back
CTIZAN AD

रेडक्रसको साझेदारी बैठक शुरु

वि.सं.२०७५ असोज १ सोमवार

606 

shares

१ असोज, काठमाडौँ । बद्लिँदो अवस्थामा मानवीय सेवाका गतिविधिलाई अझै प्रभावकारीरुपमा कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्न नेपाल रेडक्रस सोसाइटीको साझेदारी बैठक यहाँ शुरु भएको छ ।

रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घ र अन्तर्राष्ट्रिय समितिसहितको दुईदिने बैठकमा नेपाल सरकार, यहाँस्थित संयुक्त राष्ट्रसङ्घीय कार्यालयसहित विभिन्न २० देशका रेडक्रस तथा रेडक्रिसेण्टका उच्च प्रतिनिधिको सहभागिता छ । दुई दिने सो बैठकमा नेपाल रेडक्रसले कार्यान्वयन गरिराखेको सातौँ योजना (२०१६–२०२०), अति सङ्कटापन्न जनताको सामाजिक जीवनस्तर कसरी माथि उठाउने, सबै किसिमका विपद्लाई कसरी सम्बोधन गर्ने, विपद् सम्बोधनका क्रममा अन्तर्राष्ट्रिय अनुभव, विश्वव्यापी मानवीय सेवाको अवस्था, रेडक्रसकर्मीको क्षमता सुदृढीकरणलगायतका क्षेत्रमा छलफल हुनेछ ।

विसं २०७२ वैशाखको विनाशकारी भूकम्प एवं गत वर्ष तराई–मधेशका बाढीमा रेडक्रसले गरेको उद्धार, खोज तथा राहत कार्यक्रमका बारेमा पनि समीक्षा हुनेछ ।

नेपाल रेडक्रसले भूकम्पपछि भूकम्प अति प्रभावित १४ जिल्लामा सञ्चालित भूकम्प प्रतिकार्य कार्यक्रमका उपलब्धि आदानप्रदान हुने नेपाल रेडक्रसका कार्यकारी निर्देशक उमेश ढकालले जानकारी दिए ।

हरेक दुई वर्षको अन्तरालमा रेडक्रसले साझेदारी बैठक आयोजना गर्दै आएको छ । हाल नेपाल रेडक्रसले साझेदारी अन्तर्राष्ट्रिय रेडक्रसको आर्थिक एवं प्राविधिक सहयोगमार्फत ९० भन्दा बढी आयोजना सञ्चालन गरेको छ । बैठकलाई सम्बोधन गर्दै सोसाइटीका अध्यक्ष सञ्जीव थापाले स्वास्थ्य, रक्तसञ्चार, मानवीय सेवाका क्षेत्रमा सोसाइटीले ५४ वर्षदेखि काम गर्दै आएको बताए । उनले भने, “स्थानीय तहमार्फत मानवीय सेवाका गतिविधिलाई अझ प्रभावकारी रुपले सञ्चालन गर्न नेपाल रेडक्रस जुटेको छ ।”

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सुरेश अधिकारीले विपद् व्यवस्थापन तथा मानवीय सेवाका गतिविधिलाई प्रभावकारीरुपमा अगाडि बढाउन रेडक्रसले महत्वपूर्ण योगदान भूमिका निर्वाह गरिराखेको चर्चा गर्दै विपद् व्यवस्थापनसम्बन्धी ऐनको प्रभावकारी कार्यान्वयनमा जोड दिए ।

सोसाइटीका महामन्त्री देवरत्न धाख्वाले विपद्लाई सम्बोधन गर्न नेपाल रेडक्रसले आफ्नो क्षमतालाई विस्तार गर्दै स्थानीय तहमा पूर्वतयारीका कार्यक्रम सञ्चालन गरिराखेको बताए । बैठकको उद्घाटनसत्रमा रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घका एशिया प्यासिफिक क्षेत्रीय निर्देशक मार्टिन फालर र रेडक्रसको अन्तर्राष्ट्रिय समितिका नेपाल प्रमुख आन्द्रे पक्वेटले आपसी समन्वयबाट आगामी दिनमा मानवीय सेवाका गतिविधिलाई प्रभावकारीरुपमा सञ्चालन गर्न सकिने धारणा राखे । कार्यकारी निर्देशक ढकालले साझेदारी बैठकले विपद् व्यवस्थापन एवं मानवीय सेवाका गतिविधिलाई अझ प्रभावकारीरुपमा अगाडि बढाउन महत्वपूर्ण हुँदै आएको बताए ।

वि.सं.२०७५ असोज १ सोमवार १४:२३ मा प्रकाशित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएका छन् ।...

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–८ की शारदादेवि विष्ट २०५५ सालदेखि...

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

बागलुङ । जिल्लाको तमान गाउँका जमूना घर्तीलाई ढाकाका कपडा बुन्न...

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले आर्थिक वर्ष २०८३/८४ को...

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँ । काठमाडौँबाट पूर्व क्षेत्रमा सञ्चालन हुने अधिकांश सार्वजनिक सवारीसाधनमा...

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले प्राकृतिक विपद्बाट प्रभावित र जङ्गली जनावरको...