back
CTIZAN AD

कार्तिकमा इण्डो–नेपाल राष्ट्रिय कराँते प्रतियोगिता

वि.सं.२०७५ असोज १ सोमवार

594 

shares

१ असोज, काभे्रपलाञ्चोक । आउँदो कात्तिक महिनामा काभे्रपलाञ्चोक जिल्लाको बनेपामा प्रथम इण्डो–नेपाल खुला तौल समूह फुल कन्ट्याक्ट (क्योकुशिन–सेइसिन) कराँते प्रतियोगिता तथा तेस्रो राष्ट्रिय पुरुष तथा महिला तौल समूह क्योकुशिन–सेइसिन (फूलकन्ट्याक्ट) कराँते प्रतियोगिता–२०७५ आयोजना गरिने भएको छ ।

नेपाल क्योकिशिन–सेइसिन काइकान कराँते सङ्घद्वारा आज बनेपामा आयोजित पत्रकार सम्मेलनमा आउँदो कार्तिक महिनाको १६ र १७ गते हुने उक्त राष्ट्रिय प्रतियोगिताअन्तर्गत तेस्रो राष्ट्रिय पुरुष तथा महिला तौल समूह क्योकुशिन–सेइसिन (फूलकन्ट्याक्ट) कराँते प्रतियोगितामा महिला र पुरुष सात–सात तौल समूहमा विभाजन गरी ३०० र प्रथम इण्डो–नेपाल खुला तौल समूह फूल कन्ट्याक्ट (क्योकुशिन–सेइसिन) कराँते प्रतियोगितामा खुला तौल समूहका नेपाल र भारतका १०० गरी ४०० खेलाडी सहभागी रहने जानकारी दिइयो ।

सङ्घका नेपाल शाखाप्रमुख अशोककुमार श्रेष्ठले नकआउटका आधारमा सञ्चालन हुने उक्त प्रतियोगितामा ३०, ४०, ४५, ५०, ५५ र ५५ केजीभन्दा माथि तौल समूहका खेलाडीबीच प्रतिस्पर्धा हुने जानकारी दिए ।

वि.सं.२०७५ असोज १ सोमवार १४:२९ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...