back

भाइरल ज्वरोले गाउँ नै प्रभावित

वि.सं.२०७५ असोज ३ बुधवार

516 

shares

३ असोज, नवलपरासी । पूर्वी नवलपरासीको गैँडाकोट–३ को हर्दिमा भाइरल ज्वरोले गाउँ नै प्रभावित बनेको छ । गाउँमा पुगेको नगर स्वास्थ्य शाखाको टोलीले जाँचका क्रममा ज्वरोबाट प्रभावितको सङ्ख्या धेरै रहेको पाएको जनाएको छ । रगत परीक्षणका क्रममा ७८ जनामा भाइरल ज्वरोको सङ्क्रमण भेटिएको नगर स्वास्थ्य शाखा प्रमुख इन्द्रराज शर्माले बताए ।

स्वास्थ्य टोलीले सामान्य अवस्थाका बिरामीको हर्दिमा नै उपचार गरेको थियो भने केहीलाई स्वास्थ्यचौकीमा बोलाइएको छ । यसैगरी हर्दिमा पशुमा भ्यागुते रोग देखापरेको छ । भ्यागुते रोगले पशु बिरामी परेपछि नगर पशु शाखाबाट दुई जनाको टोलीले पशुको परीक्षण गरेको गैँडाकोट–३ का वडाध्यक्ष शिवकान्त तिवारीले बताए ।

तिवारी केही दिनअघि हर्दि पुग्दा डेङ्गुका बिरामी देखिएपछि नगर स्वास्थ्य शाखामा जानकारी गराई टोली लगिएको थियो ।

वि.सं.२०७५ असोज ३ बुधवार ०९:१९ मा प्रकाशित

Himalayan Life AD
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज...

जनज्योति स्काउट टोलीको पदयात्रा सम्पन्न, देवचुली डाँडामा फहरायो स्काउट झण्डा

जनज्योति स्काउट टोलीको पदयात्रा सम्पन्न, देवचुली डाँडामा फहरायो स्काउट झण्डा

नवलपुर ।  देवचुली नगरपालिका–१५ स्थित श्री जनज्योति माध्यमिक विद्यालयका स्काउट...

राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक...

वेस्टर्न मेगा कलेजद्वारा एमबिए अभिमुखीकरण कार्यक्रम सम्पन्न

वेस्टर्न मेगा कलेजद्वारा एमबिए अभिमुखीकरण कार्यक्रम सम्पन्न

बुटवल । वेस्टर्न मेगा कलेज, बुटवल-१५, रूपन्देहीद्वारा MBA 2025 Intake...

सेनाको निःशुल्क स्वास्थ्य शिविरमार्फत ४४३ जनाले पाए सेवा

सेनाको निःशुल्क स्वास्थ्य शिविरमार्फत ४४३ जनाले पाए सेवा

भोजपुर । जनस्तरसम्म स्वास्थ्य सेवा पुर्याउने लक्ष्यसहित नेपाली सेनाले टेम्केमैयुङ...

बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा

बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा

राँझा (बाँके) । बाँकेका किसानले तेलहन बालीको खेती कम गर्दै...