back
CTIZAN AD

प्रदेश सरकारका मन्त्री नै संविधान विरोधी

वि.सं.२०७५ असोज ३ बुधवार

768 

shares

३ असोज, काठमाडौँ । जितेन्द्र सोनल प्रदेश २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री हुन् । मधेसवादी दल राष्ट्रिय जनता पार्टी (राजपा) का महामन्त्री सोनललाई संविधानको विरोधमा आयोजित कालो दिवसका लागि पार्टीले सप्तरीको कमान्ड सुम्पेको छ ।

सोमबार उनलाई भेट्न सिंचाइका प्राविधिक र कर्मचारीको मन्त्रालयमा ताँती लागेको थियो। मन्त्री सोनल भने कालो दिवसको तयारीमै व्यस्त थिए। मन्त्रालयको कार्यकक्षबाटै मन्त्री सोनलले संविधान विरोधी गतिविधि गर्न फोनमा नेतारकार्यकर्तालाई दिइरहेको निर्देशन सुनेर उनलाई भेट्न गएका कर्मचारी छक्क परे ।

मन्त्री सोनलले कमान्ड सम्हालेको सप्तरीका राजपाका नेतारकार्यकर्तालाई विरोध र्‍याली र मंगलबार साँझको ब्लायक आउट सफल बनाउन तारन्तार फोन गरिरहेका थिए।

संविधान दिवसको अवसरमा कालो दिवस भन्दा संविधानमा रहेको असहमति दर्ज गर्न खोजेको मन्त्री सोनलले बताए। ‘मधेसी र मधेसलाई संविधान स्वीकार्य छैन, ’ मन्त्री सोनलले भने, ‘असोज ३ गते हातमा कालोपट्टि र टाउकोमा कालो कपडा बाँधेर संविधानमा विरोध दर्ज गराउने छौँ।’ कान्तिपुर दैनिकमा समचार छ ।

वि.सं.२०७५ असोज ३ बुधवार ०८:२८ मा प्रकाशित

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

काठमाडौँ । खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने रु २३...

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँ गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड...