back

नार्कका डाक्टरले विद्यार्थीलाई के पठाए त्यस्तो जसले हत्कडी लगायो ?

वि.सं.२०७५ असोज २ मंगलवार

357 

shares
GLOBAL IME AD
NTC AD

२ असोज, काठमाडौं । आफ्नै विद्यार्थीलाई फेसबुकमा अश्लिल तस्बिर पठाएर यातना दिएको आरोपमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्कं) का एक वरिष्ठ भेटरिनरी डाक्टर पक्राउ परेका छन् ।

आफ्नो गोप्य अंगको फोटो बनाएर एक छात्रालाई पठाएको आरोपमा प्रहरीले ५५ वर्षीय डा. मेघराज तिवारीाई पक्राउ गरेको छ । नार्कमा पशु आहारा महाशाखामा मुख्य बैज्ञानिकका रुपमा कार्यरत उनले आफ्नै छात्रालाई यौन दुव्र्यहार गरेको तथा अश्लिल सामग्री पठाएको आरोप छ ।

 

काठमाडौं कलंकीस्थित हिमालयन कलेज अफ एग्रिकल्चर, साइन्स एण्ड टेक्नोलोजी (हिकास्ट) का शिक्षक रहेका तिवारीले आफ्नै कलेजकी छात्रालाई यस्तो दुव्र्यवहार गरेको समाचार आजको नयाँपत्रिका दैनिकमा छ ।

यसैबीच डा. तिवारीले आफूमाथि लगाइएको आरोप गलत भएको बताउँदै युवतीले आफूमाथि यौन दुर्वव्यहार समेत गरेको दाबी गरेका छन् । तिवारीले मदिरा सेवन गरेका बेला आफूले छात्रालाई अश्लिल फोटो पठाएको स्वीकार गरेका छन् भने यौन दुव्र्यवहार गरेको अरोप अस्वीकार गरेका छन् ।

प्रहरी श्रोतका अनुसार यसमा छात्राको वदनियत देखिएको छ ।  छात्राले पटक पटक अश्लिल भिडीयो र फोटो पठाएपछि डा तिवारीले पनि आफ्नो गोप्य अंगको फोटो पठाएका थिए ।
‘पहिले छात्राले नै तिवारीलाई पटक–पटक डा. तिवारीलाई अश्लिल फोटो र भिडियो पठाएको पाइएको छ,’ प्रहरी श्रोतले भन्यो, ‘त्यसपछि तिवारीले पनि अश्लिल सामग्री पठाएपछि त्यसलाई आधार मानेर उजुरी दिएको देखिन्छ ।’

वि.सं.२०७५ असोज २ मंगलवार ०९:०७ मा प्रकाशित

दैलेखमा एघार वर्षीय बालकको हत्या

दैलेखमा एघार वर्षीय बालकको हत्या

दैलेख । दैलेखमा एक ११ वर्षीय बालकको हत्या भएको छ...

हेमोफिलियाका बिरामीलाई निःशुल्क औषधि

हेमोफिलियाका बिरामीलाई निःशुल्क औषधि

काठमाडौँ । रगत नजम्ने वंशाणुगत समस्या हेमोफिलिया रोगका बिरामीलाई निःशुल्क...

जातीय विभेदका घटनालाई सरकारले गम्भीर रूपमा लिनुपर्ने

जातीय विभेदका घटनालाई सरकारले गम्भीर रूपमा लिनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सांसद मदनकुमारी गरिमा (शाह)ले जातीय भेदभाव तथा...

छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने

छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने

काठमाडौँ । गृहमन्त्री रमेस लेखकले जातीय विभेद र छुवाछूतका समस्या...

विपिन जोशीलाई रिहाइर्मा सहयोग गर्न कतारका विदेश राज्यमन्त्रीसँग परराष्ट्रमन्त्री देउवाको आग्रह

विपिन जोशीलाई रिहाइर्मा सहयोग गर्न कतारका विदेश राज्यमन्त्रीसँग परराष्ट्रमन्त्री देउवाको आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले हमासको नियन्त्रणमा रहेका नेपाली...

मुलुकमा लगानीको वातावरण निर्माण गरी रोजगारी सिर्जना हुँदैछ : प्रधानमन्त्री ओली

मुलुकमा लगानीको वातावरण निर्माण गरी रोजगारी सिर्जना हुँदैछ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा लगानीको वातावरण निर्माण...