back
CTIZAN AD

नार्कका डाक्टरले विद्यार्थीलाई के पठाए त्यस्तो जसले हत्कडी लगायो ?

वि.सं.२०७५ असोज २ मंगलवार

651 

shares

२ असोज, काठमाडौं । आफ्नै विद्यार्थीलाई फेसबुकमा अश्लिल तस्बिर पठाएर यातना दिएको आरोपमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्कं) का एक वरिष्ठ भेटरिनरी डाक्टर पक्राउ परेका छन् ।

आफ्नो गोप्य अंगको फोटो बनाएर एक छात्रालाई पठाएको आरोपमा प्रहरीले ५५ वर्षीय डा. मेघराज तिवारीाई पक्राउ गरेको छ । नार्कमा पशु आहारा महाशाखामा मुख्य बैज्ञानिकका रुपमा कार्यरत उनले आफ्नै छात्रालाई यौन दुव्र्यहार गरेको तथा अश्लिल सामग्री पठाएको आरोप छ ।

 

काठमाडौं कलंकीस्थित हिमालयन कलेज अफ एग्रिकल्चर, साइन्स एण्ड टेक्नोलोजी (हिकास्ट) का शिक्षक रहेका तिवारीले आफ्नै कलेजकी छात्रालाई यस्तो दुव्र्यवहार गरेको समाचार आजको नयाँपत्रिका दैनिकमा छ ।

यसैबीच डा. तिवारीले आफूमाथि लगाइएको आरोप गलत भएको बताउँदै युवतीले आफूमाथि यौन दुर्वव्यहार समेत गरेको दाबी गरेका छन् । तिवारीले मदिरा सेवन गरेका बेला आफूले छात्रालाई अश्लिल फोटो पठाएको स्वीकार गरेका छन् भने यौन दुव्र्यवहार गरेको अरोप अस्वीकार गरेका छन् ।

प्रहरी श्रोतका अनुसार यसमा छात्राको वदनियत देखिएको छ ।  छात्राले पटक पटक अश्लिल भिडीयो र फोटो पठाएपछि डा तिवारीले पनि आफ्नो गोप्य अंगको फोटो पठाएका थिए ।
‘पहिले छात्राले नै तिवारीलाई पटक–पटक डा. तिवारीलाई अश्लिल फोटो र भिडियो पठाएको पाइएको छ,’ प्रहरी श्रोतले भन्यो, ‘त्यसपछि तिवारीले पनि अश्लिल सामग्री पठाएपछि त्यसलाई आधार मानेर उजुरी दिएको देखिन्छ ।’

वि.सं.२०७५ असोज २ मंगलवार ०९:०७ मा प्रकाशित

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले...

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान...

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

काठमाडौँ । सरकारले पूँजी बजारमा पेन्सन कोष तथा गैरआवासीय नेपालीको...