back
CTIZAN AD

मेजर एघारको राम्रा र नराम्रा पक्षहरु

वि.सं.२०७५ असोज १ सोमवार

693 

shares


 प्रत्येक गल्तीको अपराध एक एक सजायको घोषणा गर्दा सबै एकै ठाउंमा राख्दा धेरै वर्ष सम्म जेल सजाय भोग्नृ् पर्ने हुन्छ । थपिंदै गएर जीवनभर पनि जेल समय काट्नु पर्ने हुन्छ । त्यसैले यस्तो यौवन अवस्थामा उत्छिङ्खल काम गरेर आफनो दसा बिग्रेको बेला प्रेममा अन्धो भएर कुनै पनि अवस्थामा अल्पायूका किशोर किशोरीसंगै सम्बन्ध राख्नाले नचाहने फण्डामा फस्ने सम्भावना छ । यहि मेजर ११ का कानूनी प्रावधान हुन् ।

कानूनी घेराभित्र गरिने अपराधहरु मध्यये अल्पायूमा गरिने यौन दुब्र्यवहार सम्बन्धी बनिएका कानूनहरु सन् १९९४ मा जनमत संग्रहद्वारा स्विकृत भएको मेजर एघार कानूनी प्रावधान लागू सन १९९५ देखि धेरै मात्रामा यौर दुब्र्यवहार कम हुन गएको राम्रो विषय हो । यसमा कानून अन्तर्गत कुनै अपराधीहरु हालसम्म पनि ओरेगन जेलहरुमा थुिनएका छन् । तर ती सबै शतप्रतिसत अपराधी नै हृ्न भन्ने तर्क गम्भिर सोच जाग्नु पर्छ । यस अन्तर्गत नेपाल मूलका नागरिकहरु पनि ओरेगनको जेलमा दिन काटी रहेकाहरु पनि नभएको होइन । यही कुरालाई ध्यानमा राखी यस लेखमा मेजर ११ सम्बन्धी विचार प्रकट गर्ने यस लेखको मुख्य उद्देश्य रहेको छ । यस कानून अन्तर्गत कसैलाई थृ्नामा राखिएका छन् भने वादी र प्रतिवादीको मिलेमतोमा मेजर ११ को आधारमा अपराध स्वीकार गर्ने नगर्ने प्रावधान छ । यदि प्रस्तावित प्रस्ताव स्वीकार नभए कोर्टमा उपस्थित भएर ज्युरीको (नागरिक समृ्ह)उपस्थितिमा छलफल गरिने छ । यस मेजर अन्तर्गत सानो भन्दा सानो अपराधलाई पनि ६/७ वर्ष जेल जाने पनि ब्यवस्था गरिएको छ । बढीमा ३०० महिना या जन्म कैदको व्यवस्था पनि अपराधको उच्चता हेरेर निर्णय गरिन्छ । कसैलाई यस कानून अन्तर्गत थुनामा राखिएको छ भने त्यसबाट कोहि पनि उम्कने उपाय छैन । दुवै पक्षका वकिलहरुको मञ्जुरीमा लामो या छोटो समयको सजाय स्वीकार योग्य हुन्छ । नत्र न्यायाधिसको उपस्थितिमा छलफल गरिन्छ । अनि दोषी हो कि निर्दोषी ज्युरीले निर्णय गर्छ ।

यो कानूनले प्रावधानमा १८ वर्ष मुनीका किशोर किशोरीलाई वयस्कहरुले गरेको दुब्र्यवहारलाई मुख्यतया कारक ठान्ने गरेको हुन्छ । यदि कानूनी तह अनुसार दोषी ठहरिन्छ भने जेल चलान गरिन्छ । यो अत्यन्त गम्भीर कानृ्न भएकोले यौन सम्बन्धी कुनै गन्यमान्य ब्यक्तिले कसैलाई दुब्र्यवहार गरेको बारे उजुरी परेको खण्डमा छानवीन गरी दोषी हो भने कानूनी तरिकाबाट पकड्न सकिन्छ र जेल चलान गर्छ । अनि आवश्यक जमानी धरौति राखेर छुट्न पाइन्छ । यस्तो अवस्थामा उजुरी कर्तालाई सरकारी संरक्षणमा डिएले मुद्दा लड्छ । अनि प्रतिवादीले आफनै खर्चमा मुद्दा लडेर अगाडी जानु पर्छ । छलफलको क्रममा दुवै पक्ष वीच सम्झौता हुन नसके १२ जनाको ज्युरी (साधारण नागरिक समूह) हरुको छनौटबाट निर्णय गरिन्छ । त्यस अवसरमा दुवै पक्षबाट आआफनो गवाई प्रस्तुत गर्न पाउने व्यवस्था छ । तिनीहरूकोबाट बयान लिइन्छ । अनि अपराधीको अन्तिम बयान लिइन्छ र केस बन्द गर्ने व्यक्ति प्रस्तुत गरे पछि ज्युरीहरुको गोप्य बैठकबाट निर्णय लिइन्छ । त्यहि नै अन्तिम निर्णयको रूपमा न्यायाधिसले स्वीकार गर्नुपर्छ र सजायको घोषणा गर्दछ । प्रत्येक गल्तीको अपराध एक एक सजायको घोषणा गर्दा सबै एकै ठाउंमा राख्दा धेरै वर्ष सम्म जेल सजाय भोग्नृ् पर्ने हुन्छ । थपिंदै गएर जीवनभर पनि जेल समय काट्नु पर्ने हुन्छ । त्यसैले यस्तो यौवन अवस्थामा उत्छिङ्खल काम गरेर आफनो दसा बिग्रेको बेला प्रेममा अन्धो भएर कुनै पनि अवस्थामा अल्पायूका किशोर किशोरीसंगै सम्बन्ध राख्नाले नचाहने फण्डामा फस्ने सम्भावना छ । यहि मेजर ११ का कानूनी प्रावधान हुन् ।

