्त्रले जनतालाई जनार्दन बनाएको छ : सभापति देउवा

लोकतान्त्रिक गणतन्त्रले जनतालाई जनार्दन बनाएको छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक...

सरकारको वार्षिक प्रतिवेदन पेस

सरकारको वार्षिक प्रतिवेदन पेस

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारको आर्थिक...