
२ असोज, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । सोमबार रातीदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर रु २ र डिजेल तथा मट्टीतेलमा रु ३–३ का दरले मूल्यवृद्धि गरेको हो ।
मूल्यबृद्धि भएसँगै अब पेट्रोल एक लिटर किन्न ११४ रुपैयाँ खर्चिनु पर्ने भएको छ भने डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १०१ रुपैयाँ पुगेको छ ।
खाना पकाउने एलपीजी ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत राखिएको छ ।
यसअघि गत भदौ २० मा निगमले पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको थियो । भारतीय बजारमा पेट्रोलियम पदार्थको भाउ बढेकाले नेपालमा पनि बढेको निगमले जनाएको छ । निगमले भारतीय आयल कर्पोरेसनले पठाएको मूल्य सूचीको आधारमा मुल्य समायोजन गर्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा डलरको भाउ बढ्नाले पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यमका निरन्तर बढोत्तरी भईरहेको छ ।
वि.सं.२०७५ असोज २ मंगलवार ०९:२६ मा प्रकाशित






