यो कानून जनमत संग्रहद्वारा स्वीकृत भएकोले यसमा न्यायाधिशहरू पनि फेरबदल गर्ने अधिकारबाट बञ्चित गराएको छ । औरेगन निवासीहरुलाई सचेत समाजको नागरिक बनाउने हेतुले लागू गरेको यो कानूनी प्रावधान हो भन्दा अतिशयोक्ति न होला, तर यस कानूनले दिएको परिभाषाबाट वयष्कहरू अत्यन्तै सचेत भएका छन् । किशोर किशोरीमा जवानीको होस नरहेपनि यो अल्पायूमा गर्ने दृ्ब्र्यवहारले मुक्त भोगी हुन नपरोस् भनि यसलाई ससक्त रूपमा लागु गरिएको छ ।

यस कानूनी प्रावधानलाई अर्को पक्षबाट हेर्ने हो भने यसबाट निरपराध ब्यक्तिहरू पनि दण्डमा परेका छन् । विशेष गरेर अन्य मूलुकबाट आगमन गरेकाहरूको निम्ती यस कानूनको स्पष्ट ब्याख्वा राम्ररी नबुझेर धेरै जना कानूनी फण्डामा फसेका छन् । स्वच्छ र स्वतन्त्र समाजको गन्ध पाउने आशा अभिलाषा राखेर यहां आई फसेका पनि छन् । स्वच्छ र स्वतन्त्र समानको गन्ध पाउने आशा अभिलाषा राखेर यहां आई सकेपछि सबैलाई बराबरीको आंखाबाट हेर्न यो कानूनले युवा युवतीलाई अन्धधुन्धमा दृ्राचार देखाउनेहरु मन परे मासु नै काटेर ख्वाउन पाए हृ्न्थ्यो सम्झने पनि छन् । तर मन नपरे जिन्दगीभर कानूनी कठघरामा फसेर अमेरिकी विलासी जीवनको लोभ लालचको पासोमै फस्ने हुनाले नव आगन्तुकहरु यस बारे यथेष्ठ मात्रामा सचेत हुनु पर्ने अत्यन्त आवश्यक छ ।

 

वि.सं.२०७५ असोज १ सोमवार १४:३६ मा प्रकाशित

न्युजिल्याण्डमा भित्रन्छन् वार्षिक ९ हजार नेपाली

न्युजिल्याण्डमा भित्रन्छन् वार्षिक ९ हजार नेपाली

न्युजिल्याण्डमा वर्षभरिमा कति नेपालीहरु आउंदा होलान ? अनुमान गर्न सक्नु...

श्रमिक कर्मचारीकाे  ट्रेड  युनियन  अधिकार र ट्रेड युनियन आन्दोलनको कार्य दिशा 

श्रमिक कर्मचारीकाे  ट्रेड  युनियन  अधिकार र ट्रेड युनियन आन्दोलनको कार्य दिशा 

ट्रेड युनियन  अधिकारका सन्दर्भमा :  वर्तमान सरकार गठन भएको १...

प्रजातन्त्र र मधेसको चेतना : रामजनम तिवारीको अधुरो विमर्श

प्रजातन्त्र र मधेसको चेतना : रामजनम तिवारीको अधुरो विमर्श

रामजनम तिवारी नेपालको मधेसी अधिकार आन्दोलनका आरम्भिक र मौलिक चिन्तकहरूमध्ये...

बौद्ध दर्शन, पुण्यकर्म र निर्वाण प्राप्ती

बौद्ध दर्शन, पुण्यकर्म र निर्वाण प्राप्ती

बुद्धधर्म ज्ञान र ध्यानको धर्म हो । बुद्ध कर्ममाविश्वास गर्छन्...